Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

नेपालगन्ज-दिल्ली उडानका लागि सरकारलाई दबाब

खबरडबली संवाददाता

नेपालगन्ज। नेपालगन्ज-दिल्ली उडान सुरु गराउन सरकारलाई दबाब दिनका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीको नेतृत्वमा १६ सदस्यीय दबाब समूह गठन गरिएको छ ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यमा बाँकेका उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिक समाज, प्रहरी, प्रशासन, पर्यटन व्यवसायी लगायतका सरोकारवालाहरूको नेपालगन्जमा सम्पन्न छलफल कार्यक्रमले धामी संयोजक रहेको १६ सदस्यीय नेपालगन्ज–दिल्ली उडान दबाब समूह गठन गरेको हो ।

सो दबाब समितिमा बाँकेका अगुवाहरू पशुपतिदयाल मिश्र, कृष्णप्रसाद श्रेष्ठ, दिवाकर खनाल, श्रीराम सिग्देल, सुधांशु कोइराला, मीनबहादुर मल्ल, प्रेमबहादुर शाह, राजेन्द्र श्रेष्ठ, करिश्मा योगी, उमा थापा मगर, नन्दलाल वैश्य, नवीन गिरी, रङ्गबहादुर खड्का, आशिष गुप्ता र सदस्य सचिव भीमबहादुर रानाभाट सदस्य रहेको छन् ।

समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामीले नेपालगन्ज–दिल्ली उडान सुरु नहुँदासम्म दबाब जारी राख्ने बताए । उनले नेपालगन्ज लुम्बिनी प्रदेशको प्रमुख सहर मात्र नभई कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटकीय गेटवे समेत भएकाले नेपालगन्ज–दिल्ली उडान आवश्यक रहेको बताए ।

चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्री नेपालगन्ज हुँदै जाने भएकाले, नेपालगन्जबाट औषधी उपचार र अन्य व्यवसायीक कामका लागि दैनिक सयौं नेपाली दिल्ली जाने गरेको र भारतीय पर्यटकहरू पनि नेपालगन्ज भएर पोखरा तथा रारासम्म जाने गरेकोले नेपालगन्ज–दिल्ली हवाई उडान अपरिहार्य भएको दबाब समुहको निष्कर्ष रहेको समुहका सदस्य पर्यटन प्रवर्धन मन्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। 

यसअघि सो उडानको माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नयाँ दिल्लीस्थित भारतीय राजदूतावास र नेपाल सरकारलाई पत्र पठाएर माग गरिसकेको छ । 

नेपालगन्ज विमानस्थल समेत स्तरोन्नती भइरहेकोले नेपालगन्ज–दिल्ली उडान सम्भव र सहज रहेको तथा बुद्ध एयरले परीक्षण उडान समेत गरिसकेकोले भारत सरकारलाई सहमत गराउन सकिए उडान सम्भव रहेको लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री कृष्णा केसीले बताए। 

उता, नागरिक उड्डयन कार्यालय नेपालगन्जका निमित्त प्रमुख बालकुमार सिंहले नेपालगन्ज विमानस्थलबाट दैनिक ६ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्न सक्ने क्षमता भएको बताएको छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending