विराटनगर । कल्प इम्पावर वेमेन नेपालको पहल र उर्लाबारी नगरपालिकाको आयोजना साथै विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा उर्लबारी नगरपालिका भित्रका ९ वटा वडामा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले मातृत्व जोगाउने अभियान अन्तर्गत क्याम्पियन सी(क्याप अभियान सुरुवात भएको छ ।
असार १ गते उर्लाबारी ९ महाराजथानस्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र परिसरमा शुभारम्भ समारोह आयोजना गरिएको थियो भने उक्त समारोहमा मिस नेपाल २००५ सुगारिका केसीको उपस्थिति रहेको थियो । शुभारम्भ समारोहको अध्यक्षता नगर उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेल रहनु भएको थियो । शिविर संचालनको पहिलो दिन वडा नम्बर ९ मा एक सय ५६ जना र दोस्रो दिन ८८ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पुजा कोइरालाले जनकारी दिइन् । ९ दिन चल्ने शिविरमा एक हजार भन्दा बढी महिलाहरुको स्वास्थ्य परिक्षण गराउने उदेश्य छ।
कार्यक्रममा बोल्दै मिस नेपाल २००५ सुगारिका केसीले महिलाको स्वास्थ्य समस्या बारे महिला मात्र होइन परिवार समाज र राज्य स्वयं सजह हुनु पर्ने जिकिर गरिन । त्यस्तै प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेलले पाठेघरको क्यान्सर महिलाहरुको ठूलो स्वास्थ्य समस्याका रुपमा देखिएकाले समस्या लुकाए गम्भीरता बढ्दै जाने बताउँदै नियमित जाँच गराउन आग्रह गरे ।
क्यान्सर हुनुअघि नै क्यान्सरको जोखिम पहिचान गर्न सके उपचारमा सहजता हुने भन्दै नगर प्रमुख खरेलले नगरवासीको सहजताका लागि प्रत्येक वडामा निःशुल्क शिविर सञ्चालन गरिरहेको बताए । कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, वडाध्यक्षहरु कार्यपालिका सदस्य, वडा सदस्यहरु साथै स्थानीय समुदाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उर्लाबारी नगरपालिकाकी नगर उपप्रमुख मीना खतिवडा पौडेल नेपाली महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने अभियान शी लिड्स आइकन पहिलो संस्करणकी २७ प्रेरणादायी महिला जनप्रतिनिधि मध्ये एक हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - २२:०१
बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...
बैशाख ३१ गते, २०८३ - २१:३९
काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...
बैशाख ३१ गते, २०८३ - २१:३२
काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...
बैशाख ३१ गते, २०८३ - २१:२६
काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...
बैशाख ३१ गते, २०८३ - २०:१६
काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...
बैशाख ३१ गते, २०८३ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...
बैशाख ३१ गते, २०८३ - २०:०५
संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास
बैशाख ३१ गते, २०८३ - १९:५९
काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...



प्रतिकृया लेख्नुहोस्: