काठमाडौं । इजरायल र इरानबिच हाल भइरहेको युद्धका कारण रासायनिक मलको लागत मूल्य २० प्रतिशतसम्म बढ्ने भएको छ । युद्धका कारणले मल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको अभाव हुँदा मूल्य बढ्ने भएको हो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा समेत पर्ने गर्छ ।
युद्धका कारण रासायनिक मलको मूल्य प्रतिमेट्रिक टन एक सयदेखि १५० अमेरिकी डलर बढ्ने देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले युद्ध लम्बिँदै गयो भने रासायनिक मलको आपूर्तिमा समस्या हुनुका साथै मूल्यसमेत बढ्ने देखिएको जानकारी दिए । युद्ध कति लम्बिन्छ भन्ने अनिश्चित रहेको र लामो समयसम्म चलिरहे मलको आपूर्तिमा अवरोध भई मूल्य बढ्नुका साथै कोटा अनुसार मलसमेत ल्याउन नसकिने जानकारी दिए ।
यस वर्ष पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउने लक्ष्य राखिएको थियो । निरन्तर युद्ध बढ्दै गए मलको लागत महँगो पर्दा कोटा अनुसार मल ल्याउन नसकिने देखिएको मन्त्रालयले जनाएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिक्विटल चार सय अमेरिकी डलर रहेको युरिया नेपाल आइपुग्दा पाँच सय अमेरिकी डलर पर्ने गरेको छ ।
यस्तै नेपाल आइपुग्दा प्रतिक्विन्टल डिएपी नौ सय अमेरिकी डलर पर्ने गरेको छ । इरानमा युरिया उत्पादन हुने भएकाले पनि युद्धका कारणले उत्पादनमा समेत असर पर्ने देखिएको छ ।
यसैबिच असार महिना लागेसँगै धान रोपाइँ सुरु भएकाले मलको खपत बढ्न थालेको छ । मन्त्रालयका अनुसार सामान्य अवस्थामा दैनिक तीन सयदेखि चार सय मेट्रिक टन मल बिक्री हुँदै आएकामा हाल दैनिक एक हजार मेट्रिक टनदेखि दुई हजार मेट्रिक टनसम्म मल वितरण हुन थालेको छ ।
मलको आपूर्ति नियमित रूपमा भइरहेकाले तत्काल बजारमा मलको अभाव नभएको मन्त्रालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - २२:०२
पुराना प्रभावशाली नेता मैदान बाहीर
माघ ४ गते, २०८२ - २१:५२
काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...
माघ ४ गते, २०८२ - २१:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...
माघ ४ गते, २०८२ - २१:३६
सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा
माघ ४ गते, २०८२ - २१:३४
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...
माघ ४ गते, २०८२ - २१:२४
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...
माघ ४ गते, २०८२ - २१:१५
काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...
माघ ४ गते, २०८२ - १९:५६
माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...
माघ ४ गते, २०८२ - १९:३७
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...
माघ ४ गते, २०८२ - १९:१९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...




प्रतिकृया लेख्नुहोस्: