काठमाडौं। नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्र प्रसाद थपलिया निर्वाचित भएका छन्।
हालै सम्पन्न ११औं राष्ट्रिय अधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।
परिषद्को ९६ पदमा सर्वसम्मत चयन भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन प्रक्रिया अपनाइएको थियो। अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी डा। दिपेन्द्र भण्डारीले १०४ मतमा सिमित भए ।
उपाध्यक्षमा गोविन्द्र शाही १५३ मतसहित विजयी हुदाँ बिपिन कुमार चित्रकारले १०२ मतमा चित्त बुझाए भने सचिव पदमा भने डा. अर्जुन कुमार सिंहले ९६ मत ल्याउँदा प्रा।डा। इश्वरी कडरियाले १६१ मत प्राप्त गरेर निर्वाचित भए ।
महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा। दिपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा. लाक्पा शेर्पा, प्रचार सचिव डा। टीका ढकाल तथा आर्थिक सचिव कृष्णकुमार लम्साल सर्वसम्मत चयन भएका पदाधिकारी हुन्।
थपलियाले निर्वाचन पछिको मन्तव्यमा आफू बुद्धिजीवी वर्गको विवेकपूर्ण निर्णयबाट नेतृत्वमा पुगेको बताएका छन्। परिषद् आफ्नो परिवारभन्दा पनि प्रिय भएको उल्लेख गर्दै उनले सबैको साथ र विश्वासप्रति आभार व्यक्त गरे।
निवर्तमान अध्यक्ष डा। दिनेशचन्द्र देवकोटाले परिषद्ले पछिल्ला वर्षहरूमा विचार, बहस र नीतिगत हस्तक्षेपमार्फत मुलुकको राजनीतिक तथा सामाजिक क्षेत्रलाई प्रभाव पार्ने प्रयास गरेको बताए। अब नेतृत्व परिवर्तनसँगै त्यो भूमिका अझै सशक्त र संस्थागत बन्नुपर्नेमा उनले जोड दिए।
परिषद्को उद्घाटन कार्यक्रम एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - १५:५०
काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर।के। कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्की...
चैत्र ३० गते, २०८२ - १५:४५
काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। वर्षौंदेखि भाडा नतिर्ने ५६ वटा सटल...
चैत्र ३० गते, २०८२ - १५:३१
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्। छलफल सिंहदरबारस्थित ...
चैत्र ३० गते, २०८२ - १५:१७
जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका स्थानीय कार्यकर्ताले प्...
चैत्र ३० गते, २०८२ - १५:०२
काठमाडौं । सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणी पछि हटाएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको ...
चैत्र ३० गते, २०८२ - १४:५३
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुप...
चैत्र ३० गते, २०८२ - १४:४४
चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ । धेरैजसो सेवा नि:शुल्कसँगै सेवा विस्तार गरेको सरकारी अस्पतालमा आर्थिक समस्या प...
चैत्र ३० गते, २०८२ - १४:०६
विराटनगर । अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन थालेका छन्। कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस...
चैत्र ३० गते, २०८२ - १३:५७
काठमाडौं । सुधन गुरुङले सरकारमा आउनुअघि इमान्दारीपूर्वक कमाएको सम्पत्ति कुनै ‘पाप’ नभएको बताएका छन्। आइतबार बालेन्द्र शाह ९बालेन० नेतृत्वको सरकारका...
चैत्र ३० गते, २०८२ - १३:३५
काठमाडौं । डोलप्रसाद अर्यालले पूर्वसभामुखहरूसँग संसदीय अभ्यासका विषयमा छलफल गरेका छन्। उनले आइतबार देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गर...


प्रतिकृया लेख्नुहोस्: