काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकार’ले भ्रष्टाचार बढ्नु, गरिबी बढ्नु र न्याय स्थापित नहुनुमा नेताहरूले नै जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले अवसर पाउने नेताहरूको नाम आफूले नलिने भन्दै भ्रष्टाचार बढ्नु, गरिबी बढ्नु र न्याय स्थापित नहुनुमा नेताहरूले नै जिम्मेवारी लिनुपर्ने बताएका हुन्।
राजनीतिक अस्थिरताको कुरा गरेर नेताहरूले आफ्नो गल्ती ढाकछोप गर्ने काम गरिरहेको बताएका छन् । ‘यो सङ्ख्याको कुरा होइन । अहिले त दुई तिहाइ बहुमतकै सरकार छ त ?’, उनले भने, ‘दुई तिहाइको सरकार हुँदा पनि सरकार ढल्छ कि ढल्दैन, मेरो सरकार ढल्दैन भन्ने दोहोरी चलिरहन्छ हाम्रो मेन्टालिटी अस्थिर छ । अस्थिर मेन्टालिटीका कारण स्थिरता हुनसक्ने सम्भावनालाई पनि अघि बढाउन सक्दैनौ’, शर्माले भने, ‘कि आफ्नो डिफेन्ड गरिराख्नुपर्ने अवस्थामा हामी छौ’ उनले भने ।
उनले जनताले अवसर दिएपनि त्यो अवसर प्रयोग गरेर नेताहरूले किन देशलाई समृद्धिको दिशामा अघि लैजान सकेनन् भनेर प्रश्न गरे ।‘अवसर नपाएर होइन, पाउँदापाउँदै पनि देशको समस्यालाई समाधान गर्ने दिशातिर अगाडि नबढेको साँचो हो’, उनले भने, ‘अवसर पाउँदापाउँदै देश बन्न नसक्नु दुस्खद कुरा हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८२ - १६:५५
काठमाडौं । नेपालले साफ यू-महिला च्याम्पियनसिपमा भुटानलाई ८-० ले हराएको छ। नेपालकि खेलाडी पूर्णिमा राई र मीना देउवाको ह्याट्रिक मद्दतमा नेपालले बंगलादे...
श्रावण ४ गते, २०८२ - १६:३७
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध बोल्नखोज्ने जो कोहीलाई पनि फाइल तयार पारेर ...
श्रावण ४ गते, २०८२ - १६:१४
जनकपुरधाम। मधेस प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१/८२ मा लामो चार सय ४२ हेक्टर वनजङ्गलको जमिन अतिक्रमणकारीबाट छुटाएको जनाएको छ। उक्त निर्द...
श्रावण ४ गते, २०८२ - १५:५०
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा अहिलेसम्म ३२ जना नेताहरूले आफ्नो धारणा राखेका छन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेत...
श्रावण ४ गते, २०८२ - १५:२८
सिरिया। सिरियाको ड्रुज समुदाय बसोवास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला संयुक्त राज्य अमेरिकाले सिरिया र इजरायलबिच युद्धविरामको सम्झौता गराएको घोषण...
श्रावण ४ गते, २०८२ - १५:१९
लमजुङ। लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागारको गेट (प्रवेशद्वार) भत्किएपछि यहाँ रहेका कैदीबन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ । गत बु...
श्रावण ४ गते, २०८२ - १५:०९
नयाँ दिल्ली। भारतको बेङ्गलुरु सहरका करिब ४० वटा विद्यालयमा शुक्रबार बिहान बम राखिएको भन्दै धम्कीपूर्ण इमेल प्राप्त भएपछि सुरक्षा निकाय उच्च सतर्कतामा ...
श्रावण ४ गते, २०८२ - १४:५९
बनेपा। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका –८ पौवामा यात्रुवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा २३ यात्रु घाइते भएका छन् । रामेछापको डोरखानीबाट काठमाडौ...
श्रावण ४ गते, २०८२ - १३:४२
दाङ। दाङको सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्याराई कार्वाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । हेमराजका भाई पुष्कर धितालक...
श्रावण ४ गते, २०८२ - १३:२९
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएको छन् । आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल...
प्रतिकृया लेख्नुहोस्: