Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

एमालेमा दुई कार्यकालको प्रावधान छैन, अबको अध्यक्ष ओली नै : भानुभक्त ढकाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले दुई कार्यकालको प्रावधान एमालेको कुनै विधि–विधानमा नभएको दाबी गरेका छन्। 

राष्ट्रपतिको दुई कार्यकाल सकेर शीलतनिवासबाट बाहिरिएको दुई वर्ष साढे तीन महिनापछि विद्यादेवी भण्डारीले एमालेको नेतृत्व लिने तयारीसाथ  पार्टी राजनीतिमा फर्किएको औपचारिक घोषणा गरेकी छन् । 

तर, उनले अर्को कार्यकाल पनि एमाले अध्यक्षमा केपी ओली नै हुने बताए। 

उनले कान्तिपुरसँगको अन्तर्वार्तामा भनेका छन्- 

दुई कार्यकालको प्रावधान एमालेको कुनै विधि–विधानमा छैन । त्यो मनगणन्ते कुरा हुन् । ७० वर्षको प्रावधान उपयुक्त हुन्छ कि भनेर परीक्षणमा ल्याएका थियौं । त्योचाहिँ पनि कामयाबी भएन भनेर केन्द्रीय कमिटी बैठकबाट परिमार्जन गरिसकेका छौं । ७३–७४ वर्षका मान्छे पनि यो बीचमा पार्टीमा ल्याइएकै छ ।

महाधिवेशन ओपन भएपछि क–कसले के–के बोल्नुहुन्छ, कुन ढंगले जानुहुन्छ भन्ने कुरा त्यतिखेर हुने हो । वैकल्पिक त के भन्ने र ? अध्यक्षले केपी कमरेडले सार्वजनिक फोरममै एकपटक दोहोर्‍याउँछु भन्नुभएकै छ । उहाँ नै अघि सर्नुहुन्छ । वैकल्पिक भनेको त आफूले छोड्दाखेरी बनाउने न हो । पूर्वराष्ट्रपतिको प्रवेश हुँदैमा उहाँले छोड्नेजस्तो कुरो त हुँदैन । उहाँ राष्ट्रपति हुनुभो, बाहिर रहनुभो, अब एमालेमा सक्रिय राजनीतिमा आउने भन्नुभएको छ ।

सक्रिय राजनीति भन्नेबित्तिकै कतिपय मान्छे अध्यक्ष नै देख्छन् । कमिटीमा रहनुपर्ने होला, कमिटीमा नरहेर सक्रिय हुने कुरा होला । कुनै योगदान दिने भन्ने होला । उहाँले पनि म यहीँ पदका लागि भन्नुभएको छैन । अब उहाँका प्रवक्ता बनेर को–को मान्छे पार्टी बिगार्न लाग्छन्, तिनीहरूलाई सुन्ने कुरा हुन्न । विधान महाधिवेशन आयोजना गरेकै छौं । तयारीका लागि केन्द्रीय कमिटी, पोलिटब्युरो बैठक राखेका छौं । त्यसमा सबै खालका विचार आउँछन् ।

पार्टी व्यवस्थित गर्ने सन्दर्भमा अरू कुरा पनि आउँछन् । यी सबैमा छलफल गरेर केन्द्रीय कमिटीका तर्फबाट एक महिना अगाडि तल प्रस्ताव पठाउने वैज्ञानिक व्यवस्था छ । देशव्यापी सुझाव आइसकेपछि, बहस छलफल भइसकेपछि निचोडका रूपमा विधान अधिवेशन गर्छौं । बल्ल छलफल सुरु हुन लागेको छ ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending