Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

भक्तपुरे जुजु धौको माग उच्च, व्यवसायीलाई भ्याइनभ्याइ

खबरडबली संवाददाता

भक्तपुर । नेपाली संस्कृति र परम्पराअनुसार असार १५ गते घरघरमा दहीचिउरा खाने प्रचलन छ। दिनभर घरमा मात्रै नभई विभिन्न राजनीतिक दलहरुदेखि सङ्घसंस्थाहरुले दिनभर दहीचिउरा कार्यक्रम गरेर सांस्कृतिक पर्वका रुपमा असार १५ मनाएका छन् ।

नेपाल कृषि प्रधान मुलुक भएकाले असार १५ को समेत आफ्नै महत्व रहेको आजको दिन अधिकांश नेपालीले दहीचिउरा खाएर मनाएका छन्। स्वदेश र विदेशमा समेत चर्चामा रहेको भक्तपुरको दहीको राजा (जुजु धौ) को नाम लोकप्रियता अहिले पनि उत्तिकै रहेको छ।

आइतबार दिनभर भक्तपुरका दही व्यवसायीलाई जुजु धौ बनाएर बिक्री गर्न भ्याइनभ्याइ भएको छ । बिहानदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड थियाे । अरु दिन दैनिक करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर दही बिक्री गरेको बताउँछन्, भक्तपुर जगातीका भक्तपुर सैजु जुजु धौका सञ्चालक दशी कान्छा अर्थात् कान्छारामा सैजु।

दही व्यवसायीले आज माटोको भाँडामा तयार पारिएको जुजु धौ एक लिटरको रु ३०० का दरले बिक्री भएको छ । उनले भने, ‘दहीको माग अत्यधिक छ, तीन दिनदेखि दहीको बिक्री ह्वात्तै बढेको छ, तीन दिनदेखि दही बनाउन व्यस्त हामीले तीन दिनमा १० हजार लिटर दहीको माग भएकाले रातदिन दही बनाएर व्यवस्थापन गर्ने व्यस्त छौ, अहिले बिहानदेखि पसलमा दही लिन आउनेहरु अत्यधिक छन्, सातादेखि अर्डर आएको ठाउँमा दही पु¥याउनै प¥यो, दिउँसोका लागि दही बनाउने काम भइरहेको छ।’

शुद्ध दूधको अभाव र दूध नै पर्याप्त पाउन छाडेपछि माग भएअनुसारको दही बनाउन नसकिएको उनले बताए। उपत्यकाका विभिन्न ठाउँबाट दहीको अर्डर भएको भन्दै आजको दिन विशेषगरी दही व्यवसायीलाई भ्याइनभ्याइ भएको उनले बताए।

भक्तपुरको जुजु धौ अर्थात् दहीको राजा नाम सुन्दै सबैले मुख रसाउने गर्छ। भक्तपुरमा राम्रो दही पाइन्छ भनेर उपत्यकाका विभिन्न ठाउँबाट भक्तपुर दही लिन आउने पनि उत्तिकै छन्। माटोको भाँडो अर्थात् कतारो, भिउटको दहीको माग उच्च रहेको छ।

सगुन जुजु धौका सञ्चालक सगुन सैजु भक्तपुरका ग्रामीण क्षेत्रहरु ताथली, बागेश्वरी, सुडाल, नगरकोटलगायतका किसान र डेरीबाट ल्याएको गाई तथा भैँसीको दूध ल्याउने बताउँछन्। दूधलाई दाउराको चुलोमा भकभकी उमालेर बाक्लो बनाएरपछि त्यसमा चिनी, मसलाहरु हालेर माटोको भाँडोमा भुसमाथि राखेर उम्लिएको दूध हालेर माथिबाट माटोको भाँडो र त्यसमाथि जुटको बोराले छोपेपछि तीनदेखि चार घण्टामै लटक्क जमेको दही तयार हुन्छ।

परम्परागत प्रक्रियाबाट उत्पादन हुने दहीको माग उच्च रहने भन्दै सैजुले दहीको माग धेरै आएपछि सबैको अर्डर लिन नसकिएको बताए । आफूहरुले परम्परालाई शैलीलाई नछाडे पनि धेरैले आधुनिक प्रविधिमा दही बनाउँदा जुजु धौको गुणस्तर घट्दै गएकामा व्यवसायी नै चिन्ता व्यक्त गर्छन्।

जुजु धौ भन्दैमा हुँदैन यो पनि धेरै प्रकारका हुन्छन्, सामान्य दही, मसलादार दही, खुवा हालेको दहीलगायतका फरक फरक दहीको मूल्य पनि फरक फरक पर्ने गरेको छ । अहिलेका कैयौं व्यवसायीले भने जुजु धौकै नाममा ‘फ्रिज’मा दही जमाएर बिक्री गर्ने गर्दा जुजु धौको गुणस्तर र महत्व घट्दै गएको सुकुलढोकामा पुस्तौँदेखि जुजु धौ बनाउँदै आएको राम सैजु बताउँछन्।

उनले भने, ‘जुजु धौ भक्तपुरको पहिचान हो, जुजु धौलाई चक्कुले टुक्राटुक्रा पारेर काट्न सकिन्छ, त्यसबाट पानी आउँदैन, दहीको कतारोलाई घोप्ट्याउँदा पनि दही हल्लिने र पोखिने हुँदैन तर अचेल बजारमा पाइने कतारो सामान्य हल्लियो भने पनि दहीबाट पानी आउने एवं स्वाद नै नहुने र प्लाष्टिकका भाँडोमा बनाएको दहीको स्वाद र गुणस्तर हुँदैन, दहीमा मिसावटले पनि चुनौती थपिएको छ।’ भक्तपुरका व्यवसायीले ताप सन्तुलन, मौलिक भिउँट र उच्च गुणस्तरयुक्त दूधको प्रयोग गरेर जुजु धौ बनाउने गरेका छन्। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending