काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एलन मस्कसँगको सम्बन्ध अब सकिएको बताएका छन् ।
अमेरिकाको एनबीसी न्युजलाई शनिबार दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “म अब सम्बन्ध सकिएको ठान्छु ।” टुटेको सम्बन्ध फेरि जोड्न चाहनुहुन्छ वा हुन्न भनेर सोध्दा उनले अब चाहन्न भने । ट्रम्पको टिप्पणी मस्कसँग सामाजिक सञ्जालमा भएको ठूलो विवादपछि आएको बीबीसीले जनाएको छ ।
विश्वकै सबैभन्दा धनी अमेरिकी अर्बपति व्यापारी मस्कले, जसले ट्रम्पको निर्वाचन अभियानमा करोडौँ डलर चन्दा दिएका थिए र ह्वाइट हाउसमा सहयोगी बनेका थिए । तर मस्कले ट्रम्पको कर र खर्च विधेयक ९बिग ब्युटिफुल बिल०को खुल्ला आलोचना गरेपछि दुईबीच यो विवाद सार्वजनिक भएको हो ।
धेरै रिपब्लिकनहरूले राष्ट्रपतिको पक्ष लिएका छन् । उपराष्ट्रपति जेडी भ्यान्सले मस्क अत्यन्तै आक्रमक भएको र उनलाई फेरि पार्टीमा स्वागत गरिने सम्भावना नभएको बताएका छन् । भ्यान्सले पोडकास्टर थियो भनसँग कुरा गर्दै मस्कले ठूलो गल्ती गरेको बताए ।
हप्तौँदेखि मस्कले ट्रम्पको कर र खर्च विधेयक ९बिग ब्युटिफुल बिल०को आलोचना गरिरहेका थिए । उनले यो विधेयकले राष्ट्रिय घाटामा खर्बौं डलर थप्ने र सरकारी कार्यदक्षता विभागको प्रमुख भएर उनले गरेको सरकारी खर्च कटौती गर्न काम बेकार हुने भनेका थिए ।
नियुक्ति भएको १२९ दिनपछि डोज छाडेका मस्कले सामाजिक सञ्जाल एक्समा यो विधयेक घिनलाग्दो भएको बताएका थिए । तर ट्रम्पको प्रत्यक्ष आलोचना भने गरेका थिएनन् ।
गत बिहीबार ट्रम्पले मस्कको व्यवहारले निराश परेको बताएपछि मस्कले सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई यौनअपराधको आरोपमा जेलमै मृत्यु भएको वित्तीय अपराधी जेफ्री एप्स्टिनसँग जोडेर आरोप लगाए । तर केही समयपछि यो पोस्ट हटाइएको थियो । पछि एप्स्टिनको वकिलले आरोपको खण्डन गरे ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा मस्क पागल भएको भनेर पोस्ट गरे भने र मस्कको कम्पनीहरूसँग गरेका सरकारी ठेक्का सम्झौता रद्द गर्ने धम्की दिए ।
अमेरिकी टीभी एनबीसीलाई ट्रम्पले दिएको अन्तर्वार्तामा मस्कले राष्ट्रपतिको पदको अनादर गरेको बताएका छन् ।
यसैबीच, मस्कले अर्को वर्षको अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्प विरोधीहरूलाई समर्थन गर्न सक्ने संकेत दिएका छन् । तर, ट्रम्पले मस्कले डेमोक्रेटहरूलाई समर्थन गरेमा गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: