Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

ऐडी दम्पत्तिको खास लाग्दो तरकारी खेती, आस लाग्दो आम्दानी

खबरडबली संवाददाता

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–८ गड्खेतका लालबहादुर ऐडी दम्पत्तिले गाउँमै व्यावसायिक खेत गर्दै आएका  छन् ।

करिब एक दशक अगाडि काठमाडौँको थानकोटबाट व्यावसायिक तरकारी खेतीको सुरूवात गर्नुभएको ४१ वर्षीय लालबहादुर र ३८ वर्षीय श्रीमती बिस्ना देवि ऐडीले अहिले गाउँमै तरकारी खेती गरिराखेका छन् ।

दस रोपनी जग्गा भाडामा लिएर तरकारी खेतीमा गर्दै आएका ऐडी दम्पत्तिले एक छोरालाई उच्च शिक्षा अध्ययनका लागि जापान पठाएका छन भने एक छोरा र एक छोरीलाई सदरमुकाम मार्तडीमै पढाई खोका छन् ।

तरकारीको कमाइले कसैको मुख ताक्न नपरेको ऐडीले बताउनुभयो । जिल्लाको सदरमुकाम मार्तडी नजिकै रहेको आफ्नै गाउँ गड्खेतमा लोभलाग्दो तरकारी खेती, खास लाग्दो र आसलाग्दो कमाइ गर्दै आएका छन् ।

हिमाल बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्ममार्फत व्यावसायिक तरकारी खेतीमा लागेका ऐडी दम्पत्तिले यहि कर्म आफ्नो जिवनको अन्तिम सपनाका रूपमा लिएका  छन् । पछिल्लो समय देशमा रोजगारीको अभाव भएको भन्दै युवाहरू विदेशिन बाध्य छन् । तर ऐडी दम्पत्तिले गाउँका अरु दुई दर्जनभन्दा बढी किसानहरूलाई व्यावसायिक तरकारी खेतीमा आकर्षण गर्न उत्प्रेरित गरे  ।

उनको लोभलाग्दो तरकारी खेतीले कृषि क्षेत्रमा लाग्ने हौसला प्रदान भएको नरबहादुर विकले बताए ।  आफ्नै गाउँमा बेमौसमी तरकारी खेतीमार्फत विदैशिक रोजगारीबाट प्राप्त हुने भन्दा धेरै आम्दानी हुने गरेको विकले बताए । यती बेला ऐडी दम्पत्तिकै अगुवाइमा गड्खेत गाउँका घरै पिच्छे १ देखि ६ सम्म ग्रीन हाउस निर्माण गरी तरकारी खेती भइरहेको छ । लालबहादुर र बिस्ना ऐडी दम्पत्तिले गत वर्ष तरकारी खेतीबाटै करिब आठ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको बताए ।

२१ वटा ग्रिन हाउस (प्लास्टिकको संरक्षित घर)सहित खुला खेतमा समेत तरकारी खेती गर्दै आउनुभएका उनी समग्रमा ५०जति ग्रीन हाउस निर्माण गर्ने र थप खेती स्तरोन्नति गर्ने तयारीमा छन् । रातदिन बारिकै काममा व्यस्त ऐडी दम्पत्तिले पछिल्लो समय काममा सहजताका लागि दुई जना श्रमिकलाई राजगारी दिए । आफैँ बेर्ना उत्पादन गरेर बारीभरि टमाटर, ब्रोकाउली, काउली, फुल गोभी, चिचिन्डा, काक्रो, भिन्डी, गाजरलगायत तरकारी फैलाइ रहनुभएका ऐडी दम्पत्तिले दैनिक ४२ केजी तरकारी सदरमुकाम मार्तडीस्थित विद्यालयमा दिवा खाजाका लागि मात्रै पठाउने गरेको बताए ।

मार्तडी बजारसँगै बाम्का, बजारसम्म आफुले तरकारी पुर्‍याउने गरेको उहाँले बताए । ऐडी दम्पत्तिको रहर लाग्दो र लोभलाग्दो कृषि कर्मकै कारण हाल कृषि ज्ञान केन्द्र बाजुरा, बडिमालिका नगरपालिका कृषि शाखा र विभिन्न सङ्घसंस्था मार्फत अनुदानका कार्यक्रमहरू समेत प्रदान भइरहेका छन् ।

जिल्लाकै नमुना व्यावसायिक कृषकका रूपमा स्थापित ऐडीलाई बडिमालिका नगरपालिकाले उत्कृष्ट कृषक घोषणा गरेको छ भने पुरस्कृत गर्ने तयारी समेत गरेको छ । ऐडी दम्पत्तिको लगाब बाजुराका समग्र कृषकहरूका लागि प्रेरणा भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए । ऐडीको  व्यावसायिक तरकारी खेतिमा ज्ञान केन्द्रले आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending