काठमाडौं । भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्ष र सत्तापक्षबिच भएको दुई बुँदे सहमतिलाई लिएर नेकपा माओवादी केन्द्रका नेताहरूले फरक फरक धारणा व्यक्त गरेका छन् । उक्त सहमतिलाई लिएर माओवादीले कच्चापन देखाएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको बचाउ गरेका छन् ।
गृह जिल्ला चितवनमा रहेका प्रचण्डले राष्ट्रिय जिम्मेवारी बोध गरेर नै आफूले सहमति गरेको दाबी गरेका छन् । दुई बुँदे सहमतिको नबुझेर नेता तथा कार्यकर्ताले विरोध गरे पनि बिस्तारै वास्तविकता थाहा पाउने उनले बताएका थिए ।
उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि सहमतिको बचाउ गरेका छन् । उनले संसद् लामो समयदेखि संसद् अवरोध जारी रहँदा टीआरसी, निजामती, शिक्षा जस्ता महत्त्वपूर्ण विधेयक प्रभावित हुने हुँदा सहमति गरेको जिकिर गरेका थिए । एक महिनाभित्र सहमति पालना नभए फेरि संसद् अवरोध गर्न खुला रहेको बताएका थिए ।
तर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमति पश्चात् अध्यक्ष प्रचण्डसँग प्रत्यक्ष भेट नभएकाले बुझेर मात्र टिप्पणी गर्ने बताएका थिए । भिजिट भिसा प्रकरण त्यतिकै नछाड्ने स्पष्ट पारेका थिए । श्रेष्ठले यसबारे बैठकमा समीक्षा हुने बताएका थिए ।
तर उपमहासचिव हरिबोल गजुरेलले सहमति राम्रै उद्देश्यका लागि भए पनि प्रक्रिया नपुगेको बताए । जेठ १३ गते बसेको पदाधिकारी बैठकले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको तर बैठकै नबसी कमजोर खालको सहमति हुँदा जनतामा भ्रम पर्न गएको बताए ।
भिजिट भिसामा बैठकले नै गृहमन्त्रीको राजीनामा माग्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको थियो । तर बैठक नबसी कमजोर सहमति हुँदा बाहिर कतै माओवादी सत्तापक्षसँग मिल्न गयो कि भन्ने भ्रम पर्न गएको छ । बरु त्यसरी सहमति गर्नुभन्दा एकतर्फी सदन खोलेको भए राम्रो हुन्थ्यो कि भन्ने लागेको छ’, उनले भने ।
माओवादीका सचिव देवेन्द्र पौडेलले भिजिट भिसा प्रकरणमा माओवादी रक्षात्मक बनेको स्वीकार गरे । सहमति नगरी संसदमा बोलेर अवरोध हटाएको भए बाहिर भ्रम नपर्ने उनको बुझाइ छ । ‘दुई बुँदे सहमतिमा हस्ताक्षर गर्नुभन्दा संसदमा बोलेर अवरोध हटाइ दिएको भए राम्रो हुन्थ्यो । त्यहाँ हाम्रो कमजोरी रह्यो कि भन्ने लागेको छ’, उनले भने ।
माओवादीले अन्य विपक्षी दलहरूसँग मिलेर जेठ १३ देखि १८ दिन संसद् अवरोध गरेको थियो । तर जेठ ३० गते पूर्व अडानबाट पछि हटेर सहमति गर्न बाध्य भएको थियो । सत्तापक्ष र प्रतिपक्षबिच सहमति भएको ६ दिन बितिसक्दा समेत सरकारले माओवादी नेताहरूले दाबी गरेजस्तो छानबिन समिति गठन गर्न चासो देखाएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - २२:०२
पुराना प्रभावशाली नेता मैदान बाहीर
माघ ४ गते, २०८२ - २१:५२
काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...
माघ ४ गते, २०८२ - २१:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...
माघ ४ गते, २०८२ - २१:३६
सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा
माघ ४ गते, २०८२ - २१:३४
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...
माघ ४ गते, २०८२ - २१:२४
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...
माघ ४ गते, २०८२ - २१:१५
काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...
माघ ४ गते, २०८२ - १९:५६
माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...
माघ ४ गते, २०८२ - १९:३७
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...
माघ ४ गते, २०८२ - १९:१९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...




प्रतिकृया लेख्नुहोस्: