Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

बजेट व्यवस्थाप्रति होटल व्यवसायी उत्साहित

खबरडबली संवाददाता

नेपालगन्ज। गत पाँच बर्ष अघिदेखि उठाउँदै आएका मागहरुलाई यस पटकको बजेटमा सम्बोधन गरिएको जनाउँदै बाँकेका होटल व्यवसायी उत्साहित भएर स्वागत गरेका छन् । 

आर्थिक बर्ष २०८२–८३ को बजेट सकारात्मक रहेको निष्कर्ष निकाल्दै होटल एशोसिएसन नेपाल (हान) बाँकेले सरकारलाई धन्यवाद ज्ञापन गरेको हान बाँकेका अध्यक्ष दिवाकर शर्माले बताए। 

उनले २०७८ सालदेखि होटल व्यवसायीले निरन्तर उठाइरहेका मागलाई यस पटकको बजेटले सम्बोधन गरेको हुँदा होटल व्यवसायीहरु उत्साहित भएको बताए ।

नेपाल सरकारका अर्थमन्त्रीले आगामी आर्थिक बर्ष २०८२–८३ का लागि सार्वजनिक गर्नुभएको बजेटमा होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह आयकर र विद्युत महसुल छुट दिने घोषणा गरिएको छ । 

हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपानेले भने, ‘यस घोषणाले होटल व्यवसायीहरू उत्साहित भएका छन् । यसलाई उनीहरूले वर्षौंदेखि माग गर्दैआएको सुविधाका रूपमा लिएका छन् । यो सुविधा पर्यटन क्षेत्रको पुनरुत्थान र विकासका लागि महत्वपूर्ण मानिएको छ ।’

सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका निर्देशक समेत रहनु भएका वरिष्ठ उपाध्यक्ष न्यौपानेले सरकारको यो पछिल्लो व्यवस्थाले होटल तथा रिसोर्टहरूले अब उत्पादनमूलक उद्योग सरह आयकर र विद्युत महसुलमा छुट पाउने बताए। 

उहाँकाअनुसार विद्युत नियमन आयोगले २०७३ भदौंमा तारे होटललाई गैर ग्राहस्थ श्रेणीमा राखी महसुल निर्धारण गरेपछि व्यवसायीहरू निराश भएका थिए । 

‘त्यसपछिका सबैजसो मन्त्री, प्रधानमन्त्रीदेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक समेतसँग गुहार लगाउँदै आयौं, तर सुनुवाई भएको थिएन’ वरिष्ठ उपाध्यक्ष न्यौपानेले थप्नुभयो–‘अन्य उद्योगलाई निर्धारण गरेसरह नै होटल व्यवसायलाई पनि विद्युत महसुल निर्धारण गर्ने गरियोस् भन्ने हाम्रो मागलाई वर्तमान अर्थमन्त्रीले बजेटमार्फत सम्बोधन गरेकोमा देशभरका व्यवसायीहरू लाभान्वित हुनेछन् ।’

सोही प्रकारले होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य भिम कँडेलले धेरै वर्षको संघर्षपछि बजेटमा होटल व्यवसायीको अधिकांश माग सम्बोधन भएको जनाउँदै यसको कार्यान्वयनमा जोड दिए। 

उनले यस पटकको बजेटमा भारतीय पर्यटकलाई चार लाख रुपियाँ लिएर आउन पाउने, व्यवधान विना पर्यटकले घुम्न पाउने र स्टार्टअप कर्जामा समेत सुविधा पाउने र उत्पादनमूलक उद्योग सरह मान्यता दिएर आयकर र बिद्युत महसुलमा छुट दिने व्यवस्था अति नै सकारात्मक रहेको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending