काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सङ्घीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ ।
सरुवा भए पनि कर्मचारीलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासो आएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यसलाई रोक्न तीन दिनभित्र हाजिर गराउने व्यवस्था गर्न अधिकारीलाई निर्देशन दिएको थिए ।
सोही अनुरुप मन्त्रालयको कर्मचारी प्रशासन शाखाले सङ्घीय अस्पताल तथा मातहतका कार्यालयमा पत्र पठाउँदै तीन दिनभित्र कर्मचारीलाई हाजिर नगराए विभागीय कारबाही तथा सेवा सुविधाको रकम असुलउपर गर्ने सचिवस्तरीय निर्णयको ब्यहोरासहितको पत्र पठाएको छ ।
स्वास्थ्य सेवामा आफ्नो दरबन्दीभन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो सुनिने गरेको थियो । सोही गुनासो सम्बोधन गर्न मन्त्रालयले कडा चेतावनीसहितको पत्र पठाएको हो ।मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले अटेर गरेमा विभागीय कारबाही गरिने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद्को बैठक आह्वान गरेको छन् । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनु...
श्रावण २६ गते, २०८३ - १४:५०
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकार संसद् र संवैधानिक प्र...
श्रावण २६ गते, २०८३ - १४:३७
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा बढ्दो बेथिति, भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न अपराधमा संलग्न व्यक्तिलाई सार्वजनिक रूपमा...
श्रावण २६ गते, २०८३ - १४:२२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ अभि...
श्रावण २६ गते, २०८३ - १४:००
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति संसद्मा कडा आपत्ति जनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १३:३९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा...
श्रावण २६ गते, २०८३ - १२:४९
काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी रु एक सय १० ले ब...
श्रावण २६ गते, २०८३ - १२:२३
काठमाडौं । पर्सामा ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले १०५ किलो गाँजासहित भारतका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरे...
श्रावण २६ गते, २०८३ - १२:१४
लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको छन् । कोठाको खाटमुन...
श्रावण २६ गते, २०८३ - ११:३१
पर्सा। अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकस...



प्रतिकृया लेख्नुहोस्: