पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ दशमलव प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको जानकारी दिए । ‘‘विगत एघार महिनाको तथ्याङ्क केलाउँदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको छ,’’ उनले भने,‘‘राजस्व सङ्कलनमा सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ ।’’
कार्यालयले साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिकमा रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो ।
यस्तै फागुनमा रु १४ अर्ब ६३ करोड राजस्व सङ्कलन गरेको छ भने चैतमा भने रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको छ । वैशाखमा भने रु १५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ । जेठ महिनामा १८ अर्ब १८ करोड राजस्व सङ्कलन गरेको छ । चालु आवको एघार महिनामध्ये जेठमा सबैभन्दा धेरै राजस्व सङ्कलन भएको हो ।
भन्सार विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८२ - १३:२२
सिरहा । लहान नगरपालिका–१ र २ मा पर्ने मटियर्वा र मिलन चोक क्षेत्रका मुसहर बस्तीमा खडेरीका कारण खानेपानीको सङ्कट चुलिँदै गएको छ । भूमिगत पानीको सतह घट्...
श्रावण ५ गते, २०८२ - १३:१८
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी भण्डारीबीच आज छलफल हुने भएको छ । पार्टी मुख्यालय च्यास...
श्रावण ५ गते, २०८२ - १३:१३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली (भदौ ३१ ) सेप्टेम्बर १६ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् । ...
श्रावण ५ गते, २०८२ - १२:१३
काठमाडौं । काठमाडौंको सुन्धारामा अवस्थित नेपालको ऐतिहासिक स्तम्भ ‘धरहरा’ लाई गुगल म्यापमा ‘सेतो टावर’ भनेर लेखिएको देखिएको छ । आइतवार बिहान गुगल म्...
श्रावण ५ गते, २०८२ - १२:०४
ललितपुर । ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ । उनको शनिबार ८९ वर्षको उमेरमा निधन भएको हो । बज्...
श्रावण ५ गते, २०८२ - १२:०४
ललितपुर । ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ । उनको शनिबार ८९ वर्षको उमेरमा निधन भएको हो । बज्...
श्रावण ५ गते, २०८२ - ११:५७
काठमाडौं । साउदीका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको निधन भएको छ । २० वर्षदेखि कोमामा रहेका राजकुमार वालिदको शनिबार ३६ वर्षको उमेरमा निधन ...
श्रावण ५ गते, २०८२ - ११:५६
काठमाडौं । रौतहटका पत्रकार रवीन्द्र प्रजापति मृत भेटिएका छन्। प्रजापती शनिबार बेलुकी रौतहटको कटहरिया नगरपालिका५ स्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा मृ...
श्रावण ५ गते, २०८२ - ११:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज आइतबार ५० अर्ब तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको ...
श्रावण ५ गते, २०८२ - ११:४३
काठमाडौं । घरमा बाँकी खानाले अक्सर टाउको दुख्ने गर्छ। विशेष गरी दाल, जुन हरेक घरमा दैनिक बनाइन्छ र धेरै पटक छोडिन्छ१ जे होस्, के तपाईंलाई थाहा छ उही ब...
प्रतिकृया लेख्नुहोस्: