Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

यात्रुको चापपछि सल्ले विमानस्थलमा थप दुई उडान हुने

खबरडबली संवाददाता

रुकुमपश्चिम। नेपाल वायुसेवा निगमले रुकुमपश्चिमको सल्ले विमानस्थलमा उडान थप गरेको छ । यस अघि हप्तामा काठमाडौँ र नेपालगन्ज एक-एक उडान गर्दै आएकोमा अब दुई उडान हुन थालेको छ ।

नेपाल वायुसेवा निगम रुकुम शाखाका प्रमुख प्रेम ओलीका अनुसार यात्रुको चापपछि उडान थप भएको हो । अबदेखि रुकुमपश्चिमबाट हप्तामा दुई दिन नेपालगन्ज र दुई दिन काठमाडौँका लागि उडान तालिका कायम गरिएको छ । प्रमुख ओलीले अब आइतबार र बिहीबार काठमाडौँ–रुकुम–नेपालगन्ज र मङ्गलबार र शुक्रबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान हुने जानकारी दिए।

यसअघि हप्तामा एउटा मात्र उडान हुँदा टिकटका लागि समस्या हुने गरेको थियो । काठमाडौँ उडान भएकै दिन अर्को हप्ताका लागि काठमाडौँको टिकट पनि बिक्री भइसक्ने गरेको थियो । यसका साथै टिकटकै लागि कार्यालयमा यात्रुहरु लाइन लाग्नुपर्ने अवस्था थियो । अब भने चाप कम हुने निगमले जनाएको छ ।

निगमको केन्द्रीय, क्षेत्रीय र जिल्लास्थित कार्यालयबाट र अनलाइनबाट समेत टिकट लिने सकिने व्यवस्था रहेको कार्यालयले जनाएको छ । प्राविधिक कारण बाहेक अहिले उडान तालिका अनुसार नै जहाज आउने गरेको बताइएको छ ।

सोमबारदेखि भाडादर केही घटेको निगमका शाखा प्रमुख ओलीले जानकारी दिनुभयो । हाल रुकुमबाट नेपालगञ्जका लागि चार हजार ५०३ रुपियाँ ६० पैसा र काठमाडौँका लागि नौ हजार ९७८ रुपियाँ ४५ रुपियाँ भाडादार कायम छ । यस अघि रुकुमबाट नेपालगञ्जका लागि चार हजार ५३७ र काठमाडौँका लागि १० हजार ८० रुपियाँ भाडादर थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending