Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

हिउँ चितुवा र चितुवाको वासस्थान हेर्न उच्च क्षेत्रमा क्यामेरा जडान

खबरडबली संवाददाता

मुस्ताङ। मुस्ताङमा दुर्लभ हिउँ चितुवा र चितुवाको वासस्थान, आनीबानी र उपस्थितिबारे बुझ्न तल्लो मुस्ताङका तीन स्थानीय तहमा सर्वेक्षण सुरू गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय जोमसोमले थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्चलेक, खर्क तथा बनजंगलमा हिउँ चितुवा, चितुवा र आहारा प्रजातिको अध्ययन अनुगमनका लागि ३२ वटा क्यामेरा जडान गरिएको छ । 

मुक्तिनाथ, झोङ, लुप्रा, छुसाङ, समर, तेताङ, बाजुङ, जोमसोम लेक, मार्फा बतासे लेकका साथै छिमेकी जिल्ला म्याग्दीसँग सिमाना जोडिएको घाँसाको उच्च हिमाली क्षेत्रमा पाँच–पाँच किलोमिटरको दूरीमा क्यामेरा राखिएको एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दिपक ओलीले बताए। 

म्याग्दी क्षेत्रमा आगलागी तथा जङ्गलमा आहाराको कमी भएपछि आहारा जुटाउन चितुवा मुस्ताङको घाँसा क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाले क्यामेरा राखिएको छ । समुन्द्री सतहको ३ हजार मिटरदेखि ४ हजार ६ सय मिटरको उचाइसम्म राखिएको क्यामेराले हिउँ चितुवा कति तलसम्म आउने, चितुवा माथिल्लो क्षेत्रसम्म जाने, आहारा प्रजातिको अवस्था लगायत वासस्थानका बारेमा अध्ययन गरिने प्राकृतिक स्रोत संरक्षण सहायक ओलीको भनाइ छ । 

ओली भन्न्छन्, 'हिउँ चितुवा र चितुवाको बासस्थान खप्टिएको हेर्न यो विधिले सहज हुन्छ, आहार प्रजातिको अवस्थाको बारेमा पनि अध्ययन गर्न सजिलो हुन्छ ।' ४५ दिनसम्म राखिने क्यामेराले हिउँ चितुवा र चितुवाको दिशा सङ्कलन गरी ल्याब परीक्षण  गरिने एक्याप जोमसोमले जनाएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ चितुवा आहाराको खोजीमा मानब बस्तीसम्म आउने, आगलागी लगायतका मानबसिर्जित गतिविधिका कारण चितुवा उच्च हिमाली क्षेत्रसम्म पुग्ने सम्भावना रहेको छ । मुस्ताङका बस्तीमा रहेका पशुचौपाया, भेडाच्याङ्ग्राको गोठमा हिउँ चितुवाले वर्षेनी क्षति पुर्‍याउने गरेको छ । हिउँ चितुवाको मुख्य आहारा हिमाली वन्यजन्तु नाउर मानिन्छ ।

गत वर्ष उपल्लो मुस्ताङमा हिउँ चितुवा पाइने सम्भावित क्षेत्रहरू साङ्ता, लोमान्थाङ र दामोदर कुण्डलाई तीनवटा ब्लकमा विभाजन गरी पाँच–पाँच बर्गमिटरको दूरीमा ४४ ग्रीडहरू बिछ्याइएर अध्ययन गरिएको थियो । एक ग्रीडमा दुई वटा क्यामेरा जडान गरिएकोमा हिउँ चितुवा साथै आहारा प्रजातीहरु नाउर र अन्य लोमोन्मुख तथा दुर्लभ स्तनधारी वन्यजन्तु कैद गरिएको थियो ।

लजालु स्वाभावको हुने हिउँचितुवाको समुद्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाइमा मुख्य वासस्थान मानिन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending