Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान

खबरडबली संवाददाता

काठमाडौं । डा. सुवर्ण पौडेल पाइल्स मुक्त नेपाल अभियानमा छन्। उनको अभियानले कति मानिसलाई छुन सक्ला? आफ्नै ठाउँमा छ। तर, हजारौं व्यक्ति उनको अभियान र सेवाबाट लाभ लिइरहेका छन्।

पौडेलको जन्मघर पर्वतको कुस्मा हो। उनले दश कक्षासम्मको शिक्षा त्यही हासिल गरे। उनमा सानैदेखि आर्युवेदमा रुचि थियो। एसएलसीपछि आयुर्वेद हेल्थ असिस्टेन्ट (कविराज) अध्ययन गर्न पोखरा पुगे। र, उनले त्यहीबाट तीन वर्षे कोर्ष पूरा गरे।

संस्कृत पढेका सुवर्णका पिता नेपाली विषयका शिक्षक थिए। उनको चाहना छोराले संस्कृत अध्ययन गरोस् भन्ने थियो। सुवर्णको पनि संस्कृतमा लगाव थियो।

तर, उनको चाहना पर्वतको प्रकृतिले फेरिदियो। खोलानाला, डाँडापाखा घुमिरहँदा परिवारबाट त्यहाँका जडीबुटीका विषयमा उनलाई सामान्य ज्ञान प्राप्त थियो। आमा स्वयंसेविका थिइन्। बाको प्रेरणाले संस्कृतमा रुचि भएका सुवर्ण आमाको प्रेरणाले स्वास्थ्यप्रति आकर्षित भए।

‘पेट दुख्दा आमाले ज्वानो र खुवाउनु हुन्थ्यो। ग्यास्ट्रिक हुँदा लसुनका पोटी पोल्ने गर्नुहुन्थ्यो, रुघाखोकी लाग्दा मह, अदुवाको रस, तुलसी पत्ताको रस खुवाएर हामीलाई निको पार्नुहुन्थ्यो। आमाको स्वास्थ्यप्रतिको चेतनाले प्राथमिक उपचारका लागि हामी कहिले पनि अस्पताल दौडिनु परेन। र, यही प्रेरणाले मेरो आयुर्वेदतर्फको आकर्षण बढ्यो,’ उनी सम्झिन्छन्।

दाइ पोखरा बस्थे। सुवर्ण पनि एसएलसीपछि पोखरा पुगे। उनलाई बुबाको रुचि रोज्ने कि आमाको भन्ने दुबिधा थियो। आफूमा विज्ञानप्रतिको अलि बढी रुचि भएकाले उनले आयुर्वेद नै छाने। उनलाई दाइले पनि आयुर्वेद पढ्न प्रेरित गरेका थिए।

त्यसपछि उनी निखिल आयुर्वेद मेडिकल कलेजमा भर्ना भए। र, तीन वर्षमा २०६४ सालमा सफलतापूर्वक कविराजसम्मको कोर्ष पूरा गरे।

उनले कविराज गरेपछि धेरै ठाउँमा जागिरका लागि पहल पनि गरे। तर, तत्कालीन समयमा आयुर्वेदप्रतिको आकर्षण अहिलेको जस्तो थिएन। ‘मैले कविराज गरेपछि केही फार्मेसीमा काम गर्ने अवसर पाए। सरकारी क्षेत्रमा जागिर खाने रुचि थियो। सरकारको २०५२ को नीति पनि प्रत्येक जिल्लामा आयुर्वेद केन्द्रको स्थापना गरेर दुईदेखि तीन जना कविराज राख्ने भन्ने थियो। तर, लोकसेवा खुलेन। त्यसपछि मेरो सरकारी जागिर खाने सपना बाट पछि हटे,’ उनी सम्झन्छन्।

त्यसपछि उनले पोखराकै एउटा स्वास्थ्य क्षेत्रको एनजीओमा काम गरे। त्यही क्रममा पढाई थप अगाडि बढाउन मन भयो। र, २०६६ सालमा त्रिविमा बीएमएस भर्ना भए। त्यसपछि उनी नाम निकालेर वीरगन्ज पढ्न गए। उनले एक वर्ष वीरगन्जमै बसेर अध्ययन गरे। त्यसपछि सिमरामा फार्मेसी सुरु गरे। उनी बिहान ६ देखि १२ बजेसम्म कलेजमा अध्ययन गर्थे। १२ बजेदेखि फार्मेसीमा समय दिन थाले। बेलुकीको समय अध्ययनमा खर्चिन्थे। यसरी उनले शिक्षा र कामलाई सँगसँगै अगाडि बढाए।

साढे पाँच वर्षको कोर्ष २०७२ सालमा पास गरे। त्यसपछि उनले पोखराको स्पर्श आयुर्वेदमा पहिलो जागिर गरे। त्यही जागिर गर्दा आफ्नै केही उद्यम गर्नुपर्छ भन्ने सोच उनमा पलायो। र, नेचर कियर हस्पिटल भनेर पोखरामै खोले।

उनलाई पोखरामै बाँधिनु थिएन। त्योभन्दा ठूलो दायरामा काम गर्न मन भयो। त्यसपछि सुवर्णले काठमाडौं रोजे। र, पोखराबाट काठमाडौंको यात्रा तय गरे। यता आइसकेपछि अष्टाङ्ग आयुर्वेदमा तीन वर्ष काम गरे। त्यसपछि वैदिक आयुर्वेदमा काम गरे।

काम गर्दै गर्दा अब काठमाडौंमै आफ्नो उद्यमशीलता विकास गर्नुपर्छ भन्ने सोच उनमा पलायो। त्यसपछि कलंकीमा क्लिनिकका रूपमा जन्मियो मेदान्त आयुर्वेद हेल्थ होम। उनको थप अध्ययनप्रतिको हुटहुटी पनि मनमा कायम नै थियो। त्यसपछि उनी आयुर्वेदको छारसूत्र तालिम लिन मुम्बै पुगे। उनले त्यहाँ तीन महिने सर्टिफिकेट कोर्ष गरे।

त्यसपछि नेपाल फर्किएका उनले पुनः अष्टाङ्ग आर्युवेदमा जोडिएर काम गरे। त्यसपछि उनी इटहरी पुगे। र, त्यहाँ वैदिक आयुर्वेदबाट सेवा प्रवाह गर्न थाले। त्यहाँ पनि उनको मन लामो समयसम्म अडिन सकेन। 

त्यसपछि उनको टिमले मेदान्त हेल्थ होम भनेर एउटा कम्पनी नै दर्ता गर्‍यो। र, २०७६ सालमा मेदान्त हेल्थ होम क्लिनिकका नाममा कलंकीबाट सेवा सुरु भयो। त्यसपछि उनीहरूले पाइल्सरहित समाजको अवधारणालाई अघि सारेका हुन्। उनीहरूले दुई वर्ष निःशुल्क नै चेकजाँच गरे। पछि अपरेटिङ कष्ट होस् ठानेर सय एक रुपैयाँ शुल्क निर्धारण गरे। र, यतिबेला उनीहरू एक सय रुपैयाँमा बिरामीको चेकजाँच गर्दै आएका छन्।

‘बिरामीलाई चेकजाँच गरेर औषधि सेवन गर्न सहज होस् भनेर हामीले यस्तो गरिरहेका हौं। फार्मेसीमा गएर औषधि खाँदा रोगको पहिचान पनि नहुने र औषधिले पनि काम नगर्ने अवस्था छ,’ उनी भन्छन्, ‘यो अवस्थाको अन्त्य भई बिरामीले अस्पताल पुगेर उपचार गर्दै औषधि सेवन गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ।’ यस्तो हुँदा पैसा र औषधिको असरबाट पनि जोगिने उनले बताए।

डाक्टरको शुल्क महँगो हुँदा बिरामी अस्पताल पुग्नबाट वञ्चित हुने अवस्था नहोस् भनेर एक सय रुपैयाँ मात्र शुल्क राखिएको उनी बताउँछन्। उनीहरूको अस्पतालमा दिनमा २० भन्दा बढी बिरामी हेरिँदैन। बिरामीको राम्रो उपचार गर्न सकियोस् र यथेष्ट समय दिन सहियोस् भन्ने अवधारणा अनुरूप आफूहरूले दिनमा २० जना बिरामीको मात्र चेकजाँच गर्दै आएको उनले बताए।

उनी रोग लुकाउनु प्राणघातक हुने भएकाले रोग पालेर नबस्न सुझाव दिन्छन्। विश्वमा ७१ प्रतिशत मृत्युदर नसर्ने रोगका कारणले भइरहेकाले समयमै अस्पताल आउन उनी सुझाउँछन्।

‘नसर्ने रोगको कारण आफ्नै व्यवहार हो। बिरामीलाई यी सबै कुरा बुझाउन समय चाहिन्छ। त्यसैले एकै दिनमा सयौं बिरामी हेर्ने भन्दा पनि २० जनाको राम्रो उपचार गर्ने अवधारणा अनुरूप हामी अगाडि बढिरहेका छौं,’ उनले भने।

राम्रो उपचार पाउँदा जुनसुकै रोग पनि निको हुने उनको विश्वास छ। पेटबाट आएका मुख्य समस्याका कारण मलद्वारसम्बन्धी समस्या भइरहेको उनी बताउँछन्। ‘ठूलो आन्द्रा बिग्रिने भइरहेको छ। सानै उमेरमा क्यान्सरको जोखिम बढ्दो छ। सानै उमेरका बच्चाबच्चीलाई मःमः, पिजा दिने संस्कारको विकास छ। त्यो खराब बानी बनाउने हामी नै हौं। सुरुमा बच्चा आफैँ मःमः लिन त गएन हाला नि। उनीहरूलाई हामीले नै खाना ख्वायौं। पहिला खाना नपाएर मान्छे मर्ने अवस्था थियो, अहिले राम्रो खान नजानेर मान्छे मर्ने अवस्था बनेको छ,’ उनले भने।

उनले पछिल्लो पुस्तामा कब्जियतको ठूलो समस्या रहेको उनी बताउँछन्। औषधि नखाएर दिशा हुँदैन भन्ने युवा पुस्ताको संख्या दिनहुँ बढिरहेको उनको भनाइ छ। बुढेसकालमा फिजियोलोजिकल समस्याका कारणले दिशा नहुने समस्या हुने भए पनि युवामा त्यो समस्या देखिनु अस्वस्थ जीवनशैली नै भएको डा. सुवर्णको बुझाइ छ।

कब्जियतका कारणले क्रोन्सडिजिज, अल्सर डिस पोलाइटिसहरू, ठूलो आन्द्राको क्यान्सर, पाइल्स, फिसर, फिस्टुलाको समस्या हुन्छ। त्यसैले कब्जियतलाई सामान्य रूपमा लिन नहुने उनले बताए।

‘हामीले आयुर्वेदको पञ्चकर्म अन्तर्गतको वृचन कर्म गराएर अहिले कब्जियत हटाउने काम गरिरहेका छौं। त्यो आन्द्राको सफाइ हो। प्राय: बिरामीमा भिटामिन डिको कमी छ। भिटामिन डी खाँदा पनि त्यसले काम नगरिरहेको अवस्था हो। भिटामिन डी सानो आन्द्राले सोस्छ। सानो आन्द्राको सफाइ नभएर लेउ लागिरहँदा उसले भिटामिन डी सोस्न सक्दैन र औषधिले नै काम गर्न नसक्ने अवस्था आउँछ,’ उनले भने। अन्य औषधि खाँदा पनि आन्द्राको स्वस्ने क्षमतामा ह्रास आउँदा काम नगरिरहेको र अरू रोगहरू पनि बल्झिँदै गइरहेको अवस्थाप्रति सचेत रहन उनी आग्रह गर्दछन्।

आन्द्रामा गुड र ब्याड ब्याक्टेरिया हुने र गुड ब्याक्टेरिया बढाउन नसक्दासम्म राम्रो हुने अवस्था नरहने उनले बताए। गुड ब्याक्टेरियाका लागि नेचुरल फाइबरयुक्त खानेकुरा खान उनी सुझाउँछन्। ‘हरिया सागपात, फलफूलको मात्रा बढाउनुपर्छ। खाजामा मैदाको परिकार छोडेर गहुँ, जौको परिकार मजाले खाने, गेडागुडी टुसा उमारेर खानुपर्छ। यसमा प्रशस्त फाइबर हुन्छ। र, पेटको सफाइ हुन्छ,’ उनले भने। यसका साथै नियमित व्यायाम गर्न पनि उनी सुझाउँछन्।

पाइल्स के हो र यसको निदान छकी छैन?

डा. पौडेलका अनुसार पाइल्स मलद्वारमा हुने एक समस्या हो। पाइल्स, फिसर, फिस्टुला, ठूला आन्द्राका समस्या हुन्। पाइल्स हुँदा मलद्वारका नसा फुल्छन्। कुसनको रूपमा रहेका नसा रगडिएर फुल्दै गएको अवस्था पाइल्स हो।

पाइल्सका फस्ट, सेकेन्ड, थर्ड र फोर्थ गरी चार ग्रेड हुने उनले बताए। ‘फस्ट ग्रेड भनेको दिसा गर्दा कहिलेकाहीँ रगत आउने अवस्था हो। यसमा निला फुलेका नसा देखिन्छन्। सेकेन्ड ग्रेडमा आफैँ मासु आउने र जाने अवस्था हो। थर्ड ग्रेड पाइल्समा आफैँ जाँदैन, धकेल्नुपर्छ। फोर्थ ग्रेड पाइल्स भनेको बाहिरै रहने अवस्था हो,’ उनले भने।

यसलाई पूर्णरुपमा निको पार्न सकिने उनले बताए। एक पटक निको भइसकेपछि जीवनशैलीमा ध्यान नदिँदा पुनः बल्झिन सक्ने अवस्था कायमै रहनेतर्फ उनी सचेत गराउन चाहन्छन्। खानपान, आहारव्यवहारमा ध्यान दिँदा पाइल्स पूर्णरुपमा निको पार्न सकिने उनको बुझाइ छ।

‘हिजो भगवानले दिएको राम्रो चिज नजोगाएको बिरामीले हो। फेरि आज डाक्टरले राम्रो बनाएको चिज जोगाउन नसक्नुको कमजोरी बिरामी मै निहित हुनेगर्छ,’ उनले भने। फस्ट र सेकेन्ड स्टेजलाई औषधिले निको पार्न सकिने भए पनि तेस्रो र चौथो स्टेजमा अप्रेसन नै गर्नुपर्ने उनले बताए।

उनीहरू पाँच जना चिकित्सकको टोली बिरामीको उपचारमा सक्रिय रहन्छ। डा. सुवर्णसँगै डा. विराटले पाइल्स, फिसर, फिस्टुलाको समस्या हेर्छन्। बमन, विर्यचन र छाला सम्बन्धी, नसार र ग्यास्ट्रिकसम्बन्धी डा. निश्चल र शान्तिले काम गर्दै आएका छन्। थेरापीमा डाक्टर अनिल थापाले काम गर्दै आएको उनले बताए।

के निको नभर बिरामी दोहोरिन्छन्?

डाइग्नोसिस गरिसकेपछि रोगको प्रकृति अनुसार उपचार हुने उनले बताए। ‘हाडजोर्नी खिइएका, नसा च्यापिएका समस्या हामीले एकदम राम्रो गरिरहेका छौं। ती समस्या पुनः पनि हुनसक्छन्। मलद्वारसम्बन्धी पाइल्स, फिसर, फिस्टुलाको प्रभावकारी रिजल्ट दिइरहेका छौं। बिरामीले भनेको मान्दा समस्या बल्झिएको पाइँदैन। रेसियोमा हेर्दा १०/२० प्रतिशत मलाई फेरी समस्या बल्झियो भनेर पनि आउनु हुन्छ,’ उनले भने।

ग्यास्टिकमा खानपान मिलाउन नसक्दा फेरि समस्या देखिन सक्ने जोखिम कायमै रहने उनले बताए।

फाइल्स र फिस्टुलामा कति फरक?

पाइल्स नसाहरूको गुच्छा हो। फिस्टुलामा इन्टरनल ग्यान्डहरूको इन्फेक्सन हो। भित्र संक्रमण भइरहेर बाहिर अर्को बाटो बनाउने र पिलो जस्तो आउने फुट्ने, डन्डिफोर जस्तो आउने फुट्ने हुन्छ। चिलाउने हुन्छ। डा. पौडेलका अनुसार यसको उपचारपद्धति पनि फरक नै हुन्छ।

के हो मेदान्त आयुर्वेद अस्पताल

मेदान्त आयुर्वेद अस्पताल क्लिनिकबाट पोलिक्लिनिक हुँदै हस्पिटलका रूपमा विकसित छ। डा. पौडेल बिरामीको जिम्मेवारीपूर्ण ढंगबाट उपचार हुने एउटा पवित्र थलोका रूपमा मेदान्त रहेको दाबी गर्छन्।

उनले हालसम्म एक लाखभन्दा बढीको उपचार गरिसकिएको बताएका छन्। उनीहरू बिरामीको उपचारका लागि बेला बखतमा क्याम्पेनिङ पनि गरिरहेका हुन्छन्। दाङ, धरान, विराटनगर, इटहरी, धादिङलगायत विभिन्न जिल्लामा क्याम्पेनिङ गरिएको उनले बताए। चन्द्रागिरि नगरपालिकाका सम्पूर्ण वडामा क्याम्पेनिङ गरिएको र यसको दायरा फराकिलो पार्दै लगिएको उनी बताउँछन्।

अस्पतालमा उपचारका आवश्यक पर्ने सबै मेसिन उपकरण र पूर्वाधार रहेको उनको भनाइ छ। अस्पतालमा सुविधासम्पन्न ल्याबसमेत रहेको उनले बताए। 

मेदान्तसम्म कसरी पुग्ने?

अस्पतालसम्म पुग्न ९८५११२४४७८ मा सम्पर्क गर्न सकिने छ। मोबाइल नम्बरमा कल गरेर २४सै घण्टा सुझाव लिन सकिन्छ। यस्तै ०१-५२२५४७३ नम्बरको लेन्डलाइनमा बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म सम्पर्क गर्न सकिन्छ।

मेदान्त आयुर्वेद प्रालि फेसबुक पेज र डाक्टर सुवर्ण पौडेल फेसबुक पेजबाट पनि सम्पर्क गर्न सकिने र आवश्यक जानकारी लिन सकिने उनले बताए। फोनबाट नै पनि नाम टिपाउन सक्ने सुविधासमेत रहेको डा. पौडेल बताउँछन्।

उनी बिरामीलाई पालेर नभई फालेर बाच्न सुझाउँछन्। डाक्टरलाई रोग देखाउन लाज मान्नुपर्ने कारण नै नरहेको उनले बताए। डाक्टरलाई पनि देखाउन नसक्ने र मलाई क्यान्सरै पो भयो कि भनेर पिर लिने बानीले एन्जाइटी जस्ता समस्यासमेत थपिने गरेको उनको अनुभव छ।

आयुर्वेद नसर्ने रोगका लागि प्रभावकारी उपचार पद्धति भएकाले बेलैमा अस्पताल पुग्न उनले आग्रह गरेका छन्। कतिपयले त औषधि नै नखाई जीवनस्तरमा सुधार ल्याएर निको हुने पनि अवस्था रहने भएकाले चेकजाँच नै नगरी औषधि सेवन नगर्न उनी सुझाव दिन्छन्।

बाल्यकालदेखि नै जडीबुटीसँग खेल्दै हुर्किएका डा. सुवर्णले आयुर्वेद चिकित्सामा मात्रै एक दशक व्यतीत गरिसकेका छन्। आयुर्वेदप्रतिको लगावकै कारण उनी देशभरका बिरामीमाझ लोकप्रिय छन्। बिरामीहरूले पनि डा. सुवर्ण र मेदान्तमा उपचार गरिसकेपछि आफूले सोचेभन्दा ठूलो परिवर्तन पाएको प्रतिक्रिया दिएका छन्।

आफ्नै कलेज

मेदान्त ग्रुपको आफ्नै आयुर्वेद कलेजसमेत रहेको छ। ओजस्वी टेक्निकल कलेज सामाखुसीमा उनीहरूले स्थापना गरेका छन्। तीन वर्षदेखि कलेजमा आयुर्वेद हेल्थ असिस्टेन्ट, कविराजको अध्यापन भइरहेको छ। आयुर्वेद क्षेत्रमा जनशक्तिको पनि अभाव रहेकाले गुणस्तरीय जनशक्ति उत्पादनको उद्देश्यले कलेज स्थापना गरिएको पौडेलको भनाई छ।

‘डाक्टरले औषधी लेखिरहँदा औषधि दिने मान्छे पनि क्वालिटीयुक्त हुनुपर्छ। औषधि पनि क्वालिटीको चाहिन्छ भनेर हामी जनशक्ति उत्पादनमा पनि सक्रिय छौं। त्यसैले हामीले सिटीभिटीबाट अनुमति लिएर तीन वर्षीय डिप्लोमा कोर्ष अध्यापन गराइरहेका हौं,’ उनले भने।

उनले प्रत्येक वर्ष सिटीभिटीबाट इन्ट्रान्स उत्तीर्ण गरेका ४० जना विद्यार्थीले कलेजबाट गुणस्तरीय शिक्षा हासिल गरिरहेको बताए। आयुर्वेदप्रतिको आकर्षणसमेत पछिल्लो समय बढ्दो रहेको उनी बताउँछन्।

‘नेपाल सरकारले पनि प्रत्येक नगरपालिकामा ५, १०, र १५ बेडको आयुर्वेद अस्पताल स्थापना गर्ने नीति लिएको छ। पाँच बेडकोमा एक जना, दश बेडकोमा दुई जना र १५ बेडको अस्पतालमा तीन जना कविराज अनिवार्य राख्ने नीति भएकाले यसको आकर्षण पनि बढ्दो छ। यसले गर्दा लोकसेवामा पाँचौं तहको प्रतिस्पर्धामा सहभागी हुने अवस्था रहन्छ,’ उनले भने। यसपछि बीएमएस गरेर डाक्टर बन्न सक्ने अवस्थासमेत रहने उनले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending