Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

वार्ताका लागि अमेरिकालाई इरानको शर्त- थप आक्रमण नगर्ने ग्यारेन्टी हुनुपर्‍यो

खबरडबली संवाददाता

काठमाडौं । यदि आफूसँग कूटनीतिक वार्ता पुन: गर्न चाहेको हो भने अमेरिकाले थप आक्रमण नगर्ने ग्यारेन्टी गर्नु पर्ने तेहरानका उपविदेशमन्त्रीले बीबीसीलाई बताएका छन्।

मजिद तख्त-रवान्चीले ट्रम्प प्रशासनले मध्यस्थकर्ताहरूमार्फत् वार्तामा फर्कन चाहेको सन्देश दिइरहेको तर आफ्नो मागबारे प्रस्ट जबाफ नदिएको बताएका छन्।

जुन १३ मा इजरेलले इरानमाथि हमला गरेपछि त्यसको दुई दिनपश्चात् ओमानको राजधानी मस्कटमा हुने तय भएको अमेरिका र इरानबीचको छैटौँ चरणको मूलत: अप्रत्यक्ष वार्ता भाँडिएको थियो।

अघिल्लो सप्ताहान्तमा अमेरिका उक्त युद्धमा प्रत्यक्ष सामेल भयो जब उसले इरानका तीनवटा परमाणु केन्द्रहरूमा शक्तिशाली बम हमला गर्‍यो।

इरानका शर्त 

वार्ताका निम्ति थप आक्रमण नहुने ग्यारेन्टीका साथै इरानी मन्त्री तख्त-रवान्चीले शान्तिपूर्ण कार्यहरूका लागि आफ्नो देशलाई युरेनिअम इन्रिच गर्न दिइनु पर्ने पनि बताए।

इरान गोप्य ढङ्गले परमाणु बम बनाउन क्रियाशील रहेका आरोपहरूलाई उनले अस्वीकार गरे।

इरानलाई उसका अनुसन्धान कार्यहरूका निम्ति परमाणु सामग्रीमा पहुँच नदिइएकाले तिनको निम्ति आफैँमा भर पर्नु आवश्यक भएको उनले बताए।

"कुन स्तरमा (इन्रिच) गर्ने भन्नेबारे, क्षमताका बारे कुराकानी हुन सक्छ। तर इरानले एक रति पनि इन्रिच गर्न नपाउने, नमानेको खण्डमा बम हान्छु भन्ने – यो त जङ्गलराज हो," उपविदेशमन्त्रीले भने।

इजरेलले आक्रमणको प्रारम्भमै इरानका परमाणु तथा सैन्य केन्द्रहरू अनि इरानका कमान्डर तथा वैज्ञानिकहरूलाई निसानामा पारेको थियो। तेहरान परमाणु हतियार बनाउने दिशामा अन्तिम चरणमा पुगिसकेको इजरेलको दाबी छ।

इरानले जबाफमा इजरेलविरुद्ध क्षेप्यास्त्र प्रहार गरेको थियो। १२ दिनसम्म जारी उक्त युद्धका बेला अमेरिकाले फोर्दो, नतान्ज र इस्फाहानस्थित इरानका तीनवटा परमाणु केन्द्रहरूमा बमबारी गरेको थियो।

परमाणु कार्यक्रममा क्षति

उक्त बमबारीबाट इरानको परमाणु कार्यक्रममा कति क्षति पुग्यो भन्ने स्पष्ट भइसकेको छैन। मन्त्री तख्त-रवान्चीले आफूले यकीन बताउन नसक्ने जबाफ दिए।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)का प्रमुख राफेल ग्रोसीले अमेरिकी आक्रमणले गम्भीर क्षति पुर्‍याए तापनि ती केन्द्र पूर्ण नष्ट नभएको बताएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ इरानका परमाणु केन्द्रहरू पूरै सखाप भएको घोषणा गरेका छन्।

ग्रोसीका अनुसार केही महिनाभित्रै युरेनिअम इन्रिच गर्न सक्ने इरानसँग क्षमता रहेको बताए। त्यसबारे प्रतिक्रिया दिँदै तख्त-रवान्चीले त्यस्तो हुनसक्ला भन्नेबारे आफूलाई थाहा नभएको बताए।

आईएईएसँगको इरानको सम्बन्ध पनि तनावपूर्ण बनेको छ। बुधवार इरानको संसदले सो आणविक निगरानी निकायले अमेरिका र इजरेलको साथ दिएको भन्दै ऊसँग सबै सहयोग कार्य स्थगन गर्ने प्रस्ताव पारित गर्‍यो।

यदि इरानले युरेनिअमको चिन्ताजनक स्तरमा इन्रिच गर्ने कार्य थालेमा आफूले त्यहाँ फेरि बम आक्रमण गर्ने बारे 'बिल्कुल' सोच्ने ट्रम्पले चेतावनी दिएका छन्।

कहिले होला वार्ता?

ट्रम्पले यसै साता फेरि वार्ता हुन सक्ने बताइरहँदा तख्त-रवान्चीले फेरि वार्ताको कुनै मितिमा सहमति भइनसकेको अनि त्यसको एजेन्डा के हुने पनि थाहा नभएको बताए।

"अहिलेको समयमा हामीले एउटा प्रश्नको जबाफ खोजिरहेका छौँ: वार्तारत रहँदा आक्रमण गरिने अवस्था फेरि दोहोरिन्छ?" उनले सोधे।

उक्त 'महत्त्वपूर्ण प्रश्न'बारे अमेरिकाले 'प्रस्ट जबाफ' दिनुपर्ने भन्दै उनले सोधे, "हामीलाई त्यस्तो वार्तामा बस्ने आत्मविश्वास दिलाउन उनीहरूले के आश्वासन दिने छन्?"

वार्ताका क्रममा इरानमाथि लागेका आर्थिक प्रतिबन्ध हटाउने र त्यहाँ लगानी भित्र्याउने शर्तमा के इरानले उसका परमाणु कार्यक्रमबारे पुनर्विचार गर्न सक्छ भन्ने प्रश्नको जबाफमा तख्त रवान्चीले भने: "त्यस्तो प्रस्तावमा हामी किन सहमत हुने?"

उनले युरेनिअमलाई ६०% इन्रिच गर्ने सहितका इरानका परमाणु कार्यक्रमहरू 'शान्तिपूर्ण उद्देश्य'का निम्ति भएको बताए।

सन् २०१५ मा इरानसँग पश्चिमा देशहरूले गरेको परमाणु सम्झौताअन्तर्गत इरानलाई युरेनिअमको ३.६७% -परमाणु ऊर्जाकेन्द्रका निम्ति चाहिने स्तर - भन्दा धेरै इन्रिच गर्न निषेध गरिएको थियो। साथै उसको फोर्दो केन्द्रमा १५ वर्षसम्म कुनै इन्रिच कार्य गर्न पनि वर्जित गरिएको थियो।

तर आफ्नो पहिलो कार्यकालका बेला राष्ट्रपति ट्रम्पले उक्त सम्झौता खारेज गरिदिए। त्यसले इरानलाई बम बनाउन नरोक्ने भन्दै उनले आर्थिक प्रतिबन्ध लगाइदिए।

प्रतिक्रियास्वरूप इरानले आफूमाथि लागिरहेका निषेध अस्वीकार गर्‍यो। सन् २०२१ मा उसले फोर्दोमा इन्रिचमेन्ट थाल्यो अनि आईएईएका अनुसार ९ वटा परमाणु बम बनाउन पुग्ने परिमाणमा ६०% स्तरमा इन्रिच्ड युरेनिअमको सञ्चिति गर्‍यो।

उनले अमेरिकी र इजरेली हमलालाई समर्थन गरेकोमा युरोपेली तथा पश्चिमा नेताहरूको पनि आलोचना गरे।

"यदि तिनमा अमेरिकाको आलोचना गर्ने हिम्मत छैन भने आक्रमणको औचित्य पुष्टि गर्दे हिँड्नु साटो चुप लागेर बस्नु पर्छ," उनले भने।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईलाई निसाना गरेर तेहरानको शासनसत्ता ढाल्ने काममा अमेरिका नलागेको भन्ने सन्देश मध्यस्थकर्ताहरूमार्फत् पाएको तख्त-रवान्चीले बताए।

इजरेली प्रधानमन्त्रीले इरानका जनतालाई 'मुक्तिका लागि उठ्न' आह्वान गरेका थिए। तख्त-रवान्चीले त्यस्तो केही हुन नसक्ने भन्दै तिनलाई 'व्यर्थको प्रयास' भने।

केही इरानीहरूलाई 'सरकारका केही कामबारे गुनासो हुन सक्ने तर विदेशी आक्रमणको विरुद्ध सबै जनता एकताबद्ध भएर जुझ्ने' उनले बताए।

इजरेलसँगको जारी युद्धविराम कायम रहने कि नरहने भन्ने आफूलाई स्पष्ट नभएको भन्दै उपविदेश मन्त्रीले "आफ्नो देशविरुद्ध आक्रमण नभएसम्म इरान युद्धविराममा कायम रहने" बताए।

अरब जगतका सहयोगी देशहरूले वार्ताका लागि उपयुक्त वातावरण निर्माणमा भरमग्दूर प्रयास गरिरहेको उनले बताए। वर्तमान युद्धविरामका लागि कतारले महत्त्वपूर्ण भूमिका बहन गरेको ठानिन्छ।

उनले भने: "हामी युद्ध चाहँदैनौँ। हामी वार्ता र कूटनीतिमा सामेल हुन चाहन्छौँ तर हामीले हाम्रो तयारी पनि गर्नुपर्छ, सावधान रहनु पर्छ ताकि अहिलेजस्तो आश्चर्यमा पर्नु नपरोस्।"

(आफूले गरेका रिपोर्टहरू बीबीसी पर्सिअन सेवाले प्रयोग नगर्ने शर्तमा लीज डुसेटलाई इरानबाट रिपोर्टिङ् गर्ने अनुमति प्राप्त भएको छ। इरानी अधिकारीहरूले यो नियम इरानभित्र क्रियाशील सबै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका लागि लागु गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending