नेपालगन्ज। गत पाँच बर्ष अघिदेखि उठाउँदै आएका मागहरुलाई यस पटकको बजेटमा सम्बोधन गरिएको जनाउँदै बाँकेका होटल व्यवसायी उत्साहित भएर स्वागत गरेका छन् ।
आर्थिक बर्ष २०८२–८३ को बजेट सकारात्मक रहेको निष्कर्ष निकाल्दै होटल एशोसिएसन नेपाल (हान) बाँकेले सरकारलाई धन्यवाद ज्ञापन गरेको हान बाँकेका अध्यक्ष दिवाकर शर्माले बताए।
उनले २०७८ सालदेखि होटल व्यवसायीले निरन्तर उठाइरहेका मागलाई यस पटकको बजेटले सम्बोधन गरेको हुँदा होटल व्यवसायीहरु उत्साहित भएको बताए ।
नेपाल सरकारका अर्थमन्त्रीले आगामी आर्थिक बर्ष २०८२–८३ का लागि सार्वजनिक गर्नुभएको बजेटमा होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह आयकर र विद्युत महसुल छुट दिने घोषणा गरिएको छ ।
हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपानेले भने, ‘यस घोषणाले होटल व्यवसायीहरू उत्साहित भएका छन् । यसलाई उनीहरूले वर्षौंदेखि माग गर्दैआएको सुविधाका रूपमा लिएका छन् । यो सुविधा पर्यटन क्षेत्रको पुनरुत्थान र विकासका लागि महत्वपूर्ण मानिएको छ ।’
सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका निर्देशक समेत रहनु भएका वरिष्ठ उपाध्यक्ष न्यौपानेले सरकारको यो पछिल्लो व्यवस्थाले होटल तथा रिसोर्टहरूले अब उत्पादनमूलक उद्योग सरह आयकर र विद्युत महसुलमा छुट पाउने बताए।
उहाँकाअनुसार विद्युत नियमन आयोगले २०७३ भदौंमा तारे होटललाई गैर ग्राहस्थ श्रेणीमा राखी महसुल निर्धारण गरेपछि व्यवसायीहरू निराश भएका थिए ।
‘त्यसपछिका सबैजसो मन्त्री, प्रधानमन्त्रीदेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक समेतसँग गुहार लगाउँदै आयौं, तर सुनुवाई भएको थिएन’ वरिष्ठ उपाध्यक्ष न्यौपानेले थप्नुभयो–‘अन्य उद्योगलाई निर्धारण गरेसरह नै होटल व्यवसायलाई पनि विद्युत महसुल निर्धारण गर्ने गरियोस् भन्ने हाम्रो मागलाई वर्तमान अर्थमन्त्रीले बजेटमार्फत सम्बोधन गरेकोमा देशभरका व्यवसायीहरू लाभान्वित हुनेछन् ।’
सोही प्रकारले होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य भिम कँडेलले धेरै वर्षको संघर्षपछि बजेटमा होटल व्यवसायीको अधिकांश माग सम्बोधन भएको जनाउँदै यसको कार्यान्वयनमा जोड दिए।
उनले यस पटकको बजेटमा भारतीय पर्यटकलाई चार लाख रुपियाँ लिएर आउन पाउने, व्यवधान विना पर्यटकले घुम्न पाउने र स्टार्टअप कर्जामा समेत सुविधा पाउने र उत्पादनमूलक उद्योग सरह मान्यता दिएर आयकर र बिद्युत महसुलमा छुट दिने व्यवस्था अति नै सकारात्मक रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...



प्रतिकृया लेख्नुहोस्: