Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

हिउँ चितुवा र चितुवाको वासस्थान हेर्न उच्च क्षेत्रमा क्यामेरा जडान

खबरडबली संवाददाता

मुस्ताङ। मुस्ताङमा दुर्लभ हिउँ चितुवा र चितुवाको वासस्थान, आनीबानी र उपस्थितिबारे बुझ्न तल्लो मुस्ताङका तीन स्थानीय तहमा सर्वेक्षण सुरू गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय जोमसोमले थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्चलेक, खर्क तथा बनजंगलमा हिउँ चितुवा, चितुवा र आहारा प्रजातिको अध्ययन अनुगमनका लागि ३२ वटा क्यामेरा जडान गरिएको छ । 

मुक्तिनाथ, झोङ, लुप्रा, छुसाङ, समर, तेताङ, बाजुङ, जोमसोम लेक, मार्फा बतासे लेकका साथै छिमेकी जिल्ला म्याग्दीसँग सिमाना जोडिएको घाँसाको उच्च हिमाली क्षेत्रमा पाँच–पाँच किलोमिटरको दूरीमा क्यामेरा राखिएको एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दिपक ओलीले बताए। 

म्याग्दी क्षेत्रमा आगलागी तथा जङ्गलमा आहाराको कमी भएपछि आहारा जुटाउन चितुवा मुस्ताङको घाँसा क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाले क्यामेरा राखिएको छ । समुन्द्री सतहको ३ हजार मिटरदेखि ४ हजार ६ सय मिटरको उचाइसम्म राखिएको क्यामेराले हिउँ चितुवा कति तलसम्म आउने, चितुवा माथिल्लो क्षेत्रसम्म जाने, आहारा प्रजातिको अवस्था लगायत वासस्थानका बारेमा अध्ययन गरिने प्राकृतिक स्रोत संरक्षण सहायक ओलीको भनाइ छ । 

ओली भन्न्छन्, 'हिउँ चितुवा र चितुवाको बासस्थान खप्टिएको हेर्न यो विधिले सहज हुन्छ, आहार प्रजातिको अवस्थाको बारेमा पनि अध्ययन गर्न सजिलो हुन्छ ।' ४५ दिनसम्म राखिने क्यामेराले हिउँ चितुवा र चितुवाको दिशा सङ्कलन गरी ल्याब परीक्षण  गरिने एक्याप जोमसोमले जनाएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ चितुवा आहाराको खोजीमा मानब बस्तीसम्म आउने, आगलागी लगायतका मानबसिर्जित गतिविधिका कारण चितुवा उच्च हिमाली क्षेत्रसम्म पुग्ने सम्भावना रहेको छ । मुस्ताङका बस्तीमा रहेका पशुचौपाया, भेडाच्याङ्ग्राको गोठमा हिउँ चितुवाले वर्षेनी क्षति पुर्‍याउने गरेको छ । हिउँ चितुवाको मुख्य आहारा हिमाली वन्यजन्तु नाउर मानिन्छ ।

गत वर्ष उपल्लो मुस्ताङमा हिउँ चितुवा पाइने सम्भावित क्षेत्रहरू साङ्ता, लोमान्थाङ र दामोदर कुण्डलाई तीनवटा ब्लकमा विभाजन गरी पाँच–पाँच बर्गमिटरको दूरीमा ४४ ग्रीडहरू बिछ्याइएर अध्ययन गरिएको थियो । एक ग्रीडमा दुई वटा क्यामेरा जडान गरिएकोमा हिउँ चितुवा साथै आहारा प्रजातीहरु नाउर र अन्य लोमोन्मुख तथा दुर्लभ स्तनधारी वन्यजन्तु कैद गरिएको थियो ।

लजालु स्वाभावको हुने हिउँचितुवाको समुद्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाइमा मुख्य वासस्थान मानिन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनापछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । सुनसरी घटनापछि उत्पन्न सुरक्षा अवस्थाको समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बाल...

लघुवित्त पीडितसँग संवादका लागि सरकारको पहल, अर्थ मन्त्रालयले गठन गर्‍यो वार्ता समिति

काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग संवाद गरी समस्या समाधानको पहल गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ल...

बालेनलाई सांसद राईले भने - सरकार चलाउन नसक्ने भए हात उठाए हुन्छ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मुलुकको वर्तमान परिस्थितिमा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाउँदै प्रधानमन्त्री र...

सरकारलाई नेकपाको प्रश्न: सुनसरी घटना पनि स्थानीय तहलाई जिम्मा दिने हो कि आफूले लिने हो ?’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुनसरीको कप्तानगन्जमा भएको घटनालाई लिएर सरकारको भूमिका र गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ।...

पोखरा बसपार्कका सुकुम्वासीको अन्तिम नामावली साउन १८ मा सार्वजनिक हुने

कास्की। पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली यही साउन १८ गते सार्वज...

सुनसरी गोलीकाण्डमा एमालेको सरकारमाथि प्रश्न, ‘नैतिक जिम्मेवारी लिन तयार छ कि छैन ?’

काठमाडौं । नेकपा (एमाले) ले सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि विकसित सुरक्षा अवस्थाप्रति सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। प्र...

सुनको मूल्य ह्वात्तै बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले ...

राष्ट्रपति र सभामुखबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गरेको छन्। राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा मुलुकको सम...

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११:३० बजे बस्ने भएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बस्ने बैठ...

केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ

सुदूरपश्चिम । कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending