Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

पर्सामा लागुऔषध कारोवारको जालो तोडिदैँ, एकै बर्ष १५१ कारोबारी पक्राउ

खबरडबली संवाददाता

बिरगंज। लामो समय देखि लागुऔषध कारोवारको हब बन्दै गएको पर्सा जिल्लामा प्रहरीले सञ्चालन गरेको नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले पुरै एक्सनका साथ सञ्चालन गरेको लागुऔषध कारोवार नियन्त्रण अभियानको प्रभावकारी भएको छ ।

पर्सा जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले यस आर्थिक वर्षमा ठूलो परिमाणमा अनेक प्रकारका लागुऔषध बरामद गरेको छ। त्यस्तै कारोवारमा संलग्न तथा ठूलो संख्यामा दुर्व्यसनी लाई कारवाहीको दायरामा ल्याईएको छ।

यस आर्थिक वर्षको साउन महिनादेखी गत असार १२ गतेसम्म प्रहरीले १५ क्विन्टल ६१  किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको छ। त्यस्तै, ६ क्विन्टल २५ किलोग्राम चरेस, ३८४ ग्राम खैरो हेरोइन र १ क्विन्टल ४९ किलोग्राम अफिम बरामद गरिएको एसपी मिश्रले न्युज कारखानालाई बताए ।

सोही अवधिमा प्रहरीले नशालु ईन्जेक्सन फेनारगन, डाइजेपाम नुरफिन ९ हजार एम्पुल, नशालु नाइट्राभेट ट्याब्लेट, ३ हजार ७०८ पिस, नशालु झोल १८६ फाईल कोरेक्स सिरप र नशालु क्याप्सुल ट्रामाडोल २ लाख ८९ हजार पिस बरामद गरिएको एसपी मिश्रले जानकारी दिए ।

पर्सा जिल्लामा जकडिएको लागुऔषधको जालो तोड्न बिभिन्न किसिमका लागु औषधका साथ पक्राउ परेका १५१ जना मध्ये ११४ जनालाई कारवाहीको दायरामा ल्याईएको तथा बाँकी लाई सामान्य कार्वाही गरी तारेखमा छोडिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।

बिगत देखि नै लागुऔषध उत्पादन तथा मकवानपुर लगायत जिल्लाबाट भारत तर्फ ढुवानी गर्ने मुख्य मार्ग पर्सा जिल्ला रहेको थियो। तर एसपी मिश्रले पुरै एक्सनका साथ लागुऔषध नियन्त्रणमा शून्य सहनशीलता अपनाइए पछि कारोवारको जालो तोड्न प्रहरी प्राय: सफल भएको उनको भनाई रहेको छ।

नेपालको मुख्यद्वार तथा भारतीय सहर रक्सौलसँग जोडिएको बिरगंजमा लागु औषध दुव्र्यसन र कारोवार पुर्ण नियन्त्रण प्रहरीले एक्लै चाहेर पनि गर्न नसक्ने एसपी मिश्रले न्युज कारखाना लाई बताएका छन्।

आफू र आफ्ना सम्पूर्ण सहकर्मीको प्रयास पछि पर्सामा लागुऔषध कारोवार र बिगतको तुलनामा प्रयोगकर्ताको संख्यामा निकै कमी आएको उनको भनाई छ।

पर्सा जिल्लामा लागुऔषधको कारोवार पूर्ण रुपमा नियन्त्रण गर्न जिल्लाका नागरिक समाज र सेवनकर्ताको अभिभावकको अहम भूमिका हुने भएकाले सहयोग गर्न एसपी गौतम मिश्रले आग्रह गरेका छन्। 

भारतबाट बिभिन्न नाका हुँदै तस्करले भित्र्याएको ३२ करोड भन्दा बढीको राजश्व छलीको सामान प्रहरीले बरामद गरी बिरगंज भन्सार तथा राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख गरिएको छ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस–एमाले बराबरी सिट बाँडेर निर्वाचनमा जान सक्छन् : थापा बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...

रवी, बालेन र कुलमानको एकताप्रति ओली: घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...

एमाले मुख्यालय च्यासलमा पेस्तोल फेला

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...

विचार र बलिदानविहीनका केहि मानिसहरू देशै कब्जा गरिसक्यौं जसरी हल्ला फैलाइरहेको छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...

भयरहित वातावरणमा निर्वाचन हुन सक्दैन: नेता ज्ञवाली

काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...

लोकन्थलीमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...

उज्यालो नेपालका समानुपातिकको संख्या १८ बाट घटेर १४ मा सीमित

काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...

नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...

काठमाडौँ उपत्यकामा तमु ल्होसारको रौनक

काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...

कांग्रेसले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending