Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

गणतन्त्र दिवसमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहार

खबरडबली संवाददाता

पाँचथर। हिलिहाङ गाउँपालिका–५ वडा कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वडाबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसर पारेर वडा कार्यालयले बिहीबार सोही वडाको देवी योङहाङ स्मृति भवनमा विद्यार्थी प्रोत्साहन कार्यक्रम आयोजना गरी सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रा वर्षा थुङ्गिम लिम्बूलाई ल्यापटप उपहार दिएको हो । यहाँको निलगिरि माध्यमिक विद्यालयकी छात्रा थुङ्गिमले तीन दशमलव ७५ जिपीए ल्याई एसइर्ई उत्तीर्ण गरेको थिए। छात्रा थुङ्गिमलाई गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा सेढाईँ तथा वडाध्यक्ष बिर्खबहादुर सुहाङले दोसल्ला र प्रशंसापत्रले सम्मान गरी ल्यापटप उपहार दिएको थिए। अन्य विद्यार्थीलाई अध्ययनमा प्रोत्साहित गर्न वडाका अगुवाहरूले उत्कृष्ट अङ्क ल्याउने छात्रालाई सम्मान गरेका थिए ।

वडाध्यक्ष सुहाङले सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर सुधार गर्ने, विद्यार्थी र अभिभावकलाई आकर्षित गर्ने तथा सर्वाधिक अङ्क ल्याई उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सघाउ पुर्याउने उद्देश्यले ल्यापटप वितरण गरिएको बताए। वडाले विद्यार्थी प्रोत्साहन कार्यक्रमलाई वार्षिक कार्यक्रममै समावेश गरेको तथा यसको निरन्तरताका लागि कार्यविधि तयार गरी लागू गरिने वडाध्यक्ष सुहाङको भनाइ छ ।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि रचनात्मक कार्यक्रमलाई अगाडि बढाउनुपर्ने तथा अभिभावकहरू जिम्मेवार हुनुपर्ने अवस्था आएको बताउनुभयो । “अभिभावकहरूले आफ्ना नानीहरूको पढाइप्रति चासो बढाउने होभने मात्र सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न सकिन्छ”, अधिकारीले भन्नुभयो, “यस्तै रचनात्मक कार्यक्रमबाट अभिभावक र विद्यार्थीलाई जागरूक बनाउन गाउँपालिकाले प्रयास गर्ने छ ।” विषयगत शिक्षक नपाउने समस्याले पनि शैक्षिक गुणस्तर उकास्न कठिन भएको अध्यक्ष अधिकारीको भनाइ छ ।

 गत वर्षको एसइईमा उक्त वडाको निलगिरि माध्यमिक विद्यालयबाट १९ तथा सरस्वती माध्यमिक विद्यालयबाट १४ विद्यार्थी एसइईमा सामेल भएका थिए । उत्कृष्ट अङ्क ल्याउने छात्रालाई रु ८० हजार मूल्यको ‘कोर आई फाइभ’ ल्यापटप उपहार दिइएको वडाध्यक्ष सुहाङले बताए । 

वडा कार्यालयले विद्यार्थीलाई प्रोत्साहित गर्न थालेकामा अभिभावकले खुसी व्यक्त गर्दै यो कार्यक्रमको निरन्तरताको माग गर्नुभयो । गणतन्त्र दिवसको अवसर पारेर यस प्रकारका कार्यक्रम गर्नाले शासन व्यवस्थाप्रति जनताको अपनत्व वृद्धि हुने अपेक्षा गरिएको हिलिहाङ गाउँ कार्यपालिकाका सदस्य वीरेन्द्र मङ्ग्राती बताउछन् । हिलिहाङ गाउँपालिकाका शिक्षा अधिकृत केशव तिम्सिनाले भविष्यसम्म प्रयोग हुने ल्यापटप उपहार दिएर विद्यार्थीलाई प्रोत्साहित गर्ने कार्यक्रम पालिकामा पहिलो भएको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending