चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरू प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए।
प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूहरू प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताएका हुन्। उनले भने, 'हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्ता पक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ।'
प्रचण्डले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका छन्। दाहालले भने, 'यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईँहरूले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ।' यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ।
यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए। यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ। उनले भने, 'मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन।'
उनले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: