मुस्ताङ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनमा नेपालले नगरेको गल्तीको सजाय भोग्नुपरेको बताएको छन् ।
पार्टीको कार्यक्रममा सहभागि हुन बुधबार मुस्ताङ आएका अध्यक्ष प्रचण्डले नेपालमा जलवायु परिवर्तनका गम्भीर असर देखिन थालेको बताउँदै अन्तर्राष्ट्रि«य मञ्चमा हानि–नोक्सानीको क्षतिपूर्तिका लागी आफुँले निरन्तर दबाब दिएको बताए।
अध्यक्ष प्रचण्डले आफुँ प्रधानमन्त्री हुँदा विभिन्न अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा जलवायु परिवर्तनबाट नेपालले भोगेको पीडाका बारेमा प्रष्ट भन्दै क्षतिपूर्ति वापत कोषमार्फत वर्षेनी सहयोगका लागि प्रयास गरेको बताए ।
उनले भने, ‘‘नेपाली जनताले गर्दै नगरेको अपरोधका सजाय भोग्नुपरेको छ, मैले जलवायु परिवर्तनका कारण सिर्जित समस्या र मुद्दालाई दिएको प्राथमिकताको नतिजा आउन लागेको थियो, मेरो सरकार नै परिवर्तन भयो ।’’
थासाङ गाउँपालिकाको लेतेमा आयोजित कार्यक्रममा उनले नेपाललाई अन्तर्राष्ट्रि«य कोषबाट ५० करोड क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढेको अवस्थामा उक्त रकमलाई मुस्ताङ जिल्लामा दिने मेरो प्रयास भए पनि अहिले प्रक्रिया नै रोकिएको दाबी गरे।
उनले जलवायु परिवर्तनबाट भोग्नुपरेको असरलाई न्यूनीकरण गर्ने नेपालजस्ता अति कम विकसित मुलुकहरूले निरन्तर दबाब दिनुपर्ने बताए ।
यसैगरी, अध्यक्ष प्रचण्डले उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको कोरलासहित चीनसँग जोडिएका नाकाहरू खोलेको बताए। उनले आफ्नो चीन भ्रमणमा नाकामा भौतिक संरचना बनाउन समेत चिनियाँ पक्षले चासो दिएको बताउँदै नाकामा हुने समस्या तथा नियमित सञ्चालनका लागि सम्बन्धी निकायमा दबाब दिने बताए ।
नाका सञ्चालन, स्थानीयको सहजता र आर्थिक गतिविधि नेपालीको साझा मुद्दा भएकाले सरकार बाहिर भए पनि निरन्तर प्रयास गर्ने उनको भनाइ छ ।
कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकमा स्थानीयको समस्यालाई समेत सम्बन्धित निकायको ध्यानार्कषण गराउने अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...



प्रतिकृया लेख्नुहोस्: