लहान। सङ्घीय खानेपानीमन्त्री प्रदिप यादवले पूर्व मेचीदेखि पश्चिम कञ्चनपुरसम्मका अधुरा खानेपानीको आयोजनाहरु यसैवर्ष पुरा गरिने बताएको छन् ।
सिरहाको धनगडीमाई नगरपालिका ११ र १३ का स्थानीयहरुको खानेपानीको लागि निर्माण गरिएको डावरटोल नैनपुर खानेपानी आयोजनाको समुदघाटन गर्दै यस्तो बताउनु भएको हो । समृद्धि र विकासको लागि पहिलो शर्तको रुपमा रहेको खानेपानी हरेक घरमा पुरयाउन नेपाल सरकार दत्तचित भएर काम गरिरहेको मन्त्री यादवले बताए।
उहाँले भन्नुभयो, ‘पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर जिल्लामा रहेको सयौँ अधुरा खानेपानी आयोजनाहरुलाई पुरा गर्न मन्त्रालयले काम गरिरहेको छ । हरेक जिल्लाका पालिकाहरुलाई अधुरा आयोजनाहरुको बारेमा मन्त्रालयमा समयमा जानकारी गराउन मन्त्रालयले जानकारी गराइसकेको छ ।’
यो सरकार समृद्धि र विकासको लागि रफ्तारमा काम गरिरहेको प्रत्याभूति गराउन चाहेको उनले भन्दै समृद्ध नेपाल र सुखी नेपाल बनाउने सरकारको दृष्टिकोण रहेको बताए। धनगडीमाई नगरपालिकाले खानेपानी आयोजना अति कम समयमा पुरा गरेकोमा नगरप्रमुख शिवशङ्कर महतोलाई मन्त्री यादवले धन्यवाद दिँदै अन्य पालिकाहरुको लागि प्रेरित गर्ने कार्य भएको प्रशंसा गरे । ‘सिरहा जिल्लामा १७ वटै पालिकाहरुले अधुरा योजनाहरुबारे जानकारी समयमा आए अर्को वर्षसम्ममा सबै आयोजनाहरु पुरा गरिनेछ । खानेपानी मन्त्रालयको योजना कागजमा मात्रै सीमित नभए जमीनमा काम गरेर देखाउन प्रतिवद्ध छौं ।’
‘तराइ मधेशका जिल्लाहरुमा मात्रै होइन, पहाडी र हिमाली जिल्लाका नागरिकहरुलाई समेत शुद्ध खानेपानी उपलब्ध गराउन मन्त्रालयले उपलब्ध स्रोत साधनको प्रयोग गरिरहेको छ । मन्त्राालयले कतिपय ठूला परियोजनाहरु प्रदेश र स्थानीय सरकारसँग समेत मिलेर खानेपानीको समस्या समाधन गर्न युद्धगतिमा काम गरिरहेको छ’, मन्त्री यादवले भने ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले मधेश प्रदेश सरकारले चुरे छेउमा रहेको पालिकाहरुमा देखिएको खानेपानीको समस्या समाधान गर्न योजनावद्ध रुपमा काम गरिरहेको बताए। उनले थपे, ‘चुनावी प्रतिवद्धता र खानेपानीको आवश्यक्तालाई प्राथमिकतामा राखेर काम भइरहेको छ । आफू यसै चुनावी क्षेत्रबाट निर्वाचित भएकोले चुनावमा गरिएको प्रतिवद्धता पुरा गर्न खानेपानीको समस्या समाधान गर्न लागि परेका छु।’
धनगडीमाई नगरपालिकाका उत्तरी भेगमा स्थानीयहरुले खोलाको पानी पिएर बाँच्नुपर्ने दिन गइसक्यो । स्वास्थ्यको लागि खानेपानीको कार्यक्रम सङ्घ र प्रदेश सरकारको सहयोगमा समाधानउन्मुख रहेको धनगडीमाई नगरपालिका प्रमुख शिव शङकर महतोले प्रष्टयाए।
आयोजना सञ्चालनमा आएपछि धनगडीमाइ नगरपालिकाका ११ र १३ नम्बर वडाका स्थानीयहरु शुद्ध खानेपानी उपभोग गर्न पाउँदा हर्षित हुँदै सामुहिक रुपमा भने,‘जनप्रतिनिधिहरुले हाम्रो आवाज सुनियो । खोलाको पानी खानुपर्ने दिनहरु अब सदाको लागि इतिहास बन्यो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - १९:४४
काठमाडौं । श्रममन्त्री पदबाट बर्खास्त भएका दिपक साहकी पत्नी जुनु श्रेष्ठले सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छन् । उनले आफ्ना श्रीमानमाथि अन्याय भएको ...
चैत्र २६ गते, २०८२ - १९:३७
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छन् । नेपाल नगरपालिका स...
चैत्र २६ गते, २०८२ - १९:३३
काठमाडौँ। पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनु...
चैत्र २६ गते, २०८२ - १९:२०
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले अन्तर–मन्त्रालय सर...
चैत्र २६ गते, २०८२ - १९:१५
भक्तपुर। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेको छ...
चैत्र २६ गते, २०८२ - १९:०७
हेटौँडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । बिहीबार जारी गरिएको सूचनामा प्रशासनले अत...
चैत्र २६ गते, २०८२ - १९:०३
काठमाडौं । शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने भएको छ । सरकारले सोही मितिबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेपछि...
चैत्र २६ गते, २०८२ - १५:१६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचा...
चैत्र २६ गते, २०८२ - १५:१०
नयाँदिल्ली। मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनी...
चैत्र २६ गते, २०८२ - १४:५६
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीले उपसभामुखको उम्मेदवारी रास्वपा ९राष्ट्रिय स्वतन्त्र पार्टी०सँगको सहमतिमै दर्ता गर...


प्रतिकृया लेख्नुहोस्: