फिदिम। पाँचथरको फालेलुङ गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ ।
गाउँपालिकाको ११ औं गाउँसभा अधिवेशनमा पालिका अध्यक्ष वीरबिक्रम थाम्सुहाङले यस्तो नीति पेश गरेको हो । जसमा जनप्रतिनिधि, कर्मचारी र शिक्षकले नीजी विद्यालयमा छोराछोरी पढाएमा साइ पाइ आएको सुविधा कटौती गर्ने उल्लेख छ ।
उक्त नीति सोमबार सम्पन्न ११ औं गाउँसभा बाट उक्त निर्णय सर्वसम्मत पारित भएको हो । गाउँपालिकाको प्रवक्ता भरत खपाङ्गीका अनुसार सार्वजनिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्दै सामुदायिक शिक्षाप्रतिको भरोसा कायम गर्न यस किसिमको कडाइ गरिएको हो ।
'यसअघि गाउँ कार्य पालिकाले गरेको निर्णय नीति कार्यान्वयन फितलो भएको गुनासो आइरहेकाले यो कदम चालिएको हो,' खपाङ्गीले भने।
अबदेखि निजी विद्यालयमा छोराछोरी पढाउने जनप्रतिनिधि, पालिका कर्मचारी तथा शिक्षकको तलब, भत्ता तथा अन्य सुविधाबाट १० प्रतिशत रकम कट्टा गरिनेछ । सो रकम गाउँपालिकाको आन्तरिक राजस्व खातामा दाखिला गरिने उल्लेख गरिएको छ ।गाउँसभा बाट पारित ‘शिक्षा ऐन’मार्फत यस व्यवस्थालाई कानुनी आधार दिइएको छ ।
साथै, कृषि, वन वातावरण तथा जिन्सी लिलामी सम्बन्धी ऐनहरू समेत पारित भएका छन् । सभाले आर्थिक वर्ष २०८२-८३ का लागि ५४ करोड ४१ लाख ४५ हजार ७ सय १ रुपियाँको बजेट सार्वजनिक गरेको छ। आन्तरिक स्रोतबाट १ करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ ले वडा क्षेत्रभित्र रहेका विपन्न, दलित, गरीब तथा अल्पसङ्ख्यक विद्यार्थीलाई लक्षित गरी पोशाक सहायता कार्यक्रम सञ्चालन गर्ने बजेट समेत विनियोजन गरिएको प्रवक्ता खपाङ्गीले जानकारी दिए।
गुणस्तरीय शिक्षा र उत्तरदायी प्रशासनको दिशामा अग्रसर हुने उद्देश्यसहित पालिकाले अघि सारेको यो नीति स्थानीय तहकै स्तरमा उदाहरणीय पहलका रूपमा हेरिएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - १९:४४
काठमाडौं । श्रममन्त्री पदबाट बर्खास्त भएका दिपक साहकी पत्नी जुनु श्रेष्ठले सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छन् । उनले आफ्ना श्रीमानमाथि अन्याय भएको ...
चैत्र २६ गते, २०८२ - १९:३७
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छन् । नेपाल नगरपालिका स...
चैत्र २६ गते, २०८२ - १९:३३
काठमाडौँ। पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनु...
चैत्र २६ गते, २०८२ - १९:२०
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले अन्तर–मन्त्रालय सर...
चैत्र २६ गते, २०८२ - १९:१५
भक्तपुर। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेको छ...
चैत्र २६ गते, २०८२ - १९:०७
हेटौँडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । बिहीबार जारी गरिएको सूचनामा प्रशासनले अत...
चैत्र २६ गते, २०८२ - १९:०३
काठमाडौं । शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने भएको छ । सरकारले सोही मितिबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेपछि...
चैत्र २६ गते, २०८२ - १५:१६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचा...
चैत्र २६ गते, २०८२ - १५:१०
नयाँदिल्ली। मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनी...
चैत्र २६ गते, २०८२ - १४:५६
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीले उपसभामुखको उम्मेदवारी रास्वपा ९राष्ट्रिय स्वतन्त्र पार्टी०सँगको सहमतिमै दर्ता गर...


प्रतिकृया लेख्नुहोस्: