रौतहट। रौतहटको पूर्विभेग दुर्गा भगवति गाँउपालिकाका पूर्व अध्यक्ष अरुण साहसहित ३ जना बिरुद्द जिल्ला अदालत रौतहटले पक्राउ पूर्जी जारी गरेको छ ।
जग्गा सम्बन्धी कारोवारमा रकम ठगी गरेको मुद्दामा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत रौतहटसँग गत जेठ १३ गते अनुमति माँग गरेको डिएसपी राजन कार्कीले बताए । प्रहरीको माग अनुसार जिल्ला अदालतले पूर्व अध्यक्ष साहसहित ३ जनालाई पक्राउ गर्न आदेश जारी गरेको हो ।
गरुडा नगरपालिका–६ पोठियाहीका संतोष कुमार चौधरीले काठमाडौं नागार्जुन ४ बस्ने विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठसँग सर्लाही हरिपुर–७ मा रहेको जग्गा खरिदका लागी गरेको सम्झौता बमोजिम पटक पटक गरी १ करोड ४३ लाख रकम नगद र चेक समेत बुझाएका थिए ।
उक्त जग्गा खरिद विक्रीमा संलग्न साहलाई चौधरीले आफ्ना ससुरा प्रभन्य चौधरीको नाममा रहेको नेपाल बैंक लिमिटिडको चेक मार्फत २०८१ भदौ १९ गते साहलाई १० लाख रुपैयाँको चेक दिएका थिए।
सो पछि पटक पटक जग्गा पास गराउन भन्दा आलटाल गर्दै आएकाले पीडित सन्तोष चौधरीले पीडक विमला श्रेष्ठ, धिरज श्रेष्ठ र अरुण साह बिरुद्द १ करोड ४३ लाख ५० हजार ठगी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दायर गरेका थिए ।
मुद्दामा प्रहरीको अनुसन्धानको लागि जिल्ला अदालत रौतहटले अरुण साह,विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठ लाई पक्राउ गर्न आदेश दिएको हो। ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले ठगी मुद्दामा संलग्न तीनैजना लाई पक्राउ गर्ने तयारी भईरहेको बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २१ गते, २०८३ - १८:०४
ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्ट...
जेष्ठ २१ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण...
जेष्ठ २१ गते, २०८३ - १७:२३
काठमाडौँ। महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्ता...
जेष्ठ २१ गते, २०८३ - १६:५५
नयाँदिल्ली। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अध...
जेष्ठ २१ गते, २०८३ - १६:४१
ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक...
जेष्ठ २१ गते, २०८३ - १६:३४
काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमक...
जेष्ठ २१ गते, २०८३ - १६:०५
काठमाडौँ। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा तथ...
जेष्ठ २१ गते, २०८३ - १५:४३
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। होल्डिङ सेन्टरमा गत सोमबार बेहोस...
जेष्ठ २१ गते, २०८३ - १५:३१
पाकिस्तान। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड...
जेष्ठ २१ गते, २०८३ - १५:१६
ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...



प्रतिकृया लेख्नुहोस्: