Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

प्रधानमन्त्री ओली आइतबार जनकपुर आउँदै

खबरडबली संवाददाता

ढल्केबर। प्रधानमन्त्री केपी शर्मा ओली आइतबार जनकपुर आउने भएको छन् । मधेश प्रदेश सरकारको गौरव तथा बहुवर्षीय ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजानको शिलान्यास गर्न प्रधानमन्त्री ओली जनकपुर आउन लागेको हो । 

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले मधेश प्रदेश सरकारले निर्माण गर्न लागेको ३२० किलोमिटर कालोपत्रे सडक योजानको शिलान्यास प्रधानमन्त्री ओलीले गर्ने बताए । उनका अनुसार आइतबार जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रधानमन्त्री ओलीले डिजिटल प्रणालीबाट सडकको शिलान्यास गर्नुहुने छ । सडक निर्माणमा नौ अर्ब ६० करोड रुपियाँ लागत लाग्ने उनले जानकारी गराए ।

मन्त्री यादवले ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजानको दोस्रो चरणअन्तर्गत प्रदेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले ३२० किलोमिटर कालोपत्रे सडक निर्माण गर्न लागिएको बताए । उनका अनुसार पहिलो चरणमा पनि यही योजनाअन्तर्गत प्रदेशभर ३२० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ ।

शिलान्यास कार्यक्रमलाई ऐतिहासिक तथा सन्देश मूलक बनाउने बताउँदै मन्त्री यादवले यस योजनाले जनतालाई प्रत्यक्ष लाभ पुग्ने बताए। मधेश प्रदेशको भौतिक पूर्वाधारमा ठुलो परिवर्तन आउने उनको भनाइ छ । 

उनले भने, “यो सडक योजनाले ग्रामीण क्षेत्रलाई सहरी क्षेत्रसँग जोड्ने, कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन र आपतकालीन सेवा सहज हुने छ । सडक सञ्जालले व्यापार, पर्यटन र स्थानीय उद्योगधन्दामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास छ । सडक पूर्वाधार सुदृढीकरणमार्फत रोजगारी सिर्जना, व्यापार, पर्यटन, स्थानीय उद्योगधन्दा प्रवर्धनमा समेत प्रत्यक्ष सुधार आउने विश्वास गरिएको मन्त्री यादवले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending