Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

जलवायु परिवर्तनको असरमा नेपाललाई क्षतिपूर्ति दिनुपर्छ : अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

मुस्ताङ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनमा नेपालले नगरेको गल्तीको सजाय भोग्नुपरेको बताएको छन् ।

पार्टीको कार्यक्रममा सहभागि हुन बुधबार मुस्ताङ आएका अध्यक्ष प्रचण्डले नेपालमा जलवायु परिवर्तनका गम्भीर असर देखिन थालेको बताउँदै अन्तर्राष्ट्रि«य मञ्चमा हानि–नोक्सानीको क्षतिपूर्तिका लागी आफुँले निरन्तर दबाब दिएको बताए।

अध्यक्ष प्रचण्डले आफुँ प्रधानमन्त्री हुँदा विभिन्न अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा जलवायु परिवर्तनबाट नेपालले भोगेको पीडाका बारेमा प्रष्ट भन्दै क्षतिपूर्ति वापत कोषमार्फत वर्षेनी सहयोगका लागि प्रयास गरेको बताए ।

उनले भने, ‘‘नेपाली जनताले गर्दै नगरेको अपरोधका सजाय भोग्नुपरेको छ, मैले जलवायु परिवर्तनका कारण सिर्जित समस्या र मुद्दालाई दिएको प्राथमिकताको नतिजा आउन लागेको थियो, मेरो सरकार नै परिवर्तन भयो ।’’

थासाङ गाउँपालिकाको लेतेमा आयोजित कार्यक्रममा उनले नेपाललाई अन्तर्राष्ट्रि«य कोषबाट ५० करोड क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढेको अवस्थामा उक्त रकमलाई मुस्ताङ जिल्लामा दिने मेरो प्रयास भए पनि अहिले प्रक्रिया नै रोकिएको दाबी गरे।

उनले जलवायु परिवर्तनबाट भोग्नुपरेको असरलाई न्यूनीकरण गर्ने नेपालजस्ता अति कम विकसित मुलुकहरूले निरन्तर दबाब दिनुपर्ने बताए ।

यसैगरी, अध्यक्ष प्रचण्डले उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको कोरलासहित चीनसँग जोडिएका नाकाहरू खोलेको बताए। उनले आफ्नो चीन भ्रमणमा नाकामा भौतिक संरचना बनाउन समेत चिनियाँ पक्षले चासो दिएको बताउँदै नाकामा हुने समस्या तथा नियमित सञ्चालनका लागि सम्बन्धी निकायमा दबाब दिने बताए ।

नाका सञ्चालन, स्थानीयको सहजता र आर्थिक गतिविधि नेपालीको साझा मुद्दा भएकाले सरकार बाहिर भए पनि निरन्तर प्रयास गर्ने उनको भनाइ छ ।

कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकमा स्थानीयको समस्यालाई समेत सम्बन्धित निकायको ध्यानार्कषण गराउने अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाएको छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाकाली पुल र बस्ती बचाउन तटबन्दको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउ...

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बिर्तामोड । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६:३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका-४, बाहु...

एमालेको मतगणना जारी: अधिकांश पदमा ओली प्यानलकै वर्चश्व

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। बुधबारदेखि सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएसँगै मतगणना भइरह...

मतगणना जारी, अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली ...

सुनको मूल्य प्रतितोला २ लाख ६० हजार नाघ्याे, चाँदीकाे कति ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...

एमाले सचिवमा २० उम्मेदवारमा कसको अग्रता छ ?

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...

एमाले उपाध्यक्षमा विष्णु पौडेलको अग्रता

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...

मतगणनाको प्रारम्भिक नतिजा: ओलीले १५६ मत पाउँदा ईश्वर पोखरेलले पाए ६७

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...

रवि लामिछाने र छविलाल जोशीको धरौटी मागसम्बन्धी मुद्दाको पेसी आज

बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending