काठमाडौं। सामाजिक उद्यमशीलता प्रवर्ध्दन गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले विभिन्न कलेजमार्फत ‘उद्यमशीलता सहयोग कार्यक्रम’ सञ्चालन सुरु गरेको छ ।
देशमा विद्यमान बेरोजगारी तथा युवाको विदेश पलायनका चुनौतीलाई समाधान गर्ने उद्देश्यले क्याम्पसहरुको प्रस्तावमा आधारमा विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू छनोट गरी उक्त कार्यक्रम अगाडि बढाएको छ। ‘उद्यमशीलतासम्बन्धी पाठ्यक्रम’ तयार गरी युवा शिक्षक, विद्यार्थी तथा स्नातक तह वा स्नातकोत्तर तह उत्तीर्ण गरेको ५ वर्ष ननाघेका पूर्व विद्यार्थीहरुलाई समेत उक्त कार्यक्रममा सहभागी गराइनेछ ।
आफ्नै स्टार्टअप उद्यम स्थापना तथा विकासमा सहभागीहरूलाई सक्षम बनाउने उद्देश्यले यो कार्यक्रम तयार गरिएको हो । यसै सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगबाट छनोटमा परेको काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं। ११ नेपालटारमा रहेको एन।आर। कलेजले आफ्ना विद्यार्थीलाई सो कार्यक्रममा सहभागी हुन शुक्रबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
कलेज सञ्चालक समितिका अध्यक्ष चित्रवरध्वज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एन। आर। कलेजका क्याम्पस प्रमुख राजिप धितालले छनोट भएका विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी तालिम तथा सहयोग कार्यक्रममा सहभागी गराइने बताउदै आयोगको सहयोगमा पाँचदेखि ४० लाख रुपियाँसम्म बिना ब्याजको ऋण दिइने बताए। उनले यो वास्तविकरुपमा सहकारी मोडलको कार्यक्रम रहेको जानकारी दिए ।
कलेजले उद्यमशीलताका लागि आवेदन आह्वान गरेको र परेका आवेदनहरुमध्ये छनोट भएका नवउद्यमीहरूलाई विभिन्न विषयमा ४० घण्टाभन्दा बढीको पाठ्यक्रममा आधारित प्रशिक्षण दिएर प्रमाणपत्र प्रदान गरिने कार्यक्रम छ।
उद्यमशीलता, सिर्जनाशीलता, नवीनता र आइडिया विकास, बिजिनेस मोडल क्यानभास निर्माण, व्यवसाय दर्ता, बजार व्यवस्थापन, रणनीति विकास, मानव संसाधन, लेखा तथा वित्तीय योजना, लगानी सङ्कलन र विस्तृत व्यवसाय योजना निर्माण, व्यवसायका लागि सामाजिक सञ्जाल सामग्री निर्माणजस्ता विविध विषयमा प्रशिक्षण दिइनेसमेत जानकारी गराइएको छ ।
कार्यक्रममा उद्यमशीलता विज्ञ समुद्र पौडेल, सफल उद्यमी शोभाकान्त बस्याललगायतले शिक्षक तथा विद्यार्थीहरुले नयाँ स्टार्टअप बिजनेस सुरु गर्दा ध्यान दिनुपर्ने विषयमा चर्चा गरे। उनीहरूले व्यवसाय सुरु गर्दा धेरै मेहनत र धैर्यको खाँचो पर्ने भएकाले इमान्दार भएर अगाडि बढ्न प्रोत्साहित गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १२:३४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरी घटनाको समाधान सुरक्षा बलको परिचालन मात्रबाट सम्भव नहुने बताउँदै ...
श्रावण १४ गते, २०८३ - १२:२६
काठमाडौं । सुनसरी घटनापछि उत्पन्न सुरक्षा अवस्थाको समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बाल...
श्रावण १४ गते, २०८३ - १२:१६
काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग संवाद गरी समस्या समाधानको पहल गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ल...
श्रावण १४ गते, २०८३ - १२:०९
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मुलुकको वर्तमान परिस्थितिमा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाउँदै प्रधानमन्त्री र...
श्रावण १४ गते, २०८३ - १२:००
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुनसरीको कप्तानगन्जमा भएको घटनालाई लिएर सरकारको भूमिका र गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ।...
श्रावण १४ गते, २०८३ - ११:४९
कास्की। पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली यही साउन १८ गते सार्वज...
श्रावण १४ गते, २०८३ - ११:३७
काठमाडौं । नेकपा (एमाले) ले सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि विकसित सुरक्षा अवस्थाप्रति सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। प्र...
श्रावण १४ गते, २०८३ - ११:३१
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले ...
श्रावण १४ गते, २०८३ - ११:११
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गरेको छन्। राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा मुलुकको सम...
श्रावण १४ गते, २०८३ - १०:५४
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११:३० बजे बस्ने भएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बस्ने बैठ...



प्रतिकृया लेख्नुहोस्: