जनकपुर। मधेश प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ ।
बजेटमाथि जारी सामान्य छलफलको लागि बिहीबार १ बजे सभाको पाँचौँ अधिवेशनको १३औं बैठक बोलाइएको थियो ।
बैठक सुरु हुनुअगावै एक सूचना जारी गरेर बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सभामुख रामचन्द्र मण्डलको आदेश आएपछि बैठक स्थगित गरिएको प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए ।
जारी सूचनामा भनिएको छ, ‘‘आव २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने बजेट ब्यक्तव्य मिति २०८२।३।१२ गते दिनको १ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक अर्कोसूचना नहुन्जेलसम्मको लागि स्थगीत गरिएको छ ।’’ ।
बिहीबारको मधेश प्रदेश सभा पाँचौ अधिवेशन १३ औं बैठकको दैनिक कार्यसूची अनुसार मधेश प्रदेश सरकारको आव २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने उल्लेख गरिएको छ ।
छलफलमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री सुनिलकुमार यादवले दिने कार्यसूचि जारी गरिएको थियो ।
त्यसपछि व्यवस्थापन कार्यअन्तर्गत विनियोजन विधेयक, २०८२ सभामा प्रस्तुत गर्ने कार्यसूचीमा रहेको सचिव कोइरालाले जानकारी दिए।
सभाको चालु अधिवेशनको असार १ गते ११ औं बैठकमा अर्थमन्त्री यादवले आ।व। २०८२/०८३ को राजश्व र व्यय (बजेट वक्तव्य) प्रस्तुत गरेको थिए । त्यसयता प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।
त्यसपछि हिजो बुधबार प्रदेश सभाको १२ औ बैठकमा प्रदेश साँसदहरुलाई रेडबुक ९रातो० किताब वितरण गरिएको थियो । बुधबारको बैठकमा दुई जना साँसदलाई मात्र राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी गराइएको थियो ।
रेडबुकमा गहिरो अध्ययन नपुगेको भन्दै समामुख मण्डलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने जानकारी दिदै अर्को बैठक २०८२ असार १२ बिहीबार १ बजे बस्ने गरी स्थगित गरेको थिए।
स्थगित अघि सो बैठकमा जनता समाजवादी नेपालका प्रदेश साँसद तथा प्रमुख सचेतक रामअशिष यादव र लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश साँसद रमिता प्रधानलाई मात्र राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सहभागी गराइएको थियो ।
मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वमा गठबन्धन सरकार छन । मधेश प्रदेश सरकारले सार्वजनिक गरेको रेडबुक अध्ययन गरेपछि सत्ता नेतृत्व जनमत पार्टीभित्रै व्यापक असन्तुष्टिहरु व्यक्त गरिएको छ ।
सभामा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले पार्टीको नीति, सिद्धान्त, र भिजनलाई वास्ता नगरी बजेट ल्याएकोले हाम्रो व्यापक असन्तुष्टि रहेको बताए। सो विषयमा पार्टीको संसदीय दलको बैठकले उचित निर्णय लिने उनले जानकारी दिए।
मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले हामी साँसदहरु बजेट ब्यक्तव्यको गहिरो अध्ययनमा रहेको बताए। बजेट वक्तव्य अध्ययनको क्रममा रहेकोले, कहाँ के त्रुटि, वा कुन माननीयको कुन योजना छुटेको हो भने बारेमा अहिलेसम्म कतैबाट आधिकारिक जानकारी आएको छैन, उनले भने, यदि बजेटमा त्रुटि छ भने छलफल गरेर समाधान गर्छौ ।
यता प्रतिनिधि सभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउत ९सिके राउत० ले आफनो सामाजिक सञ्जालको सचिवालय पेजमा बुधबारै मधेश प्रदेशको बजेटमाथि विरोध गर्दै नकारात्मक टिप्पनी गरिएपछि पार्टीभित्रका असन्तुष्टिहरु सतहमा आएका हुन ।
राउतको सचिवालय पेजमा मधेश सरकारको वार्षिक कार्यक्रम २०८२र८३ ९रेडबुक० आएको उल्लेख गर्दै जनमत पार्टीले लिएको नीति, सिद्धान्त र ‘भिजन’ बाट हामी वञ्चित भएको आभाष भएको बताउनु भएको छ । जनमत पार्टीका अधिकांश योजनाहरू परेका छैनन्, न त पार्टीले राखेका गौरवका योजनाहरूरभिजनरी कार्यक्रमहरू नै परेको छ, उल्लेख गरिएको छ ।
बिचौलिया वा अन्य पार्टीका माध्यमबाट राखिएका कार्यक्रमहरूमा २५–५० लाख, दुई करोड, चार करोड बजेट राखिएको छ भने जनमत पार्टीले सिफारिश गरेका कार्यक्रम परी हाले पनि पाँचरपाँच लाख बजेट छुट्टयाइएको पेजमा आलोचनात्मक टिप्पनी गरिएको छ ।
तल र माथि ‘सिरियली’ अरूको योजनामा २५–५० लाख, वा करोडको बजेट छ, तर बीचमा मैले नै दिएको मेरै निर्वाचन क्षेत्र सप्तरी २ को योजना आयो भने पाँचरपाँच लाखको बजेट छ, सचिवालय पेजमा आक्रोश व्यक्त गरिएको छ ।
यस्तै असन्तुष्टिहरुको कारणले प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित गरिएको प्रदेश साँसदहरुको बुझाइ छ ।
प्रतिकृया लेख्नुहोस्: