Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

विवाह हुनु एक दिनअगाडि प्रेमीसँग मिलेर हुनेवाला बेहुलाको हत्या

खबरडबली संवाददाता

काठमाडौं ।  मध्य प्रदेश इन्दौरका इन्दौरका राजा रघुवंशी हनिमुनका क्रममा पत्नीबाट मारिएको घटना भारतभर चर्चाको विषय बनिरहेका बेला त्यस्तै प्रकृतिको झन् खतरनाक अर्को घटना सार्वजनिक भएको छ।

नवभारत टाइम्सका अनुसार उत्तर प्रदेशस्थित रामपुरकी गुल्फाशा नामकी युवतीले विवाह हुनु एक दिनअगाडि प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या गरेकी हुन्।

सोमबार प्रहरीले बेहुला हुनेवाला युवकको शव फेला पारेको छ भने हुनेवाला दुलही गुल्फाशा र उनका प्रेमीसहित चार जनाविरुद्ध हत्या र अपहरणमा जाहेरी दर्ता गरिएको छ।

कारबाही प्रक्रिया अघि बढाउने क्रममा प्रहरीले प्रेमी र उनका एक साथीलाई पक्राउ गरेको छ भने दुलही र अर्का अभियुक्त फरार छन्।

गुल्फाशासँग बिहे गर्न ठिक्क परेका रामपुर जिल्लाको गंज प्रहरी चौकी क्षेत्रको मोहल्ला टोलास्थित फकिरोन वाला फाटकका निवासी ३५ वर्षीय निहालको हत्या गरिएको हो। उनी विवाह र पार्टीमा खाना पकाउने गर्थे। भोट प्रहरी चौकी क्षेत्रको धनुपुरा गाउँकी गुल्फाशासँग बिहे गर्न उनी यही जुन १५ तारिख जन्ती लिएर जाने तयारीमा थिए। यसैबीच जुन १४ मा निहाललाई एक युवकले आफ्नो काकाको भाइ भन्दै फोन गरे। अनि नयाँ लुगाको नाप लिन बोलाए।

निहाल घरबाट निस्केर बाइकमा आएका दुई युवकसँग गए। जब ​​निहाल अबेर साँझसम्म फर्किएनन्, खोजी सुरु भयो। जति खोजी गर्दा पनि नभेटेपछि परिवारले गंज प्रहरी चौकीमा हराएको रिपोर्ट दर्ता गराए।

यसपछि प्रहरीले अनुसन्धान सुरु गर्दै सीसीटीभी फुटेज हेर्‍यो। जसमा दुई युवको पहिचान भयो। प्रहरीले प्रेमी सद्दाम र फरमानलाई पक्राउ गर्‍यो। सोधपुछ गर्दा उनीहरूले निहालको हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ।

अनि उनीहरूकै भनाइअनुसार सोमबार बिहान अजिमनगर प्रहरी चौकी क्षेत्रको रतनपुरा जंगलमा निहालको शव भेटिएको हो।

एएसपी अतुल श्रीवास्तवका अनुसार पक्राउ गरिएका फरमानले निहाललाई अपहरण गरी घाँटी थिचेर हत्या गरिएको र शव जंगलको मकैबारीमा लुकाइएको बयान दिएका छन्।

प्रहरीले बताएअनुसार बन्नेवाला दुलही गुल्फाशा एक वर्षदेखि छिमेकी सद्दामसँग प्रेम सम्बन्धमा थिइन्। गुल्फाशाको विवाह हुने भएपछि सद्दाम ((३२)रिसाएका थिए। उनले गुल्फाशाको घरमा गएर झगडा गरेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढिरहेको भन्दै ग्राहकहरू...

भू–माफियाको कब्जामा परेको काठमाडौंको बहुमूल्य जग्गा फिर्ता हुने संकेत

काठमाडौं । तीन दशकभन्दा बढी समयदेखि सिंहदरबारको दराजमा थन्किएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णयसँगै काठमाडौं महानगर क्षेत्रभित्र अत...

लागुऔषधसहित ३१ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...

जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन

काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन राजधानीको तीनकुनेस्थित मन्डला ब्याङ्कवेटमा सम्पन्न भएको छ। सम्मेलनले सांस्कृति...

पाँच दलित सङ्गठन एकीकृत, ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन

काठमाडौँ । विभिन्न राजनीतिक दलसँग आबद्ध पाँच दलित सङ्गठनबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन गर...

‘देश बनाउने टोली’ भन्दै बालेनको पोस्ट, दुई मन्त्रीसँग तस्वीर सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आफू र दुई मन्त्रीलाई ‘देश बनाउने टोली’ भन्दै सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक ग...

भारतीय कारको ठक्करबाट एकको मृत्यु, एक घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइ...

टेम्पो भीरमा खसालिएको घटनाले तरंग : १२ वन कर्मचारी नियन्त्रणमा

कैलाली । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो भीरमा खसालिएको घटनाले व्यापक विरोध र आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending