धनगढी। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले निजी क्षेत्रलाई समेटेर विकासको खाका तयार गर्नुपर्ने बताएको छिन्।
आगामी असोजमा हुने सुदूरपश्चिम लगानी तथा विकासको तयारी सम्मेलनको बुधबार धगढीमा उद्घाटन गर्दै उनले अहिलेको युग सरकारले कस्तो विकास गर्ने, कसरी विकास गर्ने भन्ने छलफल समेत निजी क्षेत्रसँग गरेर अगाडि बढ्नु पर्ने बताइन्।
उनले अब विश्व बैंक, एसियाली विकास बैंक मात्र नभएर लगानी गर्ने अन्य दाता पनि खोज्न जरुरी रहेको बताइन्। पहाडमा विकास भएको तर मान्छे पहाडमा बस्न छोडेको भन्दै उनले त्यो कुरालाई समेत ध्यानमा राखेर एकीकृत विकास गर्नुपर्छ भन्नेमा उनले जोड दिइन्।
सुदूरपश्चिम प्रदेश सरकारले रोजगारी पनि बढ्ने, राजश्व पनि संकलन हुने अपेक्षा सहित बेतन कर्णाली जल विद्युत आयोजना आफै सञ्चालन गर्ने आकांक्षा राखेको चर्चा गर्दे परराष्ट्रमन्त्री डा। देउवाले त्यो विषयमा सङ्घीय सरकारले छलफल गर्ने बताइन्।
उनले सुदूरपश्चिम फाप्ला क्रिकेट मैदान बन्ने चर्चा गरे। उनले भनिन्, ‘‘भारतको समेत सहयोगमा धनगढीको फाप्ला क्रिकेट मैदान बनाउदैछौं, यसमा प्रदेश सरकारको समेत उल्लेख्य सहयोग छ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: