काठमाडाैं । इजरायल र हमासबीच जारी युद्धको ६ सय दिन पूरा भएको छ । बिगत ६०० दिनदेखि मध्यपूर्व रगत, आँसु र विनाशको अन्धकारमा डुबेको छ । एउटा द्वन्द्व, जुन दुई पक्षबीचको लडाइ मात्र होइन, लाखौं निर्दोष जनताको बाँच्ने प्रश्न बनेको छ ।
७ अक्टोबर २०२३ मा सुरु भएको यो संघर्षले अहिले ६ सय दिन पार गरिसकेको छ । यो हिंसाले सामान्य जनजीवनलाई यति गहिराइमा पु¥याउनेछ भन्ने सायद विश्वले कल्पना पनि गरेको थिएन ।
तथ्यांकको कुरा गर्दा मृत्यु हुनेको संख्या ५४ हजारभन्दा बढी छ भने घाइतेको संख्या लाखौंमा नाघेकाे छ । गाजामा इजरायलको युद्ध सुरु भएदेखि कम्तिमा ५४ हजार २४९ प्यालेस्टाइनीहरू मारिएका छन् । १ लाख २३ हजार ४९२ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटमा उल्लेख छ । इजरायली सेनाले मार्च १८ मा गाजामा पुनः शत्रुता सुरु गरेदेखि ३९८६ प्यालेस्टाइनीहरूलाई मारेको छ र ११४५१ अन्य घाइते भएका छन्। मन्त्रालयले थपेको छ कि बितेका २४ घण्टामा गाजा अस्पतालमा ६७ शव र १८४ घाइते जम्मा भएका छन्।
तर यी तथ्याङ्कहरू पछाडि हतियार मात्र होइन, भोक, रोग र जीवनको बन्द लाइनहरू पनि जिम्मेवार छन्। केही महिनाअघि सीमाना पूर्ण रूपमा सिल गरिएको थियो । न खाना, न औषधि, न राहत वितरण गर्न सकियो । बाँच्नको लागि हरेक दिन संघर्ष गरिरहेका छन्।
रिपोर्टका अनुसार अवस्था यति खराब बनेको छ कि मानिसहरूले फोहोरको थुप्रोमा खाना खोज्न बाध्य छन्। छोराछोरीलाई बचाउन एउटी आमाले पोलेको भात र सुकेको रोटी उमालेर खुवाउने प्रयास गरिरहेकी छिन् । यो भोकमरीको दृश्य मात्र होइन, यो ठूलो विनाशको दृश्य हो।
हालै केही राहत सामग्री आइपुग्यो तर स्थिति यति विष्फोटक थियो कि भीडले नियन्त्रण गुमायो र सुरक्षा बलले जवाफी फायरिङ गर्यो। यस अराजकतामा धेरैले ज्यान गुमाए, दर्जनौं घाइते भए। बन्धक फिर्ताको कुरा गर्दा हालसम्म १४८ जना फर्किएका छन् । कहिले सम्झौतामा, कहिले कुनै सम्झौता बिना, कहिले सैन्य कारबाही मार्फत तर सयौं अझै बेपत्ता छन् । र, तिनीहरूलाई फिर्ता ल्याउन कूटनीतिक प्रयासहरू भइरहेका छन्। युद्धविरामको बारेमा बयानबाजी चर्को छ, तर स्पष्ट बाटो देखिँदैन।
जब इजरायलले भूमिमा ठूलो आक्रमणको कुरा गर्छ, हमासले युद्धविरामका सर्तहरू परिवर्तन गर्दछ। मध्यस्तकर्ता देशहरू इजिप्ट, कतार र अमेरिका जो ब्याकफुटमा छन्। विश्वले विज्ञान, विकास र कूटनीतिको कुरा गरिरहेको बेला सिङ्गो क्षेत्र भोक, बन्दुक र विनाशले डुबेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २२:३६
को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?
माघ ७ गते, २०८२ - २१:४९
शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...




प्रतिकृया लेख्नुहोस्: