Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

इजरायल–इरान युद्धको असरः रासायनिक मलको मूल्य बढ्न सक्ने

खबरडबली संवाददाता

काठमाडौं । इजरायल र इरानबिच हाल भइरहेको युद्धका कारण रासायनिक मलको लागत मूल्य २० प्रतिशतसम्म बढ्ने भएको छ । युद्धका कारणले मल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको अभाव हुँदा मूल्य बढ्ने भएको हो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा समेत पर्ने गर्छ ।

युद्धका कारण रासायनिक मलको मूल्य प्रतिमेट्रिक टन एक सयदेखि १५० अमेरिकी डलर बढ्ने देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले युद्ध लम्बिँदै गयो भने रासायनिक मलको आपूर्तिमा समस्या हुनुका साथै मूल्यसमेत बढ्ने देखिएको जानकारी दिए । युद्ध कति लम्बिन्छ भन्ने अनिश्चित रहेको र लामो समयसम्म चलिरहे मलको आपूर्तिमा अवरोध भई मूल्य बढ्नुका साथै कोटा अनुसार मलसमेत ल्याउन नसकिने जानकारी दिए ।

यस वर्ष पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउने लक्ष्य राखिएको थियो । निरन्तर युद्ध बढ्दै गए मलको लागत महँगो पर्दा कोटा अनुसार मल ल्याउन नसकिने देखिएको मन्त्रालयले जनाएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिक्विटल चार सय अमेरिकी डलर रहेको युरिया नेपाल आइपुग्दा पाँच सय अमेरिकी डलर पर्ने गरेको छ ।

यस्तै नेपाल आइपुग्दा प्रतिक्विन्टल डिएपी नौ सय अमेरिकी डलर पर्ने गरेको छ । इरानमा युरिया उत्पादन हुने भएकाले पनि युद्धका कारणले उत्पादनमा समेत असर पर्ने देखिएको छ ।

यसैबिच असार महिना लागेसँगै धान रोपाइँ सुरु भएकाले मलको खपत बढ्न थालेको छ । मन्त्रालयका अनुसार सामान्य अवस्थामा दैनिक तीन सयदेखि चार सय मेट्रिक टन मल बिक्री हुँदै आएकामा हाल दैनिक एक हजार मेट्रिक टनदेखि दुई हजार मेट्रिक टनसम्म मल वितरण हुन थालेको छ ।

मलको आपूर्ति नियमित रूपमा भइरहेकाले तत्काल बजारमा मलको अभाव नभएको मन्त्रालयले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending