Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

एमालेमा दुई कार्यकालको प्रावधान छैन, अबको अध्यक्ष ओली नै : भानुभक्त ढकाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले दुई कार्यकालको प्रावधान एमालेको कुनै विधि–विधानमा नभएको दाबी गरेका छन्। 

राष्ट्रपतिको दुई कार्यकाल सकेर शीलतनिवासबाट बाहिरिएको दुई वर्ष साढे तीन महिनापछि विद्यादेवी भण्डारीले एमालेको नेतृत्व लिने तयारीसाथ  पार्टी राजनीतिमा फर्किएको औपचारिक घोषणा गरेकी छन् । 

तर, उनले अर्को कार्यकाल पनि एमाले अध्यक्षमा केपी ओली नै हुने बताए। 

उनले कान्तिपुरसँगको अन्तर्वार्तामा भनेका छन्- 

दुई कार्यकालको प्रावधान एमालेको कुनै विधि–विधानमा छैन । त्यो मनगणन्ते कुरा हुन् । ७० वर्षको प्रावधान उपयुक्त हुन्छ कि भनेर परीक्षणमा ल्याएका थियौं । त्योचाहिँ पनि कामयाबी भएन भनेर केन्द्रीय कमिटी बैठकबाट परिमार्जन गरिसकेका छौं । ७३–७४ वर्षका मान्छे पनि यो बीचमा पार्टीमा ल्याइएकै छ ।

महाधिवेशन ओपन भएपछि क–कसले के–के बोल्नुहुन्छ, कुन ढंगले जानुहुन्छ भन्ने कुरा त्यतिखेर हुने हो । वैकल्पिक त के भन्ने र ? अध्यक्षले केपी कमरेडले सार्वजनिक फोरममै एकपटक दोहोर्‍याउँछु भन्नुभएकै छ । उहाँ नै अघि सर्नुहुन्छ । वैकल्पिक भनेको त आफूले छोड्दाखेरी बनाउने न हो । पूर्वराष्ट्रपतिको प्रवेश हुँदैमा उहाँले छोड्नेजस्तो कुरो त हुँदैन । उहाँ राष्ट्रपति हुनुभो, बाहिर रहनुभो, अब एमालेमा सक्रिय राजनीतिमा आउने भन्नुभएको छ ।

सक्रिय राजनीति भन्नेबित्तिकै कतिपय मान्छे अध्यक्ष नै देख्छन् । कमिटीमा रहनुपर्ने होला, कमिटीमा नरहेर सक्रिय हुने कुरा होला । कुनै योगदान दिने भन्ने होला । उहाँले पनि म यहीँ पदका लागि भन्नुभएको छैन । अब उहाँका प्रवक्ता बनेर को–को मान्छे पार्टी बिगार्न लाग्छन्, तिनीहरूलाई सुन्ने कुरा हुन्न । विधान महाधिवेशन आयोजना गरेकै छौं । तयारीका लागि केन्द्रीय कमिटी, पोलिटब्युरो बैठक राखेका छौं । त्यसमा सबै खालका विचार आउँछन् ।

पार्टी व्यवस्थित गर्ने सन्दर्भमा अरू कुरा पनि आउँछन् । यी सबैमा छलफल गरेर केन्द्रीय कमिटीका तर्फबाट एक महिना अगाडि तल प्रस्ताव पठाउने वैज्ञानिक व्यवस्था छ । देशव्यापी सुझाव आइसकेपछि, बहस छलफल भइसकेपछि निचोडका रूपमा विधान अधिवेशन गर्छौं । बल्ल छलफल सुरु हुन लागेको छ ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending