Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा

खबरडबली संवाददाता

काठमाडौँ। काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । 

त्यसरी कर छलीमा काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिका शेयरधनी र सञ्चालकहरु सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनीषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेल संलग्न रहेको अभियोगमा मुद्दा चलाइएको विभागकी उपमहानिर्देशक एवं प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठले उनीहरूले मिलेमतोमा ६८ करोड ४४ लाख ५७६० रुपियाँ बिगो बराबरको कर छली गरेको दाबीसहित त्यसको शतप्रतिशत जरिवानासमेत गरी रु। एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० असुल उपर गर्नुपर्ने मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जानकारी दिए। 

मतियारका रूपमा काम गरेकाले उप–कार्यकारी निर्देशक सङ्गम पौडेलको हकमा भने अन्य आरोपीको भन्दा आधा सजायको मागदाबी गरिएको छ ।

विभागले उक्त कम्पनीको कारोबारस्थलमा गरेको आकस्मिक निरीक्षणबाट आफ्नो व्यावसायिक कारोबारका लागि प्रयोगमा ल्याएको अनलाइन प्रणाली नियन्त्रणमा लिई आव २०७६/०७७ देखि आव २०८१/८२ को फागुन महिनासम्मको कारोबार खुल्ने ट्रायल ब्यालेन्सलगायत महत्त्वपूर्ण कागजात तथा प्रमाणहरू रीतपूर्वक बरामद गरी अनुसन्धान गर्दा कम्पनीले उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी सेवा बिक्रीको ठूलो कारोबार आन्तरिक राजस्व विभागमा पेस गरेको मूल्यअभिवृद्धि कर आय विवरणमा नदेखाई बिक्री आय लुकाई ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको पाइएको जनाएको छ ।

उक्त करछलीका सम्बन्धमा अनुसन्धान गर्दा शेयरधनी र सञ्चालकहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनीषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेल संलग्न रहेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको विभागले जनाएको छ ।

दायर अभियोजनमा प्रस्तुत मुद्दामा कार्गो तथा कुरियर व्यवसाय गर्ने प्रतिवादीहरुले व्यावसायिक कारोबार गन एनसिएम पोर्टल आव २०७६र७७ देखि नै सञ्चालनमा ल्याएकामा नेपालको कर प्रशासनको निगरानीलाई छल्न उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी नेपालमा सेवा बिक्री लुकाउने र छिपाउने कार्य गरेको दाबी गरिएको छ ।

अनुसन्धानका क्रममा उक्त कम्पनीले अधिकांश शेयर स्वामित्व भएका प्रतिवादीहरू सुदीप आचार्य ९५५।३३ प्रतिशत र जीवन ज्ञवाली ९१६ प्रतिशतलाई विभागले पटकपटक ताकेता गर्दासमेत उपस्थित नभई फरार रहेको विभागले जानकारी दिएको छ ।

कम्पनीले सेवा बिक्रीलाई तोडमोड गरी म्यानुअल तवरले बिलिङ गरी वास्तविक बिक्री कारोबार लुकाएको पाइएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ विपरित कार्य गरी विभिन्न तवरले रु. ६८ करोड ४४ लाख ५७६) रुपियाँ बिगो बराबरको कर छली गरेको विभागको दाबी छ ।

प्रतिवादीहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनीषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेलसमेतले एकापसमा मिलोमतो गरी उक्त कम्पनीको सर्भर अष्ट्रेलियाबाट सञ्चालन गरेर नेपालको कर प्रशासनको पहुँचभन्दा बाहिर राखी मूल्य अभिवृद्धि कर र आयकरसमेत छली गरेको तथ्य प्रमाणित भएको विभागले जनाएको छ । 

विभागल भनेको छ, “उनीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य तथा सोही ऐनको दफा ४ को खण्ड (क, च र झ) बमोजिमको कसुर गरेको देखिएकाले प्रतिवादी शेयरधनीरसञ्चालकहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनीषप्रसाद आचार्य र मिठु पौडेलसमेतलाई विस्तृत अनुसन्धान तथा तहकिकात प्रतिवेदनको बिगो गणना तालिकाअनुसार बिगो रकम असुल गर्ने तथा बिगोको शत्प्रतिशत जरिवानासमेत गरी एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० रुपियाँ असुलउपर गरी त्यसबाट कानुनसम्मत ब्याजसमेत लगाई कैद सजायको मागदाबी लिइएको छ ।”

यता कम्पनीका उप–कार्यकारी निर्देशक सङ्गम पौडेलले मतियारका रूपमा काम गरेको दाबीसहित विभागले मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुन तथा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम प्रतिवादीहरुबाट क्षतिपूर्ति शुल्क भराउने मागदाबी लिई मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को अनुसूची २० बमोजिम उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जानकारी गराएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको एकमात्र रेल सेवा घाटामा, मालवाहक सेवा थप्न माग

महोत्तरी। देशको एकमात्र रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले आर्थिक घाटा झेल्दै आएको छ। पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्...

सार्वजनिक खरिद ऐन २०६३ संशोधनको तयारी, मस्यौदामा ३८ दफामा परिवर्तन प्रस्ताव

काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्ने तयारी गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालय ले ‘सार्वजनिक खरिद ऐन संशोधन विधेयक’ को प्रारम...

प्रधानमन्त्री बालेनलाई गाली गरेर भिडियो बनाएको आरोपमा युट्युबर पक्राउ

पाँचथर । पाँचथरमा एक जना युट्युबरलाई अनलाइन माध्यममार्फत अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्न...

प्रदेश अस्पताल दमौलीमा आइतबार पनि ओपिडी सेवा सुरु

तनहुँ। प्रदेश अस्पताल दमौलीले स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले आज आइतबारदेखि नै ओपिडी ९बहिरङ्ग० सेवा सञ्चालनमा ल्याएको छ। स्वास...

एकैपटक अमेरिकाबाट ३५ नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ। चार्टर विमानमार्फत उनीहरूलाई स्वदेश फर्काइएको हो। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिम...

सबै छानबिनका लागि म तयार छु : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्। शनिबार पार्टी के...

कम्युनिष्ट आन्दोलनलाई पुन:गठित गरेर अगाडि बढ्छौँ : महासचिव पोखरेल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९एमाल०का महासचिव शङ्कर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई पुन:जागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताएको छन् । पार्टी ...

विद्यार्थी संगठनमा प्रतिबन्ध अस्वीकार्य छ : नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्यालय तथा कलेजमा विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने विषय अस्वीकार्य भएको निष्कर्ष निकालेको छ। ...

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक ...

विराटनगरमा एक अर्बको लगानीमा सलाइन उद्योग सुरु

विराटनगर। कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ ।  एक अर्ब रुपियाँ भन्दा बढी लगानीमा मोरङको बुढीगंगा गाउँपालिका २ मा ‘ए...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending