Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

खानेपानीको अधुरा योजना यसै वर्ष पुरा हुन्छ: खानेपानीमन्त्री यादव

खबरडबली संवाददाता

लहान। सङ्घीय खानेपानीमन्त्री प्रदिप यादवले पूर्व मेचीदेखि पश्चिम कञ्चनपुरसम्मका अधुरा खानेपानीको आयोजनाहरु यसैवर्ष पुरा गरिने बताएको छन् । 

सिरहाको धनगडीमाई नगरपालिका ११ र १३ का स्थानीयहरुको खानेपानीको लागि निर्माण गरिएको डावरटोल नैनपुर खानेपानी आयोजनाको समुदघाटन गर्दै यस्तो बताउनु भएको हो । समृद्धि र विकासको लागि पहिलो शर्तको रुपमा रहेको खानेपानी हरेक घरमा पुरयाउन नेपाल सरकार दत्तचित भएर काम गरिरहेको मन्त्री यादवले बताए। 

उहाँले भन्नुभयो, ‘पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर जिल्लामा रहेको सयौँ अधुरा खानेपानी आयोजनाहरुलाई पुरा गर्न मन्त्रालयले काम गरिरहेको छ । हरेक जिल्लाका पालिकाहरुलाई अधुरा आयोजनाहरुको बारेमा मन्त्रालयमा समयमा जानकारी गराउन मन्त्रालयले जानकारी गराइसकेको छ ।’

यो सरकार समृद्धि र विकासको लागि रफ्तारमा काम गरिरहेको प्रत्याभूति गराउन चाहेको उनले भन्दै समृद्ध नेपाल र सुखी नेपाल बनाउने सरकारको दृष्टिकोण रहेको बताए। धनगडीमाई नगरपालिकाले खानेपानी आयोजना अति कम समयमा पुरा गरेकोमा नगरप्रमुख शिवशङ्कर महतोलाई मन्त्री यादवले धन्यवाद दिँदै अन्य पालिकाहरुको लागि प्रेरित गर्ने कार्य भएको प्रशंसा गरे । ‘सिरहा जिल्लामा १७ वटै पालिकाहरुले अधुरा योजनाहरुबारे जानकारी समयमा आए अर्को वर्षसम्ममा सबै आयोजनाहरु पुरा गरिनेछ । खानेपानी मन्त्रालयको योजना कागजमा मात्रै सीमित नभए जमीनमा काम गरेर देखाउन प्रतिवद्ध छौं ।’

‘तराइ मधेशका जिल्लाहरुमा मात्रै होइन, पहाडी र हिमाली जिल्लाका नागरिकहरुलाई समेत शुद्ध खानेपानी उपलब्ध गराउन मन्त्रालयले उपलब्ध स्रोत साधनको प्रयोग गरिरहेको छ । मन्त्राालयले कतिपय ठूला परियोजनाहरु प्रदेश र स्थानीय सरकारसँग समेत मिलेर खानेपानीको समस्या समाधन गर्न युद्धगतिमा काम गरिरहेको छ’, मन्त्री यादवले भने । 

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले मधेश प्रदेश सरकारले चुरे छेउमा रहेको पालिकाहरुमा देखिएको खानेपानीको समस्या समाधान गर्न योजनावद्ध रुपमा काम गरिरहेको बताए। उनले थपे, ‘चुनावी प्रतिवद्धता र खानेपानीको आवश्यक्तालाई प्राथमिकतामा राखेर काम भइरहेको छ । आफू यसै चुनावी क्षेत्रबाट निर्वाचित भएकोले चुनावमा गरिएको प्रतिवद्धता पुरा गर्न खानेपानीको समस्या समाधान गर्न लागि परेका छु।’

धनगडीमाई नगरपालिकाका उत्तरी भेगमा स्थानीयहरुले खोलाको पानी पिएर बाँच्नुपर्ने दिन गइसक्यो । स्वास्थ्यको लागि खानेपानीको कार्यक्रम सङ्घ र प्रदेश सरकारको सहयोगमा समाधानउन्मुख रहेको धनगडीमाई नगरपालिका प्रमुख शिव शङकर महतोले प्रष्टयाए। 

आयोजना सञ्चालनमा आएपछि धनगडीमाइ नगरपालिकाका ११ र १३ नम्बर वडाका स्थानीयहरु शुद्ध खानेपानी उपभोग गर्न पाउँदा हर्षित हुँदै सामुहिक रुपमा भने,‘जनप्रतिनिधिहरुले हाम्रो आवाज सुनियो । खोलाको पानी खानुपर्ने दिनहरु अब सदाको लागि इतिहास बन्यो ।’ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending