Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

बाँकेको नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

खबरडबली संवाददाता

नेपालगन्ज। बाँकेको सबैभन्दा पिछडिएको मानिने नरैनापुर गाउँपालिका कुष्ठरोगको उच्च जोखिममा रहेको छ । सो पालिकाको एउटै वडामा नौ जना कुष्ठरोगीसहित २६६ जना छालाका रोगीहरू भेटिएपछि सो पालिका कुष्ठरोगको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले नरैनापुर गाउँपालिका– १ मा हालै आयोजना गरीएको छाला तथा कुष्ठरोग शिविरमा नौ जनामा कुष्ठरोगसहित २६६ जनामा छाला रोगको समस्या पाइएकोले सो पालिका कुष्ठ रोगको उच्च जोखिममा रहेको बताए

उनले नरैनापुरको एउटै वडामा नौ जना कुष्ठरोगी भेटिनु चिन्ताको बिषय भएको जनाउँदै अन्य वडाहरुमा पनि त्यस्ता बिरामीहरु रहेको सम्भावना देखिएकोले सबै वडामा परीक्षण आवश्यक देखिएको बताए।

स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल व्यक्ति रविन्द्र कुमार शाहले पनि एउटा वडाको परिणामले अन्य वडाहरुमा पनि कुष्ठरोगका बिरामीहरु भेटिने सम्भावना देखिएकोले गाउँपालिकानै कुष्ठरोगको उच्च जोखिममा रहेको सङ्केत गरेको बताए।

उनले कुष्ठरोग भएको प्रमाणित भएकाहरुको परिवारका सदस्यहरू र छरछिमेकमा समेत परीक्षण गरिने जनाउँदै परीक्षण कार्य धेरै ठाउँमा गर्नु पर्ने देखिएको बताए।

उता, स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले नरैनापुर विभिन्न किसिमले पछाडि परेको पालिका भएको हुँदा सो पालिकामा कुष्ठरोगीहरु धेरै भेटिएपछि सरकारको पनि चिन्ता बढेको जनाउँदै परीक्षणको दायरा फराकिलो बनाउँदै लैजानुपर्नेमा जोड दिए।

उनले सो पालिकाका सबै वडाहरुमा छाला तथा कुष्ठरोगका बिरामीहरुको खोजी गर्नु आवश्यक रहेको बताए।

नरैनापुर– ५ को स्वास्थ्य चौकीका अहेब दिनेश कुमार मौर्यले स्वास्थ्य चौकीमा आउने बिरामीमध्ये अधिकांश छाला रोगका बिरामी हुने गरेकोले अवस्था सामान्य नरहेको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्दै

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending