काठमाडौँ । नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ ।
जसका कारण कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । जसले धनकुटा हुँदै जाने भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथरको यातायात ठप्प भएको छ । आजै झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेको पनि केसीले बताए । उनका अनुसार अहिले पानी घट्दो क्रममा रहेको र मानवीय जोखिम रहेको छैन । स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पूर्वी नेपालको झापा तथा धरान धनकुटा सडक क्षेत्रमा बाढी पहिरोका घटना भएको र सो क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद् व्यवस्थापनको कार्य भइरहेको बताए।
नेपालमा मनसुन भित्रिने सरदरभन्दा १५ दिनअगावै बिहीबार रातिदेखि मनसुन भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम पानी परिरहेको छ ।
पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको पनि विभागले जानकारी दिएको छ । पानी पार्ने प्रणाली अहिले उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले बुलेटिनमार्फत जानकारी गराएको छ ।
पछिल्लो १२ घण्टामा कोशी प्रदेशको झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको र ती क्षेत्र भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायतमा सतर्कता तहभन्दा माथिको बाढी मापन भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले पनि सबैमा अनुरोध गरेको छ ।
महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप बर्षा हुनसक्ने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने भएकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
वर्षा गराउने बादल पूर्वी नेपालबाट उत्तरतर्फ सरिरहेको पनि मौसम विज्ञान विभागले जानकारी दिएको छ । आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कमला, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि बढ्दो हुने देखिएको जनाइएको छ । त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन अनुरोध पनि गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - ११:४७
काठमाडौँ। काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ‘मेरो र...
चैत्र २८ गते, २०८२ - ११:३४
सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निव...
चैत्र २८ गते, २०८२ - ११:२९
धनगढी। कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको अवस्थामा अस्पतालबाटै फरार भएका थुनुवालाई प्रहरीले पुन: पक्राउ गरेको छ । भारततर्फ भागिर...
चैत्र २८ गते, २०८२ - ११:१५
बागलुङ । लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ। निर्माण व्यवसायीको लापरवाहीका कारण दुई वर्षमा सम्प...
चैत्र २८ गते, २०८२ - ११:०६
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर समायोजन गरेको छ। शुक्रबार प्रदेशको श्रम, रोजगार तथा यातायात म...
चैत्र २८ गते, २०८२ - १०:५०
किएभ। चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रुस र युक्रेनबिच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ ।...
चैत्र २८ गते, २०८२ - १०:३३
बाजुरा। बाजुराको बुढीगङ्गा नगरपालिका–१० का बदेडाबासी पुस्तौँदेखि आकाशे पानीको भरमा हिउँदे बाली (गहुँ, जौ) खेती गर्दै आएका छन्। उनीहरूका लागि प्रशस्...
चैत्र २८ गते, २०८२ - १०:२०
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत केन्द्र (सुरजपुरा) को उत्पादन क्षमतामा भारी गिरावट आएपछि यसको सुधारका लागि सरकारको ध्यानाकर्षण ग...
चैत्र २७ गते, २०८२ - २०:२८
काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...
चैत्र २७ गते, २०८२ - २०:१९
इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...


प्रतिकृया लेख्नुहोस्: