काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने लक्ष्यअनुसार राजस्व उठाउन सकिने धारणा राखेको छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा पार्टीकोतर्फबाट विचार राख्दै उनले रु २० अर्ब राजस्व उठाउन सकिने बताउँदै अहिले ५० प्रतिशत राजस्व चुहावट भइरहेको जानकारी दिए।
“बजेट तुलनात्मक रूपमा यथार्थपरक छ, निजी क्षेत्रका समस्या समाधान गर्न उन्मुख बजेट आएको छ, बजेटले आयोजनालाई प्राथमिकीकरण गर्न खोजेको छ, अनुत्पादक क्षेत्रमा ऋण लिनुहुँदैन, आवश्यक विषयमा ऋण लिन डराउनु पनि हुँदैन रु तीन करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि रु एक हजारका आयोजना पनि आउनुले सरकारको निर्णय कार्यान्वयन नभएको देखिएको छ”, पूर्वमन्त्रीसमेत रहनुभएका सांसद आचार्यले भने।
कृषिक्षेत्रमा अनुसन्धान हुन नसकेको उल्लेख गर्दै सांसद आचार्यले फौजी कीराकाबारेमा अनुसन्धान हुन नसकेको बताए। बजेटको वाक्यांशमा परेका विषय कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो।
उद्योग क्षेत्रमा दक्ष जनशक्ति नभएर धेरै विदेशीलाई काम दिनुपरेको अवस्था, अर्कोतिर रोजगारी नपाएर समस्या भएकाले दक्ष जनशक्ति उत्पादनका लागि काम गर्न पनि सांसद आचार्यले सरकारको ध्यानाकर्षण गराए। विद्यार्थी नभएर सामुदायिक विद्यालय खाली हुन थालेकाले रोजगारीमूलक शिक्षा दिने व्यवस्था मिलाएर दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्नुपर्ने उनको भनाइ छ। बजेटले पर्यटन क्षेत्रमा सुधार गर्न खोजेकाले त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: