Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

सार्वजनिक यातायात बन्दमा दुई बसबाट यात्रुलाई सेवा दिँदै प्रहरी

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल प्रहरीले सोमबार यात्रुको सहजीकरणका लागि दुई वटा बस सञ्चालनमा ल्याएको छ । यातायात व्यवसायीको आन्दोलनले आज सार्वजनिक यातायात सेवा बन्द गरेपछि नेपाल प्रहरीले दुई वटा बस चलाउन लागेको हो ।

दुई वटा छुट्टाछुट्टै रूटमा चल्नेछन् । नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन ।

पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुन: नक्साल घुम्नेछ ।

त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ ।

यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत सात बुँदे मागसहित आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सचिवालयमा रविको ब्रिफिङ: कुलमानले प्रत्येक दिन नयाँ नयाँ माग ल्याउनुभयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग पुस १४ मा भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। रास्वपा...

कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त

काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन्। शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले घिसिङलाई अध्य...

जनार्दन शर्माको गृहजिल्लामा नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार रुकुम पश्चिममा एकता सन्देश सभा आयोजना गरेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलग...

उज्यालो नेपालसँगको एकता भाँडिएपछि रास्वपा बैठकमा रवीको ब्रिफिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टीको आकस्मिक सचिवालय ...

देउवालाई विशेष महाधिवेशनमा सहभागिताको लागि निम्तो

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजक समितिले सभापति शेरबहादुर देउवालाई सहभागिताको निम्तो बुझाएको छ। दोस्रो विशेष महाधिवेशन आयो...

उज्यालो नेपाल–रास्वपा सहकार्य टुङ्गियो, कुलमानलाई अध्यक्ष घोषणा गर्ने निर्णय

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यमा सहमति नमिलेपछि उज्यालो नेपाल पार्टीले आकस्मिक केन्द्रीय कमिटी बैठक बसाएको छ। बैठकले कुल...

उज्यालो नेपाल पार्टीको आकस्मिक केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं। उज्यालो नेपाल नेपाल पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठक शनिबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको छ। बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (र...

लोकतान्त्रिक शक्तिबिच सहकार्यको खाँचो छ : अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरूब...

आम निर्वाचनमा सम्पूर्ण पार्टीको शक्ति केन्द्रित गरौँ, अधिवेशनमा सहभागी हुन हुँदैन: महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले नियमित महाधिवेशनको निर्णय गरिसकेकोले विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोक्नुपर्ने बता...

धनुषामा जग्गा अतिक्रमणको विषयमा झडप, ८ जना घाइते

जनकपुरधाम । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर भएको झडपमा ८ जना घाइते भएका छन्। मिथिला नगरपालिका–२ स्थित सुकजोरमा सन्त रामपाल आश्रम अगाडि झडप भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending