Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिएपछि आजदेखि सुन पसल खुल्ने

खबरडबली संवाददाता

काठमाडौँ। सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका छन् । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षसहितको टोलीले मङ्गलबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागका विषयमा जानकारी गराएका हुन् । 

भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताएको महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जानकारी दिए। व्यवसायीले राखेका मागका विषयमा प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिएकाले यस विषयमा आफूहरू पनि आशावादी रहेको उनले जानकारी दिए । 

प्रधानमन्त्रीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाएको उनले जानकारी दिए। 

व्यवसायीले विलासिता कर लागु गर्दा सुनचाँदी व्यवसाय धराशायी हुने भएकाले पुनर्विचार गर्न माग गरेका हुन् । विलासिता कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले पनि खारेज गर्न व्यवसायीले माग गर्दै आएका छन् । मागका विषयमा प्रधानमन्त्रीको सकारात्मक आश्वासन आएपछि व्यवसायीले बुधबारदेखि सुनचाँदी पसल खुला गर्ने बताएका छन् । कर र भ्याट खारेजीको माग गर्दै एक हप्ताअघिदेखि सुनचाँदी व्यवसायीले पसल बन्द गरेर विरोधका कार्यक्रम गर्दै आएका छन् । सरकारले सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रममन्त्रीबाट बर्खास्त भएपछि पत्नीको प्रतिक्रिया: अब यो देशमा सुशासन कसले ड्राइभ गर्ने हो?

काठमाडौं । श्रममन्त्री पदबाट बर्खास्त भएका दिपक साहकी पत्नी जुनु श्रेष्ठले सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छन् । उनले आफ्ना श्रीमानमाथि अन्याय भएको ...

जनताको सन्तुष्टिलाई ध्यान दिएर सेवा प्रवाह गर्न सभामुख अर्यालको आग्रह

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छन् । नेपाल नगरपालिका स...

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ। पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनु...

५० उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले अन्तर–मन्त्रालय सर...

सैनिक आचरण भित्र रहन नवआयुक्त अधिकृतलाई प्रधानमन्त्री शाहको निर्देशन

भक्तपुर। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेको छ...

पेट्रोलियम पदार्थ प्रयोगमा मितव्ययिता अपनाउन प्रशासनको आग्रह

हेटौँडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । बिहीबार जारी गरिएको सूचनामा प्रशासनले अत...

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

काठमाडौं । शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने भएको छ । सरकारले सोही मितिबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेपछि...

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचा...

मूल्य चापबिच मल अनुदान बढाउँदै भारत

नयाँदिल्ली। मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनी...

राप्रपाले उपसभामुखमा उम्मेदवारी दर्ता गर्‍यो, रास्वपासँग सहमति भएको ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीले उपसभामुखको उम्मेदवारी रास्वपा ९राष्ट्रिय स्वतन्त्र पार्टी०सँगको सहमतिमै दर्ता गर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending