Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

नेपाल टेलिकमको मोबाइल एपमा कस्ता छन् सुविधा ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि मोबाइल एप ‘NT App’  सञ्चालन गरिरहेको छ । ग्राहकको आवश्यकता र प्रविधिसँगै बदलिंदो प्रवृत्तिलाई मध्यनजर गर्दै कम्पनीले एपमार्फत धेरैजसो सेवा एउटै स्थानबाट उपलब्ध गराएको छ ।

एपबाट मोबाइल सेवासम्बन्धी सम्पूर्ण विवरण हेर्नदेखि डिजिटल भुक्तानीसम्मका काम गर्न सकिन्छ । ‘Company Info’ सेक्सनमार्फत कम्पनीको वार्षिक साधारणसभा सूचना, वित्तीय विवरण, स्मारिका र महत्त्वपूर्ण उपलब्धिहरूको जानकारी लिन सकिनेछ । ग्राहकले आफ्नो मोबाइल सेवाको हालको ब्यालेन्स, प्रयोग गरिरहेका प्याकेजको स्थिति, बाँकी डेटा वा मिनेट र ‘Usage History’को पाँच दिने विवरण हेर्न सक्छन् ।

मोबाइल एपबाटै ईसिम  (eSIM) दर्ता गर्न मिल्ने सुविधा थप्ने तयारीमा रहेको टेलिकमले ‘नमस्ते पे’ लाई एपसँगै एकीकृत गरेको छ । यसले डिजिटल भुक्तानीलाई थप सहज बनाएको देखिन्छ ।  ‘Complain Section’ मार्फत विभिन्न समस्याको गुनासो दर्ज गरेर सिधै सम्बन्धित विभागमा कल गर्न सकिन्छ ।

एपमार्फत ब्यालेन्स ट्रान्सफर, डेटा वा भ्वाइस प्याक गिफ्ट गर्नु, केवाईसी अपडेट, बायोमेट्रिक सेटअप, पासवर्ड परिवर्तन, कल वेटिङ वा फरवार्डिङ जस्ता सेवा सक्रियरनिष्क्रिय गर्न सकिन्छ । साथै, भीएएस (VAS) सेवा, रिचार्ज, बिल तिर्ने, फ्रेन्ड्स एन्ड फ्यामिली नम्बर थप्ने जस्ता सुविधा पनि सहजै प्रयोग गर्न सकिन्छ ।

एपमा टेलिकमका सबै सेवाहरूको महसुल दरबारे जानकारी पनि दिइएको छ । पहिलोपटक एप डाउनलोड गर्ने प्रयोगकर्तालाई १ जीबी निःशुल्क डेटा दिने व्यवस्था गरिएको छ भने एप प्रयोग गर्दा टेलिकम नेटवर्कमा डेटा शुल्क नलाग्ने व्यवस्था छ । टेलिकमको वेबसाइट खुल्दा पनि इन्टरनेट शुल्क लाग्दैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending