Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

बजेटलाई नागरिक र विकासमैत्री बनाउन माग

खबरडबली संवाददाता

काठमाडौँ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा सांसदहरूले बजेटलाई नागरिक र विकासमैत्री बनाउन माग गरे।

विनियोजन विधेयक-२०८२ अन्तर्गत राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय, आयोगका विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उहाँहरूले कतिपय मन्त्रालयको बजेट सन्तुलित नभएको भन्दै परिस्कृत गरेर लैजान सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

खर्च कटौतीको प्रस्तव राख्दै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले ‘भिजिट भिसा’ प्रकरणबारे अभिलम्ब छानबिन समिति गठन गर्न सरकारसमक्ष माग गरे। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई बजेटले उपेक्षा गरेको भन्दै बालबालिकको शिक्षा, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा तथा महिलाको अधिकार र सुरक्षाको सुनिश्चितताका लागि प्रयाप्त बजेट छुट्याउनुपर्नेमा जोड दिए। 

उनले खेलकुद क्षेत्रलाई पनि बजेटले उपेक्षा गरेको भन्दै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन हुन नसकेको उल्लेख गरे। सांसद पाण्डेले योजना बैंकमार्फत तीन करोड मुनिका योजना नहुने भनिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

माओवादी केन्द्रका गङ्गा कार्कीले बजेटमा उत्पादन वृद्धि र अनावश्यक खर्च कटौतीलाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराए। उनले आर्थिक कार्यक्रम सुधार, कृषि उत्पादन प्रवर्द्धन, खेलकुद र पर्यटन क्षेत्रको विकासलगायत क्षेत्रलाई विनियोजन विधेयकले प्राथमिकता नदिएको गुनासो गरे। उनले बजेटले दोलखालाई विभेद् गरेको बताए ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबाहदुर केसीले नेपालमा युवाहरूको स्थितिका बारेमा राज्यले जानकारी लिनुपर्ने बताए। उनले भने, “अहिले नेपालमा युवाहरूको स्थिति कस्तो छ, हामीले हाम्रा युवालाई के पढाइरहेका छौँ ?, के सिकाइरहेका छौँ ?, हाम्रो शैक्षिकस्तर कस्तो छ रु, अहिले हाम्रा नयाँ युवालाई सिकाएको ज्ञान तिमी विदेश जान तयार हुनुपर्छ भन्ने सिकाइ त होइनरु त्यसैले शिक्षा प्रणाली परिवर्तन गर्न आवश्यक छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रममन्त्रीबाट बर्खास्त भएपछि पत्नीको प्रतिक्रिया: अब यो देशमा सुशासन कसले ड्राइभ गर्ने हो?

काठमाडौं । श्रममन्त्री पदबाट बर्खास्त भएका दिपक साहकी पत्नी जुनु श्रेष्ठले सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छन् । उनले आफ्ना श्रीमानमाथि अन्याय भएको ...

जनताको सन्तुष्टिलाई ध्यान दिएर सेवा प्रवाह गर्न सभामुख अर्यालको आग्रह

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छन् । नेपाल नगरपालिका स...

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ। पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनु...

५० उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले अन्तर–मन्त्रालय सर...

सैनिक आचरण भित्र रहन नवआयुक्त अधिकृतलाई प्रधानमन्त्री शाहको निर्देशन

भक्तपुर। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेको छ...

पेट्रोलियम पदार्थ प्रयोगमा मितव्ययिता अपनाउन प्रशासनको आग्रह

हेटौँडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । बिहीबार जारी गरिएको सूचनामा प्रशासनले अत...

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

काठमाडौं । शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने भएको छ । सरकारले सोही मितिबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेपछि...

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचा...

मूल्य चापबिच मल अनुदान बढाउँदै भारत

नयाँदिल्ली। मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनी...

राप्रपाले उपसभामुखमा उम्मेदवारी दर्ता गर्‍यो, रास्वपासँग सहमति भएको ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीले उपसभामुखको उम्मेदवारी रास्वपा ९राष्ट्रिय स्वतन्त्र पार्टी०सँगको सहमतिमै दर्ता गर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending