Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बालक एरिक र इभानको उपचारमा आर्थिक सहयोग गर्न परिवारको अपिल

खबरडबली संवाददाता

भैरहव । सुन्न र बोल्न नसक्ने आफ्ना सन्तानको उपचारमा आर्थिक सहयोग गर्न यहाँको एक परिवारले सबैमा आह्वान गरेका छन् । कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नं ३ मा स्थायी घर भई हाल सिद्धार्थनगर–९ मा बस्दै आएका सन्तराम थारु तथा सुनिता कार्कीका ४ वर्षका जुम्ल्याहा छोराहरू एरिक थारु र इभान थारु दुबै भाइले कानले सुन्न र बोल्न सक्दैनन् ।

एरिक र इभानका वुवाआमा सन्तराम र सुनिताले भैरहवामा पत्रकार सम्मेलन गरी आफ्ना छोराहरुको उपचारमा आर्थिक सहयोग गर्न सबैमा आग्रह गरेका छन् । जन्मजातै सुन्न नसक्ने एरिक र इभान अहिले पाँच वर्ष पुग्दै छन् । काठमाडौंस्थित टिचिङ अस्पतालमा चेकजाँच गराउँदा शल्यक्रियामार्फत् ‘कक्लियर इम्प्लान्ट’ राखे उनीहरुले सुन्न सक्ने चिकित्सकहरुले बताएको सुनिताले बताइन् ।

‘कक्लियर इम्प्लान्ट’ एक इलेक्ट्रोनिक मेडिकल उपकरण हो । जसले मध्यमदेखि गहिरो सेन्सोरिनल श्रवणशक्ति हानी भएका व्यक्तिहरूलाई ध्वनि बुझ्न मद्दत गर्छ । यो शल्यक्रियाद्वारा प्रत्यारोपित गरिन्छ र भित्री कानको क्षतिग्रस्त भागहरूलाई बाइपास गरेर श्रवण तन्त्रिकालाई प्रत्यक्ष रुपमा सक्रिय बनाउँछ । यसले गर्दा मस्तिष्कले यसका संकेतहरुलाई ध्वनिको रुपमा सुन्न सक्ने क्षमता विकास गर्छ ।

दुई छोराको कानमा ‘कक्लियर इम्प्लान्ट’ राख्न ४० लाख रुपैयाँ हाराहारी खर्च लाग्ने चिकित्सकले बताएका छन् । ‘हामीसँग त्यति ठूलो रकम छैन’, सुनिताले भनिन्, ‘सहयोगी मनहरुले आर्थिक सहायता दिए मात्रै हामीले बाबुहरुको उपचार गर्न सक्छौं । होइन् भने उनीहरु कान नसुन्ने हुने भए ।’ चिकित्सकहरुले कान सुन्ने भएमा बालकहरुलाई तीन महिना स्पिच थेरापी गराएरमा बोल्न सक्ने हुने बताएको सुनिताको भनाई छ ।

‘कक्लियर इम्प्लान्ट’ विधि नेपालमा सफल मानिन्छ । यो विधि भैरहवामा मात्रै ४ जना बालकहरुले शल्यक्रियामार्फत् प्रयोग गरी अहिले बोल्न र सुन्न सक्ने भएका छन् । ‘कक्लियर इम्प्लान्ट’लाई मात्रै करिब १५ लाख पर्ने सुनिताले जनाइन् । दुबैजनाको कानमा राख्दा ३० लाख यसैको मात्र पर्ने र शल्यक्रियासहित उपचार गर्दा ४० लाख लाग्ने थारु परिवारको भनाई छ । भदौभित्र शल्यक्रिया गरी दुबैजनाको कानमा ‘कक्लियर इम्प्लान्ट’ राख्न चिकित्सकले सुझाव दिएकाले आफूहरुले आर्थिक सहायताका लागि सबैमा आग्रह गरेको उनको भनाई छ ।

‘हाम्रो घरको आर्थिक अवस्था उक्त उपचार खर्च धान्न सक्ने अवस्थामा छैन । सबै संस्था तथा व्यक्तिगत तर्फबाट सहयोग भएमा अवोध बच्चाहरूको सुन्नसक्ने र बोल्न सक्नेगरी उपचार गर्न सम्भव थियो’, सुनिताले भनिन् । बोल्न र सुन्न नसक्ने यी बालकहरू पनि यही संसारका अमूल्य हिस्सा भएकाले जतिसक्दो सहयोग गर्न थारु परिवारको आग्रह छ । ‘उपचारको अभावमा बाबुहरु मौन पीडामा बाँचेका छन् । तपाईंरुको सानो सहयोगले उनीहरूको जीवनमा आशाको उज्यालो फैलिन सक्छ’, उनले भनिन् ।

भैरहवामा स्थानीय सागर पोखरेलले आफ्नो छोरामा पनि यही समस्या देखिएको र तीन वर्ष अघि शल्यक्रियामार्फत् ‘कक्लियर इम्प्लान्ट’ राखेपछि कान सुन्नसक्ने भएको जनाए । अहिले स्पिच थेरापीपछि आफ्नो छोरा बोल्न सक्ने पनि भएको उनले बताए । उपचार महंगो भएकाले सबैलाई सहयोग गर्न उनको आग्रह छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले मानवीय सेवामा लागेका सबै संघसंस्था, व्यक्ति तथा निजी क्षेत्रलाई बालकहरुको उपचारमा सहयोग गर्न आग्रह गरे । थारु परिवारमाले मुक्तिनाम विकास बैंकमा एरिक र इभानको नाममा खाता खोलेर सहयोगका लागि आह्वान गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending