Ntc summer Offer
Khabar Dabali ६ श्रावण २०८२ सोमबार | 21st July, 2025 Mon
Investment bank

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

फइल तस्विर
खबरडबली संवाददाता

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ ।

वालिङ नगरपालिकाको ‘एक विद्यालय एक करेसाबारी अभियान’ अन्तरगत सिक्दै कमाउँदै कार्यक्रममार्फत विद्यालयले मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आइरहेको छ ।

विद्यालयले शैक्षिक सत्र २०८१ देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले जानकारी दिए। नगरपालिकाले यो कार्यक्रम सञ्चालनका लागि शैक्षिक वर्ष २०८१ मा रु एक लाख उपलब्ध गराएको थियो भने चालु शैक्षिक वर्षका लागि रु एक लाख उपलब्ध गराउने गरी सम्झौता भइसकेको उनले बताए ।

सरकारले कक्षा १–५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि प्रति विद्यार्थी रु १५ उपलब्ध गराउँदै आएको छ । कक्षा १–८ सम्म सञ्चालनमा रहेको यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको उनले बताए ।“विद्यालयसँगै जोडिएको स्थानीयको तीन रोपनी जग्गा भाडामा लिएर शिक्षक विद्यार्थी मिलेर मौसमी तथा बेमौसमी जातका तरकारी उत्पादन गर्दै आएका छौँ” उनले भने, “यहाँ उत्पादन भएको तरकारी विद्यालयको दिवा खाजामा प्रयोग गर्छौँं ।”

दिवा खाजामा प्रयोग गरेर रहेको उत्पादनलाई बिक्री गरी चामल, चना लगायतका अन्य खाद्यान्न विद्यालयले खरिद गर्दै आएको छ । कक्षा ६, ७, ८ का विद्यार्थी र शिक्षकहरुले कक्षा खाली भएका बेला, बिदाका दिनमा सामूहिकरुपमा करेसाबारीमा तरकारी लगाउन सिक्ने गरेका छन् ।

मलखाद बोक्ने, खनजोत गर्ने अथवा भारी कामका लागि कामदार खोज्ने र हल्का काम शिक्षक विद्यार्थीबाट हुने गरेको छ । करेसाबारीमा टनेलभित्र र बाहिर गरी मौसमी र बेमौसमी तरकारी अन्तरगत करेला, घिरौँला, काँक्रा, खुर्सानी, गोलभेडा, काउली, बन्दा, आलु, प्याज, लसुन उत्पादन गर्दै आएको छ ।

विद्यालयले गत शैक्षिक सत्र २०८१ मा रु ८० हजारको गोलभेडा लगायतका तरकारी बिक्री गरेर आम्दानीसमेत गर्न सफल भएको उनले बताए। यसवर्ष दिवा खाजामा प्रयोग गर्न मिल्ने खालका तरकारीसँगै व्यावसायिकरुपमा अकबरे खेती गरिएको छ । अहिले विद्यालयको करेसाबारीमा एक हजार बोट अकबरे खुर्सानी लगाइएको छ ।

विद्यार्थीले पढाईसँगै दैनिक जीवनमा प्रयोग हुने ज्ञान सीप विद्यालयमै सामूहिकरुपमा सिक्न पाएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र खाण ठकुरीले बताए । “विद्यालयमा सिकेको सीप आफ्नो घरमा आएर पनि प्रयोग गर्न विद्यार्थीहरु सक्ने भएका छन्” उनले भने, “यसबाट विद्यार्थी तथा अभिभावकहरुमा सकारात्मक सन्देश गएको छ, सिक्दै कमाउँदै कार्यक्रम प्रभावकारी भएको छ ।”ग्रामीण भेगमा रहेको उक्त विद्यालयमा ७६ जना विद्यार्थी र ११ जना शिक्षक तथा कर्मचारी रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लामो खडेरीका कारण सुके कलधारा

सिरहा । लहान नगरपालिका–१ र २ मा पर्ने मटियर्वा र मिलन चोक क्षेत्रका मुसहर बस्तीमा खडेरीका कारण खानेपानीको सङ्कट चुलिँदै गएको छ । भूमिगत पानीको सतह घट्...

विद्या भण्डारी पार्टी मुख्यालय जाँदै, अध्यक्ष ओलीसँग भेटवार्ता हुने

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी भण्डारीबीच आज छलफल हुने भएको छ । पार्टी मुख्यालय च्यास...

प्रधानमन्त्री ओली भदौ ३१ मा भारत जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली (भदौ ३१ ) सेप्टेम्बर १६ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् । ...

गुगल म्यापले धरहरालाई ‘सेतो टावर’ भनेपछि...

काठमाडौं । काठमाडौंको सुन्धारामा अवस्थित नेपालको ऐतिहासिक स्तम्भ ‘धरहरा’ लाई गुगल म्यापमा ‘सेतो टावर’ भनेर लेखिएको देखिएको छ । आइतवार बिहान गुगल म्...

पूर्व मेयर बज्राचार्यको निधनमा ललितपुरमा शोक विदा

ललितपुर । ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ ।  उनको शनिबार ८९ वर्षको उमेरमा निधन भएको हो । बज्...

पूर्व मेयर बज्राचार्यको निधनमा ललितपुरमा शोक विदा

ललितपुर । ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ ।  उनको शनिबार ८९ वर्षको उमेरमा निधन भएको हो । बज्...

२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार अल वालिदको निधन

काठमाडौं । साउदीका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको निधन भएको छ । २० वर्षदेखि कोमामा रहेका राजकुमार वालिदको शनिबार ३६ वर्षको उमेरमा निधन ...

रौतहटका पत्रकार रवीन्द्र प्रजापती मृत भेटिए

काठमाडौं । रौतहटका पत्रकार रवीन्द्र प्रजापति मृत भेटिएका छन्। प्रजापती शनिबार बेलुकी रौतहटको कटहरिया नगरपालिका५ स्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा मृ...

बैंकिङ प्रणालीमा अधिक तरलता, ४२ दिनका लागि ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज आइतबार ५० अर्ब तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको ...

घरमै सजिलै तरिकाले पराठा बनमउने तरिका

काठमाडौं । घरमा बाँकी खानाले अक्सर टाउको दुख्ने गर्छ। विशेष गरी दाल, जुन हरेक घरमा दैनिक बनाइन्छ र धेरै पटक छोडिन्छ१ जे होस्, के तपाईंलाई थाहा छ उही ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending