काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकार’ले भ्रष्टाचार बढ्नु, गरिबी बढ्नु र न्याय स्थापित नहुनुमा नेताहरूले नै जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले अवसर पाउने नेताहरूको नाम आफूले नलिने भन्दै भ्रष्टाचार बढ्नु, गरिबी बढ्नु र न्याय स्थापित नहुनुमा नेताहरूले नै जिम्मेवारी लिनुपर्ने बताएका हुन्।
राजनीतिक अस्थिरताको कुरा गरेर नेताहरूले आफ्नो गल्ती ढाकछोप गर्ने काम गरिरहेको बताएका छन् । ‘यो सङ्ख्याको कुरा होइन । अहिले त दुई तिहाइ बहुमतकै सरकार छ त ?’, उनले भने, ‘दुई तिहाइको सरकार हुँदा पनि सरकार ढल्छ कि ढल्दैन, मेरो सरकार ढल्दैन भन्ने दोहोरी चलिरहन्छ हाम्रो मेन्टालिटी अस्थिर छ । अस्थिर मेन्टालिटीका कारण स्थिरता हुनसक्ने सम्भावनालाई पनि अघि बढाउन सक्दैनौ’, शर्माले भने, ‘कि आफ्नो डिफेन्ड गरिराख्नुपर्ने अवस्थामा हामी छौ’ उनले भने ।
उनले जनताले अवसर दिएपनि त्यो अवसर प्रयोग गरेर नेताहरूले किन देशलाई समृद्धिको दिशामा अघि लैजान सकेनन् भनेर प्रश्न गरे ।‘अवसर नपाएर होइन, पाउँदापाउँदै पनि देशको समस्यालाई समाधान गर्ने दिशातिर अगाडि नबढेको साँचो हो’, उनले भने, ‘अवसर पाउँदापाउँदै देश बन्न नसक्नु दुस्खद कुरा हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - ११:०७
काठमाडौं । संघीय संसदअन्तर्गतका संसदीय समितिहरूको सभापति चयनका लागि आज मनोनयन दर्ता भइरहेको छ। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म ...
बैशाख ३ गते, २०८३ - १०:४०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण छलफल गर्दै छन्। बैठक दिउँसो २ बजे ...
बैशाख २ गते, २०८३ - १८:४५
काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...
बैशाख २ गते, २०८३ - १८:३४
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...
बैशाख २ गते, २०८३ - १८:२४
काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...
बैशाख २ गते, २०८३ - १७:५७
काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...
बैशाख २ गते, २०८३ - १७:४७
काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...
बैशाख २ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...
बैशाख २ गते, २०८३ - १७:११
काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...
बैशाख २ गते, २०८३ - १७:०४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...


प्रतिकृया लेख्नुहोस्: