म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस वायरिङ’सम्बन्धी सिकाइएको छ । बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौं, हामी गर्छौं) कार्यक्रममार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका विद्यार्थीलाई घर तथा भवनमा ‘वायरिङ’ गर्ने सीप सिकाइएको हो ।
बीस दिनसम्म सञ्चालन भएको तालिममा १९ जना विद्यार्थी सहभागी भएका प्रधानाध्यापक गुरुदत्त पौडेलले जानकारी दिए । बेनीका अर्जुन ढुङ्गानाले घर तथा भवनमा विद्युत् जडानसम्बन्धी सैद्धान्तिक र व्यवहारिक विषयमा सहजीकरण गरेका थिए ।
तालिममा सहभागी कक्षा ८ का विद्यार्थी जोन पुनले घर, समाजमा दिनानुदिन आवश्यक पर्ने व्यवहारिक सीप हासिल गर्न पाएकोमा खुसी व्यक्त गरे । तालिममा सिकेको आधारभूत सीपले घर, छिमेकमा आवश्यक पर्दा काम फुकाउन सक्ने र भविष्यमा आफैं स्वरोजगार बन्न पनि सहयोग पुग्ने उनले बताए । विद्यालय समय सकिएपछि हरेक अपराह्न ४ देखि ६ बजेसम्म विद्यालयमै तालिम सञ्चालन भएको थियो ।
माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सीप सिकाएर विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न बेनी नगरपालिकाले हामी सक्छौँ, हामी गर्छौ कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रम सञ्चालन गर्न बेनी नगरपालिकाका १६ वटा विद्यालयलाई रु एकरएक लाखका दरले रु १६ लाख बजेट विनियोजन भएको थियो । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब ५०० जना विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको नगर प्रमुख सुरत केसीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - २२:०२
पुराना प्रभावशाली नेता मैदान बाहीर
माघ ४ गते, २०८२ - २१:५२
काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...
माघ ४ गते, २०८२ - २१:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...
माघ ४ गते, २०८२ - २१:३६
सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा
माघ ४ गते, २०८२ - २१:३४
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...
माघ ४ गते, २०८२ - २१:२४
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...
माघ ४ गते, २०८२ - २१:१५
काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...
माघ ४ गते, २०८२ - १९:५६
माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...
माघ ४ गते, २०८२ - १९:३७
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...
माघ ४ गते, २०८२ - १९:१९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...




प्रतिकृया लेख्नुहोस्: