Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मौलापुर नगरसभावाट ६१ करोडको बजेट, फ्रि बिजुली, फ्रि पानीलगायत लोकप्रिय कार्यक्रमले पायो निरन्तरता

खबरडबली संवाददाता

असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत नीतिको कारण देशको सम्पूर्ण क्षेत्रको आर्थिक अवस्था धारासाहि भएर युवाहरु बिदेसिन बाध्य भएको बताएका छन्।

गृह नगर रौतहटको मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनको आज मंगलबार उदघाटन गर्दै प्रमुख अतिथि साहले त्यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष साहले मौलापुरको शून्य कर नीतिबाट सरकारले सिक्नु पर्ने उल्लेख गरेका थिए। उनले साह उद्योग व्यापार धारासाही भएको अवस्थामा मौलापुर नगरपालिकाले लेखेको उत्पादनमा वृद्धि मौलापुरको समृद्धि भन्ने सकोगण अतिनै सराहनिय रहेको बताएका थिए।

सरकारले लगाएको अत्यधिक करको कारण किसानको उत्पादन भएर किसान, ब्यापारी तथा युवाहरु व्यवसाय छोडेर विदेशमा जान बाध्य भएको उनको भनाई छ। मौलापुर को नि:शुल्क कर नीति केंद्र सरकार ले सिकुन्, विदेशमा २१ र नेपालमा ४० किसिम को कर छ, यहाँ ७६१ सरकारले कर लिँदा उत्पादन महंगो भएर अर्थतन्त्र बिग्रेको पूर्व मन्त्री साहले गुनासो गरेका थिए।

सरकारले खुला सीमाका कारण अर्थतन्त्रमा क्षति पुगेको भन्छ तर त्यो गलत हो। उदाहरणको लागि मलेसियाको काठ नेपालमा सस्तो यहाँको करोडौंको काठ महंगो भएर खेर गएको छ। कुनै पनि घरको कुशल गार्जियन आफै कमाएर परिवार चलाउँछ। गन्जेडी जुवेडी आफ्नै श्रीमतीको गहना बेच्छ। सरकारले जनतालाई दिने हो लिने होईन तर यहाँ उलटो भईरहेको उनले गुनासो गरेका थिए।

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनमा उप मेयर नागेन्द्र यादवले नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेका छन् । उनले मौलापुर नगरपालिकाको आ।ब। २०८२र०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

मौलापुर नगरपालिकाकी हरेक बर्षझै यस बर्ष पनि शिक्षा क्षेत्रमा अत्याधिक बजेट बिनियोजन गरेको छ । शिक्षा क्षेत्रमा मौलापुरले कुल बजेटको ४० प्रतिशत भन्दा बढी रकम छुट्याएको मेयर रिना कुमारी साहले बताएकी छिन्।

मौलापुरमा नगर प्रहरीको साटो नगर शिक्षक र चिकित्सक रहेको छ । शिक्षा क्षेत्रमा मोडेल बन्दै गईरहेको मौलापुर नगरपालिका देशमै उत्कृष्ट काम गरेवापत १ महिना अघि पोखरामा आयोजित एक कार्यक्रममा सम्मानित समेत भएको छ ।

यस्तै मौलापुरका मेयर साहले छोरीसंग मेयर कार्यक्रमलाई समेत निरन्तरता दिएकी छन् ।  यो कार्यक्रम अन्तरगत बिहेको समयमा हरेक छोरीलाई ३० हजार नगद सहयोग पालिकाले गर्दैआएको छ । यसैगरी मौलापुरले नमुना एकीकृत दलित बस्ती निर्माण, धुवा चुलो मुक्त अभियानलाई निरन्तरता दिएको छ ।

आगामी आ।व। २०८२र०८३ मा नगरपालिकाबाट नगर गौरवको आयोजनाको रुपमा विगत देखी सञ्चालन हुँदै आएको पुरातात्विक महादेव मन्दिर, मौलापुर शहरीकरण, एकीकृत नमुना बस्ती विकास, मोडेल प्राविधिक शिक्षालयको थप व्यवस्थागर्ने आयोजनाहरु र यस नगरपालिकाले सञ्चालन गर्दै आएको कच्ची सडक मुक्त नगर, हर हातमे हुनर, साक्षरता अभियान, निशुल्क बिजुली पानी र बेटीके साथ मेयर लगायतका लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिदै नवीनतम प्रविधि र गुणस्तरयुक्त शिक्षाको लागि विद्यालयहरुमा स्मार्ट कक्षा सहितको भौतिक तथा मानवसंशाधान थप व्यवस्था गर्ने,’ मेयर साहले भनेकी छन्, स्वास्थ्य संस्थाहरुलाई थप व्यवस्थि तगर्ने, वेरोजगारहरुलाई स्वरोजगार बनाउने र कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाउने र नयाँ एकीकृत दलित बस्ती निर्माण गरी झोपडी मुक्त नगर निर्माणको अभियानमा थप कार्यक्रम सञ्चालन गर्नुका साथै सुशासनलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरिएको छ ।’

अधिवेशनमा पूर्व मन्त्री प्रभु साह, पूर्व सांसद समिना हुसैन, मेयर रिना कुमारी साह, सिडियो बिनोद कुमार खडका, सशस्त्रका एसपी सन्तोष कुमार बस्नेत, राष्ट्रिय अनुसन्धनका एसपी कुमार बुढाथोकी, मालपोत कार्यालय मौलापुरका प्रमुख कौशलकिशोर झा, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, आजपा नेता मनोज यादव,उमेश कुशवाहा, विद्युत प्राधिकरण मौलापुर प्रमुख दिनेश यादव लगायत नगरका निर्वाचित सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, लगायतको उपस्थिति रहेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending