रोल्पा। जिल्लाको रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन् । बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिए ।
स्थानीय तिलप्रसाद रोकाको घरमा श्राद्धमा खाना खाएका मध्ये एक सय १० जना बिरामी परेको हुन् । वडा अध्यक्ष राजकुमार पुरीले रोकाको घरमा श्राद्धमा एक सय ५० जनाले खाना खाएका थिए । त्यसमध्ये एक सय १० जना बिरामी परेको जानकारी दिए।
बिरामीहरुमा ज्वरो आउने, लगातार बान्ता र पखाला हुने समस्या देखिएपछि स्थानीय खुमेल स्वास्थयचौकीमा पुर्याइएको थियो । प्रहरीका अनुसार हालसम्म एक सय दुई जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य आठ जनालाई जिल्ला अस्पताल रेउघा रोल्पामा रेफर गरिएको सूचना अधिकारी चापागाईंले बताउनुभयो । बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । बिरामीहरु अधिकांश स्थानीय रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - ११:४७
काठमाडौँ। काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ‘मेरो र...
चैत्र २८ गते, २०८२ - ११:३४
सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निव...
चैत्र २८ गते, २०८२ - ११:२९
धनगढी। कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको अवस्थामा अस्पतालबाटै फरार भएका थुनुवालाई प्रहरीले पुन: पक्राउ गरेको छ । भारततर्फ भागिर...
चैत्र २८ गते, २०८२ - ११:१५
बागलुङ । लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ। निर्माण व्यवसायीको लापरवाहीका कारण दुई वर्षमा सम्प...
चैत्र २८ गते, २०८२ - ११:०६
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर समायोजन गरेको छ। शुक्रबार प्रदेशको श्रम, रोजगार तथा यातायात म...
चैत्र २८ गते, २०८२ - १०:५०
किएभ। चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रुस र युक्रेनबिच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ ।...
चैत्र २८ गते, २०८२ - १०:३३
बाजुरा। बाजुराको बुढीगङ्गा नगरपालिका–१० का बदेडाबासी पुस्तौँदेखि आकाशे पानीको भरमा हिउँदे बाली (गहुँ, जौ) खेती गर्दै आएका छन्। उनीहरूका लागि प्रशस्...
चैत्र २८ गते, २०८२ - १०:२०
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्र (सुरजपुरा) को उत्पादन क्षमतामा भारी गिरावट आएपछि यसको सुधारका लागि सरकारको ध्यानाकर्षण ग...
चैत्र २७ गते, २०८२ - २०:२८
काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...
चैत्र २७ गते, २०८२ - २०:१९
इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...


प्रतिकृया लेख्नुहोस्: