काठमाडौँ। मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग ९आइपिएल० को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
मुल्लानपुरको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबार राति भएको खेलमा मुम्बईले गुजरात टाइटन्सलाई २० रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो । हारसँगै गुजरातको आइपिएल यात्रा सकिएको छ । मुम्बईले अब फाइनल प्रवेशका लागि पञ्जाब किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।
जितका लागि मुम्बईले दिएको दुई सय २९ रनको लक्ष्य पछ्याएको गुजरात निर्धाीरत २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय आठ रनमा समेटिएको थियो । गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ८० रन बनाए।
यस्तै वासिङ्टन सुन्दरले ४८, शेर्फन रदरफोर्डले २४, कुशल मेन्डिसले २०, राहुल टेवाटियाले अविजित १६ र शहारुख खानले १३ रन जोडे । बलिङमा मुम्बईका ट्रेन्ट बोल्टले दुई तथा जसप्रीत बुमराह, रिचर्ड ग्लिसन, मिचेल स्यान्टनर र अश्विनी कुमारले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय २८ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ८१ रन बनाए।
यस्तै जोनी बेयरिस्टोले ४७, सूर्यकुमार यादवले ३३, लितक बर्माले २५ र कप्तान हार्दिक पाण्डेयले अविजित २२ रन जोडे। बलिङमा गुजरातका प्रसिद्ध कृष्ण र साई किशोरले दुई दुई तथा मोहम्मद सिराजले एक विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - १९:४४
काठमाडौं । श्रममन्त्री पदबाट बर्खास्त भएका दिपक साहकी पत्नी जुनु श्रेष्ठले सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छन् । उनले आफ्ना श्रीमानमाथि अन्याय भएको ...
चैत्र २६ गते, २०८२ - १९:३७
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छन् । नेपाल नगरपालिका स...
चैत्र २६ गते, २०८२ - १९:३३
काठमाडौँ। पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनु...
चैत्र २६ गते, २०८२ - १९:२०
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले अन्तर–मन्त्रालय सर...
चैत्र २६ गते, २०८२ - १९:१५
भक्तपुर। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेको छ...
चैत्र २६ गते, २०८२ - १९:०७
हेटौँडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । बिहीबार जारी गरिएको सूचनामा प्रशासनले अत...
चैत्र २६ गते, २०८२ - १९:०३
काठमाडौं । शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने भएको छ । सरकारले सोही मितिबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेपछि...
चैत्र २६ गते, २०८२ - १५:१६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचा...
चैत्र २६ गते, २०८२ - १५:१०
नयाँदिल्ली। मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनी...
चैत्र २६ गते, २०८२ - १४:५६
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीले उपसभामुखको उम्मेदवारी रास्वपा ९राष्ट्रिय स्वतन्त्र पार्टी०सँगको सहमतिमै दर्ता गर...


प्रतिकृया लेख्नुहोस्: