Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

विवाह हुनु एक दिनअगाडि प्रेमीसँग मिलेर हुनेवाला बेहुलाको हत्या

खबरडबली संवाददाता

काठमाडौं ।  मध्य प्रदेश इन्दौरका इन्दौरका राजा रघुवंशी हनिमुनका क्रममा पत्नीबाट मारिएको घटना भारतभर चर्चाको विषय बनिरहेका बेला त्यस्तै प्रकृतिको झन् खतरनाक अर्को घटना सार्वजनिक भएको छ।

नवभारत टाइम्सका अनुसार उत्तर प्रदेशस्थित रामपुरकी गुल्फाशा नामकी युवतीले विवाह हुनु एक दिनअगाडि प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या गरेकी हुन्।

सोमबार प्रहरीले बेहुला हुनेवाला युवकको शव फेला पारेको छ भने हुनेवाला दुलही गुल्फाशा र उनका प्रेमीसहित चार जनाविरुद्ध हत्या र अपहरणमा जाहेरी दर्ता गरिएको छ।

कारबाही प्रक्रिया अघि बढाउने क्रममा प्रहरीले प्रेमी र उनका एक साथीलाई पक्राउ गरेको छ भने दुलही र अर्का अभियुक्त फरार छन्।

गुल्फाशासँग बिहे गर्न ठिक्क परेका रामपुर जिल्लाको गंज प्रहरी चौकी क्षेत्रको मोहल्ला टोलास्थित फकिरोन वाला फाटकका निवासी ३५ वर्षीय निहालको हत्या गरिएको हो। उनी विवाह र पार्टीमा खाना पकाउने गर्थे। भोट प्रहरी चौकी क्षेत्रको धनुपुरा गाउँकी गुल्फाशासँग बिहे गर्न उनी यही जुन १५ तारिख जन्ती लिएर जाने तयारीमा थिए। यसैबीच जुन १४ मा निहाललाई एक युवकले आफ्नो काकाको भाइ भन्दै फोन गरे। अनि नयाँ लुगाको नाप लिन बोलाए।

निहाल घरबाट निस्केर बाइकमा आएका दुई युवकसँग गए। जब ​​निहाल अबेर साँझसम्म फर्किएनन्, खोजी सुरु भयो। जति खोजी गर्दा पनि नभेटेपछि परिवारले गंज प्रहरी चौकीमा हराएको रिपोर्ट दर्ता गराए।

यसपछि प्रहरीले अनुसन्धान सुरु गर्दै सीसीटीभी फुटेज हेर्‍यो। जसमा दुई युवको पहिचान भयो। प्रहरीले प्रेमी सद्दाम र फरमानलाई पक्राउ गर्‍यो। सोधपुछ गर्दा उनीहरूले निहालको हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ।

अनि उनीहरूकै भनाइअनुसार सोमबार बिहान अजिमनगर प्रहरी चौकी क्षेत्रको रतनपुरा जंगलमा निहालको शव भेटिएको हो।

एएसपी अतुल श्रीवास्तवका अनुसार पक्राउ गरिएका फरमानले निहाललाई अपहरण गरी घाँटी थिचेर हत्या गरिएको र शव जंगलको मकैबारीमा लुकाइएको बयान दिएका छन्।

प्रहरीले बताएअनुसार बन्नेवाला दुलही गुल्फाशा एक वर्षदेखि छिमेकी सद्दामसँग प्रेम सम्बन्धमा थिइन्। गुल्फाशाको विवाह हुने भएपछि सद्दाम ((३२)रिसाएका थिए। उनले गुल्फाशाको घरमा गएर झगडा गरेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending