काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन् । गणतन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि शासकीय चरित्रलाई बदल्नुपर्ने बताएका हुन् ।
यस्तै, शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ । सन्देशमा उनले भनेका छन्, ‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।’
लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ । ‘जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन’, उनको भनाइ छ, ‘नागरिकले सुशासनसहितको समृद्धि, रोजगारी, अवसर र स्रोतसाधनको न्यायोचित वितरण र सामाजिक न्यायको प्रबन्ध खोजेका छन् । आर्थिक विकासबिना यी केही पनि सम्भव नभएकाले सबै गम्भीर भएर लाग्नुपर्छ ।’
राष्ट्रपति पौडेलले उपलब्ध स्रोतको अधिकतम प्रयोगगरी नागरिकको जीवनस्तर बदले मात्रै आशा जागृत हुने उल्लेख गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘त्यसैले हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ, अनि मात्र आर्थिक विकास र समृद्धि प्राप्त हुन्छ र गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न सक्छौँ । त्यसले मात्र नयाँ आशाहरू निर्माण हुन सक्छन्, हाम्रो गणतन्त्र सफल, सबल र परिणाममुखी हुँदै जान्छ, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो ।’
राष्ट्रपति पौडेलले गणतन्त्र केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो आचरणशील राजनीति, आर्थिक र सामाजिक जीवन पद्धति पनि भएको उल्लेख गर्दै यसका मूल्यमान्यता र नैतिक दायराहरूलाई भुलेर इतिहासको अभिभारा पूरा गर्न नसकिने बताएका छन् । ‘यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ, म आशा गर्छु हामी यो दायित्व बिर्सने छैनौँ । गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै एकताबद्ध भएर लाग्नेछौं’,उनले भनेका छन्, ‘आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्ने थप प्रेरणा दिनेछ ।’
राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको भन्दै यसलाई नेपालमा सङ्घीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादको सारगर्वित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाइएको उल्लेख गरेका छन् ।
उनले यस व्यवस्थाले सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको र देशवासीलाई जोडेको छ भन्दै एक साझा राष्ट्र बनाउने सङ्कल्पका साथ आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको स्मरण गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - ११:२७
काठमाडौँ । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहताकी आमा पार्वतीदेवी मेहताको ७२ वर्षको उमेरमा निधन भएको छ। माघ २२ गते सिम्रौनगढ नगरपालिक...
माघ २४ गते, २०८२ - ११:१०
काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे अहिले भय, आँसु र आक्रोशको प्रतीक बनेको छ। शान्त देखिने यो गाउँ पछिल्लो एक महिनादेखि निरन्तर हत्या,...
माघ २३ गते, २०८२ - १९:१३
सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौँ पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा छन्। २०४८ सालदेखि निरन्तर सुनसरी जिल्लाको उही क्षेत्रबाट उ...
माघ २३ गते, २०८२ - १९:११
काठमाडौँ । आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति निश्चित भएसँगै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा सुनुवाइका लागि तयार नहुनसक्ने संकेत देखिए...
माघ २३ गते, २०८२ - १९:०६
काठमाडौं । भदौ २४ – जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा प्रहरीले चितवनका महेन्द्र गौतमलाई पाँच महिनापछि पक्राउ गरेको छ। प्रहरी पर...
माघ २३ गते, २०८२ - १८:५६
काठमाडौँ । सामान्य लुगा लगाएर काठमाडौंका घर–घरमा हिँड्ने व्यक्ति पछिल्लो समय भएका ठुला चोरी घटनासँग जोडिएका थिए। तर वास्तविकता त्यति सामान्य थिएन। उनी...
माघ २३ गते, २०८२ - १८:५५
काठमाडौँ । तराई–मधेस केन्द्रित दलहरूले योपटकको निर्वाचनमा पनि काठमाडौँ उपत्यकामा आफ्नो उपस्थिती देखाएका छन्। तीन जिल्ला समेटिएको उपत्यकामा १५ निर्वाचन...
माघ २३ गते, २०८२ - १८:४५
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका श्री कुँवरले पार्टीले आफू...
माघ २३ गते, २०८२ - १८:४२
काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२६ मा २० राष्ट्र सहभागी हुँदैछन्। प्रतियोगिताअन्तर्गत प्रत्येक ५ टोलीलाई एक–एक समूहमा विभाजन गरिएको छ। तीमध्ये ‘समूह...
माघ २३ गते, २०८२ - १८:३६
सल्यान । कर्णाली प्रदेशअन्तर्गत पर्ने सल्यान जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र यसपटक विशेष चर्चामा छ। कारण एउटै—यस निर्वाचनमा प्रतिस्पर्धा गर्ने ...



प्रतिकृया लेख्नुहोस्: