काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेको छन् ।
अध्यक्ष प्रचण्डले विशेष गरी महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेको उर्मिला श्रेष्ठको प्रशंसा गर्दै समग्र टिम नेपालको उत्कृष्ट प्रदर्शनप्रति खुशी व्यक्त गरे। उनले भने, “खेल त्यसमा पनि शारीरिक सुगठन खेल राज्यको नजरमा कम पर्ने गरेको छ । अब राज्यले यस क्षेत्रलाई प्राथमिकतामा राखी थप सहयोग गर्नुपर्छ । म मेरो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।”
प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हात पारेको छ । ५५ केजी तौल समूहमा सरद सुवालले रजत पदक जित्नुभएको छ भने
महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक, शीला ठकुरीले रजत पदक जितेर नेपालको झण्डा फर्फराको छन् । उक्त समूहमा भारतकी सारा काँस्य पदक विजेता बनेको छिन् ।
त्यसैगरी, पुरुष स्पोट्र्स फिजिक १७५ से।मी। मुनीको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जितेको छन् । पुरुष स्पोट्र्स फिजिक १७५ से।मी। माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौं स्थान हासिल गरेको छन् ।
अध्यक्ष प्रचण्डले नेपाली खेलाडीहरूको मिहिनेत र समर्पणको खुलेर प्रशंसा गर्दै आगामी दिनमा शारीरिक सुगठनजस्ता खेलहरूलाई समेत राज्यले आवश्यक सम्मान र स्रोत साधन उपलब्ध गराउनु पर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ११:३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुख पदका लागि उम्मेदवार चयनबारे छलफलमा जुटेको छ। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ...
चैत्र २६ गते, २०८२ - ११:२३
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टरा...
चैत्र २६ गते, २०८२ - ११:१८
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु चार हजार ३०० र चाँदी तोलामा रु १५० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी...
चैत्र २५ गते, २०८२ - २१:१६
कुन दलले के भन्यो ?
चैत्र २५ गते, २०८२ - २१:०९
म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...
चैत्र २५ गते, २०८२ - १९:४२
काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएको छन् । बुधबार स...
चैत्र २५ गते, २०८२ - १९:३५
काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहला...
चैत्र २५ गते, २०८२ - १८:५९
काठमाडौं । सुधन गुरुङले स्वीस बैंकमा नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार वा अन्य गैरकानुनी गतिविधिबाट आर्जन गरेको रकम भए त्यसलाई फिर्ता ल्याउन प...
चैत्र २५ गते, २०८२ - १८:५६
विदेशी राजदूतहरूलाई बालेनको यस्तो सन्देश
चैत्र २५ गते, २०८२ - १८:४२
सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी खेत...


प्रतिकृया लेख्नुहोस्: