काठमाडौं । महानगर यातायात प्रालिले आफ्नो नाम, रङ र डिजाइन नक्कल गरी अनधिकृत व्यक्ति तथा समूहले बस सञ्चालन गरिरहेको भन्दै आपत्ति जनाएको छ । प्रालिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी त्यस्ता नक्कली सवारीसाधन निर्बाध चल्दा आफ्नो व्यवसायलाई बाधा परिरहेको र नियन्त्रणका लागि सारोकारवालाले साथ नदिएको पनि आरोप लगाएको छ ।
मर्यादित र व्यवस्थित रूपमा सार्वजनिक यातायात सञ्चालन गर्ने भन्दै विसं २०७२ देखि महानगर यातायात प्रालिले काठमाडौँको चक्रपथमा एकै पटक ३९ वटा बसमार्फत सेवा सञ्चालन थालेको थियो । लगत्तै अन्य बस उस्तै स्वरूप र रङमा चल्न थालेका थिए ।
“हाम्रो नक्कल गरेर तथा मिल्दोजुल्दो बनाएर चलेका त्यस्ता बस नियन्त्रणमा लिएर कारबाही गर्न हामीले जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी सबैलाई हारगुहार गर्दै आएका छौँ,” महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले भने, “तर कतैबाट प्रभावकारी काम भएन ।”
उनले नक्कली बसका कारण आफ्नो व्यवसाय र साख दुवै गुम्दै गएको दुःखेसो गरे । “ती बसमा यात्रुले महत्वपूर्ण सामान छुटाउँदा आफूलाई झमेला पर्छ, उनीहरूका कारण सृजित दुर्घटना, चोरी तथा विभिन्न दुव्र्यवहारका घटनामा पनि हामीले दुःख पाउने र बदनाम हुनुपर्ने अवस्था छ,” उनले भने ।
खतिवडाका अनुसार महानगर यातायात सञ्चालन गर्दा बसको रङ आकार प्रकृति सबै सम्बन्धित निकायमा दर्ता तथा पञ्जीकरण गराएर अनुमति लिइएको थियो तर पनि नक्कल गरेका बस अहिले पनि निर्बाध सञ्चालनमा छन् । उनका अनुसार करिब दुई सयको सङ्ख्यामा यस्ता नक्कल गरेका बस सञ्चालनमा छन् । महानगर यातायात प्रालिका भने ८९ वटा बस चक्रपथलगायत राजधानीका विभिन्न रुटमा सञ्चालनमा छन् ।
आफूहरू निकट भविष्यमै सेवा विस्तारको तयारीमा रहेको जानकारी उनले दिए । खतिवडाले असारभित्र १२ वटा ठुलो क्षमताका विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएको पनि जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - २२:०२
पुराना प्रभावशाली नेता मैदान बाहीर
माघ ४ गते, २०८२ - २१:५२
काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...
माघ ४ गते, २०८२ - २१:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...
माघ ४ गते, २०८२ - २१:३६
सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा
माघ ४ गते, २०८२ - २१:३४
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...
माघ ४ गते, २०८२ - २१:२४
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...
माघ ४ गते, २०८२ - २१:१५
काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...
माघ ४ गते, २०८२ - १९:५६
माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...
माघ ४ गते, २०८२ - १९:३७
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...
माघ ४ गते, २०८२ - १९:१९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...




प्रतिकृया लेख्नुहोस्: