Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

ऐडी दम्पत्तिको खास लाग्दो तरकारी खेती, आस लाग्दो आम्दानी

खबरडबली संवाददाता

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–८ गड्खेतका लालबहादुर ऐडी दम्पत्तिले गाउँमै व्यावसायिक खेत गर्दै आएका  छन् ।

करिब एक दशक अगाडि काठमाडौँको थानकोटबाट व्यावसायिक तरकारी खेतीको सुरूवात गर्नुभएको ४१ वर्षीय लालबहादुर र ३८ वर्षीय श्रीमती बिस्ना देवि ऐडीले अहिले गाउँमै तरकारी खेती गरिराखेका छन् ।

दस रोपनी जग्गा भाडामा लिएर तरकारी खेतीमा गर्दै आएका ऐडी दम्पत्तिले एक छोरालाई उच्च शिक्षा अध्ययनका लागि जापान पठाएका छन भने एक छोरा र एक छोरीलाई सदरमुकाम मार्तडीमै पढाई खोका छन् ।

तरकारीको कमाइले कसैको मुख ताक्न नपरेको ऐडीले बताउनुभयो । जिल्लाको सदरमुकाम मार्तडी नजिकै रहेको आफ्नै गाउँ गड्खेतमा लोभलाग्दो तरकारी खेती, खास लाग्दो र आसलाग्दो कमाइ गर्दै आएका छन् ।

हिमाल बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्ममार्फत व्यावसायिक तरकारी खेतीमा लागेका ऐडी दम्पत्तिले यहि कर्म आफ्नो जिवनको अन्तिम सपनाका रूपमा लिएका  छन् । पछिल्लो समय देशमा रोजगारीको अभाव भएको भन्दै युवाहरू विदेशिन बाध्य छन् । तर ऐडी दम्पत्तिले गाउँका अरु दुई दर्जनभन्दा बढी किसानहरूलाई व्यावसायिक तरकारी खेतीमा आकर्षण गर्न उत्प्रेरित गरे  ।

उनको लोभलाग्दो तरकारी खेतीले कृषि क्षेत्रमा लाग्ने हौसला प्रदान भएको नरबहादुर विकले बताए ।  आफ्नै गाउँमा बेमौसमी तरकारी खेतीमार्फत विदैशिक रोजगारीबाट प्राप्त हुने भन्दा धेरै आम्दानी हुने गरेको विकले बताए । यती बेला ऐडी दम्पत्तिकै अगुवाइमा गड्खेत गाउँका घरै पिच्छे १ देखि ६ सम्म ग्रीन हाउस निर्माण गरी तरकारी खेती भइरहेको छ । लालबहादुर र बिस्ना ऐडी दम्पत्तिले गत वर्ष तरकारी खेतीबाटै करिब आठ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको बताए ।

२१ वटा ग्रिन हाउस (प्लास्टिकको संरक्षित घर)सहित खुला खेतमा समेत तरकारी खेती गर्दै आउनुभएका उनी समग्रमा ५०जति ग्रीन हाउस निर्माण गर्ने र थप खेती स्तरोन्नति गर्ने तयारीमा छन् । रातदिन बारिकै काममा व्यस्त ऐडी दम्पत्तिले पछिल्लो समय काममा सहजताका लागि दुई जना श्रमिकलाई राजगारी दिए । आफैँ बेर्ना उत्पादन गरेर बारीभरि टमाटर, ब्रोकाउली, काउली, फुल गोभी, चिचिन्डा, काक्रो, भिन्डी, गाजरलगायत तरकारी फैलाइ रहनुभएका ऐडी दम्पत्तिले दैनिक ४२ केजी तरकारी सदरमुकाम मार्तडीस्थित विद्यालयमा दिवा खाजाका लागि मात्रै पठाउने गरेको बताए ।

मार्तडी बजारसँगै बाम्का, बजारसम्म आफुले तरकारी पुर्‍याउने गरेको उहाँले बताए । ऐडी दम्पत्तिको रहर लाग्दो र लोभलाग्दो कृषि कर्मकै कारण हाल कृषि ज्ञान केन्द्र बाजुरा, बडिमालिका नगरपालिका कृषि शाखा र विभिन्न सङ्घसंस्था मार्फत अनुदानका कार्यक्रमहरू समेत प्रदान भइरहेका छन् ।

जिल्लाकै नमुना व्यावसायिक कृषकका रूपमा स्थापित ऐडीलाई बडिमालिका नगरपालिकाले उत्कृष्ट कृषक घोषणा गरेको छ भने पुरस्कृत गर्ने तयारी समेत गरेको छ । ऐडी दम्पत्तिको लगाब बाजुराका समग्र कृषकहरूका लागि प्रेरणा भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए । ऐडीको  व्यावसायिक तरकारी खेतिमा ज्ञान केन्द्रले आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुनको महाविनाश: असममा बाढीले ४१ जनाको ज्यान लियो, ९ लाखभन्दा बढी प्रभावित

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...

माइकको आडमा बढ्दो दादागिरीमाथि प्रश्नः ‘पत्रकार’को परिचय कि धम्कीको हतियार ?

काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...

रोकिएन डिम्ब तस्करी : पुरानो विवाद सेलाउन नपाउँदै नयाँ प्रकरण सार्वजनिक

ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...

राधिकाविरुद्ध अभियान चलाएकी वेदिकाले ‘प्रमाण छ’ भनिन् तर देखाउन सकिनन्

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...

विद्यालयको क्यान्टिनमा ग्यास लिक भएर आगलागी, एलकेजीका चार बालिका घाइते

तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending