Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

गण्डक विद्युत् उत्पादन १५ बाट ३ मेगावाटमा झर्‍यो

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्र (सुरजपुरा) को उत्पादन क्षमतामा भारी गिरावट आएपछि यसको सुधारका लागि सरकारको ध्यानाकर्षण गराइएको छ। गण्डक अभियन्ता तथा गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीका प्रवक्ता बृजराज कुशवाहाका अनुसार शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई भेटी समस्या र समाधानसहितको विस्तृत सुझावपत्र पेश गरिएको हो।

मन्त्रीसँगको छलफलमा केन्द्रको उत्पादन घट्नुको कारण र समाधानबारे चासो व्यक्त गर्दै विस्तृत प्रतिवेदन माग गरिएको थियो। सोही अनुरूप कुशवाहाले स्थलगत अनुभव र अध्ययनका आधारमा सुझावपत्र बुझाएको हो।

कुल १५ मेगावाट उत्पादन क्षमता रहेको यस केन्द्रबाट हाल मात्र ३ देखि ४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। सुझावपत्रमा उल्लेख भएअनुसार मुख्य गण्डक पश्चिमी नहरमा बालुवा जम्नु, लामो समयदेखि मर्मत–सम्भार नहुनु, पुराना उपकरण तथा कमजोर प्राविधिक व्यवस्थापनका कारण उत्पादन क्षमतामा ह्रास आएको हो। उपलब्ध स्रोतको उचित उपयोग हुन नसक्दा राष्ट्रिय ऊर्जा प्रणालीमा असर परेको दाबी पत्रमा गरिएको छ।

अभियन्ता कुशवाहाले परियोजनाको सुधार र उत्पादन वृद्धिका लागि आफू र आफ्नो समिति सरकारसँग सहकार्य गर्न सदैव तयार रहेको बताए। गण्डक जलविद्युत केन्द्रलाई पुन: पूर्ण क्षमतामा सञ्चालन गर्न सके नेपालको ऊर्जा आत्मनिर्भरताको लक्ष्यमा ठूलो सहयोग पुग्ने सरोकारवालाहरूले विश्वास व्यक्त गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनी सरकारमा एमालेका चार नयाँ मन्त्री सिफारिस

बुटवल । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना चार मन्त्रीको राजीनामापछि नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको छ। पार्...

लुम्बिनी सरकारका एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा ९एमाले० का चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर...

सुन चाँदी मुल्य कति बढ्यो ?

काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ ।  नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोल...

राष्ट्रपति कार्यालयबाट चोरिए हात्तीका दाह्रा, ६ जना पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरील...

संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा करका दरहरू हेरफेर भएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...

संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा करका दरहरू हेरफेर भएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...

टिकटकमार्फत प्रहरीलाई अपशब्द प्रयोग गर्ने युवक पक्राउ

बर्दिबास। सामाजिक सञ्जाल टिकटकमार्फत नेपाल प्रहरीलाई लक्षित गर्दै अपशब्द प्रयोग गरी भिडियो सार्वजनिक गर्ने एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ...

ट्राफिक कारबाहीमा एकैदिन २३ लाख ७१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २३ लाख ७१ हजार ४२ राजस्व द...

नौबस्ता कारागारमा झडपपछि २० कैदीलाई अन्यत्र सारियो

नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता कारागारमा कैदीबन्दीबिच भएको विवाद र झडपपछि सुरक्षा अवस्था सामान्य बनाउन २० जना कैदीबन्दीलाई विभिन...

सीमा मामिला पूर्णत: द्विपक्षीय विषय हो, द्विपक्षीय संयन्त्रबाटै समाधान गर्नुपर्छ: भारतीय विदेश मन्त्रालय

नयाँ दिल्ली। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending