Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

नेपालगन्ज-दिल्ली उडानका लागि सरकारलाई दबाब

खबरडबली संवाददाता

नेपालगन्ज। नेपालगन्ज-दिल्ली उडान सुरु गराउन सरकारलाई दबाब दिनका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीको नेतृत्वमा १६ सदस्यीय दबाब समूह गठन गरिएको छ ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यमा बाँकेका उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिक समाज, प्रहरी, प्रशासन, पर्यटन व्यवसायी लगायतका सरोकारवालाहरूको नेपालगन्जमा सम्पन्न छलफल कार्यक्रमले धामी संयोजक रहेको १६ सदस्यीय नेपालगन्ज–दिल्ली उडान दबाब समूह गठन गरेको हो ।

सो दबाब समितिमा बाँकेका अगुवाहरू पशुपतिदयाल मिश्र, कृष्णप्रसाद श्रेष्ठ, दिवाकर खनाल, श्रीराम सिग्देल, सुधांशु कोइराला, मीनबहादुर मल्ल, प्रेमबहादुर शाह, राजेन्द्र श्रेष्ठ, करिश्मा योगी, उमा थापा मगर, नन्दलाल वैश्य, नवीन गिरी, रङ्गबहादुर खड्का, आशिष गुप्ता र सदस्य सचिव भीमबहादुर रानाभाट सदस्य रहेको छन् ।

समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामीले नेपालगन्ज–दिल्ली उडान सुरु नहुँदासम्म दबाब जारी राख्ने बताए । उनले नेपालगन्ज लुम्बिनी प्रदेशको प्रमुख सहर मात्र नभई कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटकीय गेटवे समेत भएकाले नेपालगन्ज–दिल्ली उडान आवश्यक रहेको बताए ।

चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्री नेपालगन्ज हुँदै जाने भएकाले, नेपालगन्जबाट औषधी उपचार र अन्य व्यवसायीक कामका लागि दैनिक सयौं नेपाली दिल्ली जाने गरेको र भारतीय पर्यटकहरू पनि नेपालगन्ज भएर पोखरा तथा रारासम्म जाने गरेकोले नेपालगन्ज–दिल्ली हवाई उडान अपरिहार्य भएको दबाब समुहको निष्कर्ष रहेको समुहका सदस्य पर्यटन प्रवर्धन मन्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। 

यसअघि सो उडानको माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नयाँ दिल्लीस्थित भारतीय राजदूतावास र नेपाल सरकारलाई पत्र पठाएर माग गरिसकेको छ । 

नेपालगन्ज विमानस्थल समेत स्तरोन्नती भइरहेकोले नेपालगन्ज–दिल्ली उडान सम्भव र सहज रहेको तथा बुद्ध एयरले परीक्षण उडान समेत गरिसकेकोले भारत सरकारलाई सहमत गराउन सकिए उडान सम्भव रहेको लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री कृष्णा केसीले बताए। 

उता, नागरिक उड्डयन कार्यालय नेपालगन्जका निमित्त प्रमुख बालकुमार सिंहले नेपालगन्ज विमानस्थलबाट दैनिक ६ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्न सक्ने क्षमता भएको बताएको छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्दै

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending