खोटाङ । खोटाङका दुई गाउँ ६ दिनदेखि अन्धकार बनेका छन्।विद्युत आपूर्ति बन्दहुँदा रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका दुई गाउँ अन्धकार बनेका हुन्।जेठ ३१ गतेदेखि दुई गाउँका करिब १ सय १० घर अन्धकारमय बनेको स्थानीय एवं धारापानी माध्यमिक विद्यालयका शिक्षक शेरबहादुर बस्नेतले बताए।
जेठ ३१ गते चट्याङसहित आएको पानीले उक्त क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो।त्यसयता आजसम्म विद्युत नआएको शिक्षक बस्नेतले बताए।पानी रोकिएपछि जेठ एक गतेदेखि अन्य ठाउँमा विद्युत आए पनि डुम्रेधारापानीको साविक ६ र ७ नम्बर वडा धारापानी र डाँडागाउँमा विद्युत आएको छैन्।सामुदायिक विद्युतका प्राविधिकले विद्युतको ट्रासफर्मर बिग्रीएको आशंका गरेका थिए।तर, के कारण विद्युत बिग्रीएको भन्नेसमेत थाहा नभएको स्थानीयको भनाइ छ ।
रावा बेसी गाउँपालिकाको वडा नम्बर १ कुभिण्डे, ४ डुम्रेरापानी, ५ दुवेकोल र ऐसेलुखर्क गाउँपालिकाका ज्यामिरे र महेश्वरी दुवेकोल सामुदायिक विद्युत अन्तरगत रहेका छन्।सामुदायिकको आग्रहमा विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रकाका प्राविधिक असार ५ गते गएर परीक्षण गर्दा ट्रासफर्मर बिग्रीएको पाइएको छ।विद्युत बिग्रीनुको कारण थाहा पाउन ६ दिन लागेको र बनिन कति दिन लाग्छ भन्ने टुंगो नभएको स्थानीय बताउछन्।
दिक्तेल वितरण केन्द्रका प्रमुख सोवित कुमार क्षेत्रिका अनुसार दुवेकोल सामुदायिक अन्तरगत रहेकाले उक्त ट्रासफर्मर सोही संस्थाले बनाउनु पर्ने हुन्छ।हाल दिक्तेलमा पनि अतिरिक्त ट्रासफर्मर नभएका कारण तत्काल उक्त क्षेत्रमा विद्युत बाल्न सक्ने सम्भावना नरहेको उनको भनाइ छ।विराटनगरमा ट्रासफर्मर बनाउन पठाएकाले शनिबारसम्ममा आइपुग्ने दिक्तेल वितरण केन्द्रका प्रमुख क्षेत्रिले बताउनुभयो।प्रमुख क्षेत्रिका अनुसार धारापानीका नागरिक अझै केही दिन अन्धकारमा बस्न बाध्य हुने देखिन्छ ।
दुवेकोल सामुदायिक विद्युतका अध्यक्ष लिलानाथ निरौलाका अनुसार आफुहरुले वितरणको विद्युत मात्र हेर्ने गरेको र मुख्य विद्युत लाइन प्राधिकरणकै जिम्मामा रहेको छ।जसकारण ट्रासफर्मर प्राविधकरणकै जिम्मामा भएकाले विद्युत आपूर्ति धेरै दिन बन्द भएको अध्यक्ष निरौलाको भनाइ छ।तर प्राविधकरणका प्रमुखका अनुसार बिग्रीएको ट्रासफर्मर सामुदायिकलेनै बनाउनु पर्ने हुन्छ।
प्राविधकरण र सामुदायिकको दोहोरो कुराले उपभोत्ता भने मारमा परेका छन्।उक्त क्षेत्रका उपभोक्ताहरु प्राविधकरणमै जोड्नु पर्ने आवाज पनि उठाउदै आएका छन्।सामुदायिकमा रहदा विद्युत बिग्रीदा समयमै नबन्ने, बढी महसुल तिर्नु पर्ने बाध्यतामा आफुहरु रहेको स्थानीय उपभोक्ताहरुले गुनासो गर्दै आएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: