Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

बर्दिबास र जलेश्वरका ६ वटा स्वास्थ्य संस्था तत्कालै बन्द हुने

खबरडबली संवाददाता

महोत्तरी, नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपिसी) ले महोत्तरी जिल्लामा मापदण्ड पूरा नगरी सञ्चालन हुँदै आएको ६ वटा क्लिनिक तथा अस्पताल तत्कालै बन्द हुने जनाएको छ ।

परिषदका अध्यक्ष डा।सुबोध शर्माले गोरखापत्रसँग कुराकानी गर्दै महोत्तरीको बर्दिबास तथा जलेश्वरमा गरिएको अनुगमनबाट तत्कालै ६ वटा क्लिनिक तथा अस्पताल बन्द गर्ने प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको जानकारी दिए । 

परिषदका अध्यक्ष शर्माको नेतृत्वमा अनुगमनमा रहेका विशेषज्ञसहितको टोलीले जलेश्वर र बर्दिवासमा दुई दर्जन स्वास्थ्य संस्थाको निरीक्षण गर्दा गम्भीर लापरवाही र बिरामीको ज्यानसँग खेलवाड गरिरहेको पाइएकाले ६ वटालाई तत्कालै बन्द गर्न र अरुलाई सुधारका लागि भनेको हो ।

अनुगमनको क्रममा मापदण्डविपरीत देखिएको विश्वास डेन्टल जलेश्वर, झा प्याथोलोजी जलेश्वर, लव मेडिकल हलको एक्सरे सेवा, सिटी केयर हस्पिटल बर्दिबास, पञ्चधुरा डेन्टल क्लिनिक बर्दिबासलाई तत्कालै बन्द गर्नुपर्ने अवस्था देखिएको परिषद अध्यक्ष शर्माले बताए । उनले भने, “जलेश्वर र बर्दिबासका ६ वटा स्वास्थ्य संस्था मापदण्डविपरीत र बिरामीसँग दुर्घटना हुन सक्ने खालको देखिएकाले तत्कालै बन्द गर्न तथा अरुलाई सुधारका लागि समयसिमा दिएर कारबाहीका लागि प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई दिएर आएका छौं ।”

सरकारी अस्पतालमा मात्रै पाइने किटहरु समेत बाहिरको प्याथोलोजीमा पाइएको तथा जाँचका लागि केही केमिकल नभए पनि हातैले ल्याव रिपोर्ट दिने गरेको, नपढेको र जनशक्ति नै नभएकाले पनि चेकजाँच गर्ने गरेको समस्याहरु अनुगमनको क्रममा देखिएको डा।शर्माले बताए ।

उनले हामीले देशैभरी अनुगमन गर्ने र सोको सुरुवात मधेश प्रदेशको महोत्तरीबाट सुरु गरेको जानकारी दिदै बिरामीसँग खेलवाड गर्ने स्वास्थ्य संस्थाहरुबारे उजुरी आए तत्कालै अनुगमन गरिने जानकारी दिए।

स्वास्थ्य सेवा नागरिकको मौलिक हक रहे पनि मधेश प्रदेशका धेरै अस्पताल, क्लिनिक र प्रयोगशालाहरू नियम विपरीत सञ्चालनमा रहेको छ । केही महिना अघिसम्म मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समेत मधेश प्रदेशका आठवटै जिल्लाको स्वास्थ्य संस्थाहरुमा अनुगमन र नियम विपरितका स्वास्थ्य संस्थाहरुलाई बन्द गराएको थिए ।

मधेश प्रदेशमा रहेका केही संस्थाहरू बिना दर्ता सञ्चालनमा छन् भने कतै दक्ष जनशक्ति नै नरहेको तथा कतिपय ठाउँमा अन्यले नै चेकजाँच गरिरहेको भेटिएको छ । बर्दिबासको पञ्चधुरा डेन्टल क्लिनिक एक जना अवकाश प्राप्त नेपाली सेनाले सञ्चालन गरिरहेको अनुगमन टोलीले भेटेको थियो । जोसँग बिरामी जाँच गर्ने लाइसेन्स नै छैन ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद, ऐन २०५३ को दफा २० बमोजिम स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिहरुको अनुगमन परिषदले गरिरहेको छ । अनुगमनमा रेडियोग्राफी विज्ञ रुपेश शिलवाल, प्रयोगशाला विज्ञ राजन लाभ, नेत्र विज्ञान विज्ञ निरज देव जोशी, जनस्वास्थ्य विज्ञ तेजप्रसाद दुलाल, दन्त विज्ञान विज्ञ माइकल देवकोटा रहनुभएको छ । प्रतिवेदनमाथि कारबाहीको सन्दर्भमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाललाई सम्पर्क गर्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस–एमाले बराबरी सिट बाँडेर निर्वाचनमा जान सक्छन् : थापा बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...

रवी, बालेन र कुलमानको एकताप्रति ओली: घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...

एमाले मुख्यालय च्यासलमा पेस्तोल फेला

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...

विचार र बलिदानविहीनका केहि मानिसहरू देशै कब्जा गरिसक्यौं जसरी हल्ला फैलाइरहेको छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...

भयरहित वातावरणमा निर्वाचन हुन सक्दैन: नेता ज्ञवाली

काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...

लोकन्थलीमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...

उज्यालो नेपालका समानुपातिकको संख्या १८ बाट घटेर १४ मा सीमित

काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...

नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...

काठमाडौँ उपत्यकामा तमु ल्होसारको रौनक

काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...

कांग्रेसले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending