Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

दुर्गा भगवति गाउँपालिकाका पूर्व अध्यक्ष साहसहित ३ जना बिरुद्ध पक्राउ पुर्जी जारी

खबरडबली संवाददाता

रौतहट। रौतहटको पूर्विभेग दुर्गा भगवति गाँउपालिकाका पूर्व अध्यक्ष अरुण साहसहित ३ जना बिरुद्द  जिल्ला अदालत रौतहटले पक्राउ पूर्जी जारी गरेको छ ।

जग्गा सम्बन्धी कारोवारमा रकम ठगी गरेको मुद्दामा  अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत रौतहटसँग गत जेठ १३ गते अनुमति माँग गरेको डिएसपी राजन कार्कीले बताए । प्रहरीको माग अनुसार जिल्ला अदालतले पूर्व अध्यक्ष साहसहित ३ जनालाई पक्राउ गर्न आदेश जारी गरेको हो ।

गरुडा नगरपालिका–६ पोठियाहीका संतोष कुमार चौधरीले काठमाडौं नागार्जुन ४ बस्ने विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठसँग सर्लाही हरिपुर–७ मा रहेको जग्गा खरिदका लागी गरेको सम्झौता बमोजिम पटक पटक गरी १ करोड ४३ लाख रकम नगद र चेक समेत बुझाएका थिए ।

उक्त जग्गा खरिद विक्रीमा संलग्न साहलाई चौधरीले आफ्ना ससुरा प्रभन्य चौधरीको नाममा रहेको नेपाल बैंक लिमिटिडको चेक मार्फत २०८१ भदौ १९ गते  साहलाई १० लाख रुपैयाँको चेक दिएका थिए।

सो पछि पटक पटक जग्गा पास गराउन भन्दा आलटाल गर्दै आएकाले पीडित सन्तोष चौधरीले पीडक विमला श्रेष्ठ, धिरज श्रेष्ठ र अरुण साह बिरुद्द १ करोड ४३ लाख ५० हजार ठगी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दायर गरेका थिए ।

मुद्दामा प्रहरीको अनुसन्धानको लागि जिल्ला अदालत रौतहटले अरुण साह,विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठ लाई पक्राउ गर्न आदेश दिएको हो। ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले ठगी मुद्दामा संलग्न तीनैजना लाई पक्राउ गर्ने तयारी भईरहेको बताएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस–एमाले बराबरी सिट बाँडेर निर्वाचनमा जान सक्छन् : थापा बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...

रवी, बालेन र कुलमानको एकताप्रति ओली: घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...

एमाले मुख्यालय च्यासलमा पेस्तोल फेला

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...

विचार र बलिदानविहीनका केहि मानिसहरू देशै कब्जा गरिसक्यौं जसरी हल्ला फैलाइरहेको छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...

भयरहित वातावरणमा निर्वाचन हुन सक्दैन: नेता ज्ञवाली

काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...

लोकन्थलीमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...

उज्यालो नेपालका समानुपातिकको संख्या १८ बाट घटेर १४ मा सीमित

काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...

नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...

काठमाडौँ उपत्यकामा तमु ल्होसारको रौनक

काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...

कांग्रेसले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending