Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

महानगर यातायात नक्कली बसले पीडित

खबरडबली संवाददाता

काठमाडौं  । महानगर यातायात प्रालिले आफ्नो नाम, रङ र डिजाइन नक्कल गरी अनधिकृत व्यक्ति तथा समूहले बस सञ्चालन गरिरहेको भन्दै आपत्ति जनाएको छ । प्रालिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी त्यस्ता नक्कली सवारीसाधन निर्बाध चल्दा आफ्नो व्यवसायलाई बाधा परिरहेको र नियन्त्रणका लागि सारोकारवालाले साथ नदिएको पनि आरोप लगाएको छ । 

मर्यादित र व्यवस्थित रूपमा सार्वजनिक यातायात सञ्चालन गर्ने भन्दै विसं २०७२ देखि महानगर यातायात प्रालिले काठमाडौँको चक्रपथमा एकै पटक ३९ वटा बसमार्फत  सेवा सञ्चालन थालेको थियो । लगत्तै अन्य बस उस्तै स्वरूप र रङमा चल्न थालेका थिए ।  

“हाम्रो नक्कल गरेर तथा मिल्दोजुल्दो बनाएर चलेका त्यस्ता बस नियन्त्रणमा लिएर कारबाही गर्न हामीले जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी सबैलाई हारगुहार गर्दै आएका छौँ,” महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले भने, “तर कतैबाट प्रभावकारी काम भएन ।” 

उनले नक्कली बसका कारण आफ्नो व्यवसाय र साख दुवै गुम्दै गएको दुःखेसो गरे । “ती बसमा यात्रुले महत्वपूर्ण सामान छुटाउँदा आफूलाई झमेला पर्छ, उनीहरूका कारण सृजित दुर्घटना, चोरी तथा विभिन्न दुव्र्यवहारका घटनामा पनि हामीले दुःख पाउने र बदनाम हुनुपर्ने अवस्था छ,” उनले भने । 

खतिवडाका अनुसार महानगर यातायात सञ्चालन गर्दा बसको रङ आकार प्रकृति सबै सम्बन्धित निकायमा दर्ता तथा पञ्जीकरण गराएर अनुमति लिइएको थियो तर पनि नक्कल गरेका बस अहिले पनि निर्बाध सञ्चालनमा छन् । उनका अनुसार करिब दुई सयको सङ्ख्यामा यस्ता नक्कल गरेका बस सञ्चालनमा छन् । महानगर यातायात प्रालिका भने ८९ वटा बस चक्रपथलगायत राजधानीका विभिन्न रुटमा सञ्चालनमा छन् ।

आफूहरू निकट भविष्यमै सेवा विस्तारको तयारीमा रहेको जानकारी उनले दिए । खतिवडाले असारभित्र १२ वटा ठुलो क्षमताका विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएको पनि जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending